Thursday, March 14, 2013

पदभार ग्रहण गर्दै रेग्मीले भने,’ आन्दोलन होइन चुनावमा आऊ’

१ चैत, काठमाडौं । अन्तरिम चुनाबी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आन्दोलनरत दलहरुलाई सडक आन्दोलन छोडेर चुनावमा आउन आग्रह गर्नु भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अन्तरिम चुनाबी मन्त्रिपरिषद् अध्यक्षको पदभार ग्रहण गर्दै रेग्मीले  विरोधमा उत्रिएका २२ दललाई रेग्मीले चुनावमा आउन आग्रह गर्नु भएको हो ।उहाँले राजनीतिक दलहरुकै सहयोगमा निर्वाचन सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नु भयो । रेग्मीले आफूलाई चुनाबी सरकारको जिम्मेवारी दिइएकोमा प्रमुख चार दलका  नेताहरुप्रति आभारसमेत व्यक्त गर्नुभएको छ ।  यसअघि विहीवार विहान खिलराज रेग्मीले राष्ट्रपति भवन शीलत निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण लिनुभएको थियो । राष्ट्रपति भवनमा रेग्मीले राष्ट्रपतिबाट सपथ लिनुभएको थियो भने र दुई मन्त्री माधव घिमिरे र हरिप्रसाद न्यौपानेलाई रेग्मीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।

Wednesday, March 13, 2013

सुरेन्द्र फुयालले मलाई महिनावारीको समयमा पनि छाडेन

संसारमा सायदै कुनै देश होला जहाँ फिलिपेनो युवतीहरू नहुन्। सुन्दर अनुहार, मीठो बोली अनि अंग्रेजी भाषामा दख्खल, इमानदारीपूर्वक सेवा, आम फिलिपिनो युवतीका विशेषता हुन्। घरेलु कामदारदेखि अन्तर्राष्ट्रियस्तरका ठूलठूला कम्पनी र राष्ट्रसंघीय निकायहरूमा फिलिपिनो युवतीहरू भेटिन्छन्। विश्वका कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्
री पसलहरूमा पनि ग्राहकको सेवामा फिलिपिनो युवतीहरूनै खटिएका हुन्छन्। धेरै फिलिपिनोले अन्तरदेशीय विवाह गरेको पनि पाइन्छ। मायाँमा समर्पण फिलिपिनो महिलाहरूको अर्को विशेषता हो। तर यही समर्पण अभिशाप बनेपछि एउटी फिलिपिनो युवती अहिले नेपालका अदालत, प्रहरी, महिला आयोग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ हुँदै प्रधानमन्त्री कार्यालयको लैंगिक सशक्तिकरण समन्वय इकाइसम्म न्यायको भीख माग्दै भौताइरिइ रहेकी छिन्। उनी हुन्, ३२ वर्षीया चरिना कावि्रडो। आफू बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार सुरेन्द्र फुयालबाट यौन शोषणमा परेको र उनले श्रीमती स्वीकार नगरेपछि अलपत्र परेको बताउने यी चरिनाको कथा निकै लामो छ। उनका अनुसार, सुरेन्द्र र उनी श्रीमान–श्रीमतीका रुपमा लिभिङ टुगेदर थिए। गर्भवती भएपछि सुरेन्द्रले आफूलाई मानसिक र शारीरिक यातना दिएर श्रीमानको भूमिकाबाट भाग्न खोजेको बताउने चरिनालाई त्यतिबेलासम्म सुरेन्द्र विवाहित हुन् भन्ने थाहा थिएन। चरिना सुरेन्द्रको श्रीमतीको नाता कायम गराउन अहिले कानुनी लडाइमा छिन्। हाल काठमाडौं जिल्ला अदालतमा चरिनाले अंश सहितको सम्बन्ध बिच्छेद र घरेलु हिंसा सम्बन्धी मुद्दा दायर गरेकी छिन्, जुन बिचाराधीन अवस्थामा रहेको छ। चरिनाले पछिल्लो पटक साइबर अपराधको मुद्दा पनि दायर गरेकी छिन्। आफू न्याय पाएरमात्र नेपाल छाड्ने पक्षमा रहेकी चरिनासंग गरिएको कुराकानीका सम्पादित अंश यसपाली प्रस्तुत गरिएको छ।–सं.)
० सबैभन्दा पहिला तपाई आफ्नो व्यक्तिगत परिचय दिन सक्नुहुन्छ?
– मेरो नाम चरिना काब्रीडो हो। म एक फिलिपिनो केटी हुँ। म हाल काठमाडौं महानगरपालिका वडा नम्बर २ खुर्सानीटार लाजिम्पाटमा बस्छु। म फिलिपिन्सको राजधानी मनिलास्थित एसियाली विकास बै.क केन्द्रीय कार्यालयमा बैंकको परियोजनामा सन्चार परामर्शदाता सामाजिक मिडियामा परामर्शदाताको रुपमा काम गर्थें। मानवीय स्वभावनै हो, प्रेम, यौन र विवाह। यस्तै परिबन्दमा म नेपालको एकजना नाम चलेको पत्रकार सुरेन्द्र फुयालसंग प्रेम र यौन हुदै विवाहको चरणमा पुगंे। त्यहीँबाट मेरो जीवनमा धेरै उतारचढावहरू आए, जसका कारण आज मेरो जीवन लगभग तहसनहस भएको छ।
० सुरेन्द्र फुयालसंग चाहिं तपाइको भेट कसरी भयो, जसका कारण तपाइको जीवन तहसनहस भयो?
– त्यो भेटको ठूलै कहानी छ। म पहिले क्लिन इनर्जी नेपालमा काम गर्थें। जुन सन् २००९ सालतिरकै कुरा हो। त्यो एसियाली विकास बैंकले सहायता गरेको परियोजना हो। यसमा काम गर्ने सिलसिलामा मैले सन् २००९ सालमै डिसेम्बर महिनातिर आफ्नो रिसर्च स्टोरी लेखेर यहाँको पत्रिकामा प्रकाशित गराएँ। त्यो लेखको तलतिर मेरो इमेल आइडी पनि राखिएको थियो। त्यही इमेलको आधारमा सुरेन्द्र फुयालले मलाई मेल गर्न थाल्यो। उसले मेरो रिसर्च मन पराएँ भन्यो। उसले शुरुमा व्यावसायिक कुराहरूनै गर्‍यो। पछि विस्तारै व्यक्तिगत कुराहरू पनि गर्न थाल्यो।
० व्यक्तिगत कुरा भन्नाले कस्ता कस्ता कुराहरू हुन थाले तपाइहरूबीच?
– शुरुमा उसले सप्ताहन्तमा कहाँ ह्याङ आउट गर्छ्यौं भनेर प्रश्न गर्दथ्यो। काम सकेपछि केही समय त यसो इन्जोइ गर्नुपर्छ भन्न थाल्यो। मैले ह्याङ आउट गर्ने ठाउँ एभेरेष्ट होटल थियो। त्यहाँ मेरा धेरै फिलिपिनो साथीहरूसंग म ह्याङ आउटका लागि जाने गथर्ंे। त्यसपछि ऊ पहिलो पटक सन् २०१० को मार्च महिनामा मेरा साथीहरूसंगै एभरेष्ट होटलको जमघटमा सामेल भयो। त्यसपति हामीबीच नियमित भेटघाट हुन थाल्यो। अनि हामी बिभिन्न ठाउँमा डिनर जान थाल्यौं। हामी साइक्लिङ पनि जान थाल्यौं।
० भनेपछि त, शुरुवातनै रमाइलो ढंगले भएको रहेछ नि होइन?
– त्यस्तै भन्नुपर्‍यो। हामी धेरै ठाउँमा साइक्लिङ गयौं, उसले नै मलाई यसबारेमा जानकारी गराएर सहभागी बन्न प्रेरित गर्थ्यो। काठमाडौं नजिकका धेरै गाउँ र डाँडाहरू हामीले घुमेर भ्यायौं। करीव तीन महिनाकेा यो क्रमपछि उसले मलाई प्रेम प्रस्ताव राख्यो। म पनि विस्तारै उसंग नजिक भइसकेकी थिएँ। मैले उसलाई उसको बैबाहिक स्थितिबारे सोद्धा स्पष्ट जवाफ दिन चाहेन। पछि उसले आफू विवाहित भएको तर श्रीमतीसंग डिभोर्स गरेर बसेका जवाफ दियो। उसले मसंगै बस्ने प्रस्ताव राख्यो। तर म यहाँ नेपाली परिवारसंग बसिरहेकी थिएँ। घरबेटी फिलिपिनो महिला जो नेपालीसंग विहे गरेकी। मैले घरबेटीसंग अनुमति लिएपछि सुरेन्द्र र म श्रीमान श्रीमतीको हैसियतले एकै कोठामा बस्न थाल्यौं।
० भनेपछि बिहेअघि नै तपाईंहरूको सेक्स सम्बन्ध रह्यो?
– वस्तवमा तपाइहरूको हिन्दू संस्कारमा जस्तै हाम्रो क्रिश्चियनहरूको पनि रोमन क्याथोलिक संस्कारमा विहेअघिको सेक्स बर्जित छ। तपाई विश्वास गर्नुस्, सुरेन्द्रसंग सेक्स सम्बन्ध राख्नु अघिसम्म म भर्जिन (–कुमारी) थिएँ। उसले मलाई विहे गर्ने आश्वासनमात्र दिएन, अब हामी श्रीमान–श्रीमती भयौं भनेपछि घरबेटीलाई साक्षी राखेर हामी संगै बस्यौं र हामीबीच सेक्स सम्बन्ध यो।
० तर फिलिपिनो केटीहरूको त विहे अघिनै कुमारित्व भंग भइसकेको हुन्छ भन्छन् नि?
– तपाइ विश्वास गर्नुस्, म सुरेन्द्र फुयालसंग सम्बन्ध राख्नु अघिसम्म भर्जिन थिएँ। फिलिपिनो केटीहरूको बारेमा जो तपाई कुरा गर्दै हुनुहुन्छ, त्यस्तो पटक्कै होइन। क्याथोलिकहरू कुमारित्वका विषयमा निकै कठोर छन्। मेरै कुरा गर्नुहुन्छ भने म पढाइमै व्यस्त भएँ, मैले व्वाइफ्रेण्ड बनाउने समयनै पाइँन। पछि काममा व्यस्त भएँ। एकैचोटी नेपाली युवक सुरेन्द्र मेरो जीवनमा आयो। उसले आफू नेपालको चर्चित पत्रकार भएको र सबैले चिन्ने भएकाले धोखा दिन नसक्ने कुरा बतायो। म पनि उसंग प्रभावित भएँ र हामीबीच सबै खाले सम्बन्ध कायम भयो।
० एउटै कोठामा बसेपछि तपाइहरू श्रीमान–श्रीमती भइहाल्नुभयो होइन?
– त्यसपछि ऊ राती बीबीसी नेपाली सेवाको काम सकेर सधैं मेरोमा आउन थाल्यो। कहिले खाना आएर सेक्स गरेपछि मध्यरातमा हिड्थ्यो। अधिकांश समय मसंगै बस्थ्यो। यसै सिलसिलामा उसले मनिला घुम्ने चाहना राख्यो। मैले पनि उसलाई मेरो परिवारमा चिनाउने अवसर पाएँ। हामी मनिलाका धेरै टापुहरू पनि घुम्यौं। एक प्रकारले त्यो हाम्रो हनिमुन थियो। उसले त्यहाँ मेरो परिवार सबैसंग भेटेर मलाई विहे गर्ने कुरा गर्‍यो। मेरा अभिभावकहरूले पनि उसलाई मन पराए। उनीहरूले सुरेन्द्रलाई ज्वाइँकै मान्यता दिए।
० यति नजिक भइसकेको तपाइहरूको सम्बन्ध के कारणले एकाएक बिग्रियो त?
– मैले उसलाई विश्वास गरें। तर उसले मलाई धोखा दिएको रहेछ। उसले श्रीमतीसंग डिभोर्स भएको भन्यो तर उसको डिभोर्स भएको रहेनछ। जब म गर्भवती भएँ, उसले गर्भपतनको प्रस्ताव राख्यो। मैले गर्भपतन गर्न नमानेपछि मात्र उसको असलियत छरपष्ट भयो।
० यसको मतलब सेक्स सम्बन्धमा मात्र तपाइहरूबीच कुनै समस्या थिएन, तर जब गर्भको कुरा आयो त्यसपछि समस्या भयो होइन?
– वास्तवमा जब हामी संगै बस्न थाल्यौं, मैले शुरुदेखिनै बच्चा चाहेकी थिएँ तर उसले पर सारिरहेका थियो। उसले मनिला गएर मेरो परिवारलाई समेत भेटेपछि मैले बच्चा जन्माउने आफ्नो इच्छा राखें। पहिले पहिले परिवार नियोजनका साधन प्रयोग गर्थ्यो। तर मैले बच्चा जन्माउने कुरा गरेर उसलाई ढिपी गरें। सन् २०११ को सेप्टेम्बरमा हामी मनिलाको एउटा टापुमा घुम्न गएका बेला म गर्भवती भएँ। खासमा म गर्भवती भएको कुरा नोभेम्बरमा मात्र थाहा भएको हो। जब म गर्भवती भएँ , त्यसपछि मैले उसलाई अब तिम्रो घरपरिवारलाई भेटाउ, मलाई उनीहरूको माया ममता चाहिन्छ, म उनीहरूसंगै बस्छु भने। त्यसपछि सुरेन्द्र मसंग बाँउठिन थाल्यो। उसले अहिले नभेटौं भन्यो। उसले मलाई गर्भ तुहाउने कुरा गरेपछि मलाई उप्रतिको शंका जाग्यो। अनि मैले उसको फेसबुकमा साथीहरूमार्फत खोज्दै जाँदा ऊ विवाहित, श्रीमती र परिवारसंगै रहेको थाहा पाएँ। उसले मलाई आफ्नो फेसबुक छैन भनेर ढाँटिरहेको थियो।
० तपाइले त्यो पत्ता लगाएपछि के भयो?
– मैले सबै कुरा पत्ता लगाएपछि तिमीले किन ढाँटेको भनेर सोधें। उसले ‘म मेरो श्रीमतीसंग सन्तुष्ट छैन, सेक्स गरे पनि प्रेम हुदैन’ भन्यो। उसले आफ्नो श्रीमती निकिता पौडेल आफ्नो लागि भन्दा पनि परिवारका लागि मात्र राखेको बतायो। तर पछि हाम्रो सम्बन्ध र म गर्भवती भएको कुरा उसको परिवारले पनि थाहा पाएपछि कथा अर्कोतिर मोडियो। त्यतिबेला म मनिलामा थिएँ।
० त्यति गर्दा पनि सुरेन्द्रलाई तपाइले छाड्नुभएन होइन?
– मैले छाड्ने त कुरै थिएन, किनकि मैले त उसलाई मेरो कुमारित्व सुम्पिएकी थिएँ। म डिसेम्बरमा नेपाल आएपछि उसले मलाई खुट्टा समातेर माफी माग्यो। म वर्वाद हुन्छु, मेरो सामाजिक प्रतिष्ठा सकिन्छ, त्यसैले तिमी बच्चा फाल भन्यो। नयाँ बानेश्वरको बेकरी क्याफेमा हाम्रो त्यो संवाद धेरैले सुनेका थिए, किनकि म आक्रोशित भएकी थिएँ। उसले त्यो बच्चा पनि नस्वीकार्ने र मलाई श्रीमती पनि नस्वीकार्ने भनेपछि म कराउँदै सडकाम निस्किएँ। सबैले मलाई सडकमा कराएको देखेर सोद्धै थिए। तर म विक्षिप्त भएकी थिएँ।
० सुरेन्द्रले श्रीमती पनि स्वीकार गरेन, बच्चा पनि नजन्माउ भनेपछि तपाइको अघिल्लो कदम के थियो?
– म विक्षिप्त भएर मनिला फर्किएँ। मेरो परिवारलाई सबै कुरा जानकारी गराएँ। यसबीचमा उसले मेरो विरुद्ध धेरै घृणित खेल खेलेछ। मेरो विरुद्ध एडीबी हेडक्वर्टरमा मेल पठाएर उल्टै मलाई बेश्या बनाएछ। मेरो जागिर पनि त्यही कारणले गयो। उसको परिवार बिगारेको आरोप ममाथि लगायो। मलाई ५ महिनाको गर्भवती भएको बेला एडीबीले जागिरबाट हटायो। यसबीचमा सुरेन्द्रकी बहिनी भन्ने निर्जला र निर्मला फुयालले पनि मलाई बच्चा फाल, हाम्रो दाइको जीवनबाट टाढा जाउ भनेर धेरै धम्की दिए। तर मैले सुरेन्द्रको कारणले मेरो कुमारित्व पनि गुमाएँ र जागिर पनि गुमाएँ। त्यसपछि मैले उसको विरुद्ध लडाइ लड्ने अठोट गरें।
० फिलिपिन्सबाट नेपाल फर्किएर लडाइँ शुरु गर्नुभयो होइन?
– वास्तवमा मेरो जीवनमा धेरै नराम्रो घटना भयो। मैले जसरी पनि आफ्नो अधिकार स्थपित गर्नपर्छ भनेर लडाइँ शुरु गरें। लडाइ लड्दा लड्दै मेरो बच्चा खेर गयो। मैले त्यसबीचमा नेपालमा केही वकिलहरूसंग सल्लाह गरंे। मलाई मेरो परिवारले समर्थन दियो। म अहिले सुरेन्द्र विरुद्ध अंश मुद्दा, मानाचामलको मुद्दा र साइबर क्राइम सम्बन्धी मुद्दा लडिरहेकी छु। उसले अहिले मलाई बिभिन्न ढंगले तर्साउने, सताउने र मेरो विरुद्ध नेपालका बिभिन्न संयन्त्र प्रयोग गर्ने प्रयास गरिरहेको छ। तर मलाई विश्वास छ, नेपालको कानुनले सत्यको संरक्षण गर्नेछ र यहाँको अदालतले पीडितलाई न्याय दिनेछ।
० सुरेन्द्र र तपाइबीच शारीरिक सम्बन्ध भयो, गर्भ पनि रह्यो, त्यसबीचमा तपाइहरूबीच धेरै सम्बन्ध रहे, ती सम्बन्ध सम्भि्कदा अहिले कस्तो लाग्छ?
– शुरुवाती सम्बन्धहरू राम्रै थिए। तर पछि उसले आफ्नो हर्कत देखाउन थालेको थियो। ऊ मसंग सेक्स बाहेक केही पनि चाहदो रहेनछ, जबकि म उबाट प्रेम र असल पति चाहन्थें। उसले मलाई धेरै पटक यौन दुर्व्यवहार गरेको थियो। तर मैले आफ्नो श्रीमान जस्तो सोचेर चुपचाप सहे । ऊ प्रायःजसो अप्राकृतिक मैथुन गर्न रुचाउथ्यो। अनि मलाई अप्ठेरो हुने गरी बिभिन्न आसनमा सेक्स गर्न बाध्य पार्थ्यो। तर पनि मैले उसलाई झेलिरहेकी थिएँ। यतिसम्म कि म महिनावारी भएर रक्तश्राव भइरहेका बेला पनि ऊ झम्टिथ्यो। एकपटक शिवपूरी हुदै चिसापानी गएकोबेला होटलमा उसले मलाई यौनसम्पर्क राख्न खोज्यो। म महिनावरी भएको छु भन्दा पनि छाडेन। जबर्जस्ती गर्न खोजेपछि मैले कोठामा ढोकाको चुकुल लगाएर बस्न परेको थियो। किचनमा, बेडरुममा, बाथरुपममा उसले जहाँ चाह्यो त्यहीँ तयार हुनुपर्ने रोबोट जस्तो बनायो मलाई। ऊ बास्तवमा सेक्सको बेलामा जंगली मान्छे जस्तो व्यवहार गर्थ्यो। उसंगको सेक्स मलाई यातना लाग्न थालेपछि मैले मेरी एकजना फिलिपिनो साथी जो अनमिनमा काम गर्थिन् उनलाई भनेकी थिएँ। उनले मलाई पुलिसमा जाहेर गर्न भनेकी थिइन्। तर मैले नै श्रीमान सम्झेर उजुरी गरिन।
० अहिले पनि तपाइ नेपालमै हुनुहुन्छ, तपाइको उद्देश्य अब के हो?
– मेरो प्रष्टै छ, म नेपालकै अदालतबाट न्याय चाहन्छु। म उसलाई सजाय दिलाउन चाहन्छु र अदालतले मलाई न्याय दियो भने उसंग डिभोर्स लिएर क्षतिपूर्ति पाउन चाहन्छु। म नेपालमा यही मुद्दाका लागि बसिरहेकी छु। मलाई यो लडाइमा धेरै नेपालीहरूको सहयोग मिलेको छ। बीबीसी नेपाली सेवाका रविन्द्र मिश्र सुरेन्द्रलाई जोगाउन अनेक प्रयत्न गरिरहेका छन्। उसले कुनै छानबिन समेत गरेनन्। लण्डनमा कुरा गर्दा रविन्द्र मिश्रसंग कुरा गर भने। सुरेन्द्रले बीबीसीका पत्रकारकै इज्जतको धज्जी उडाइरहेको छ। तर बीबीसी पीडितलाई थप पीडा दिन लागिरहेको छ। म यो मुद्दालाई लिएर सर्बोच्च अदालतसम्म जान तयार छु। सुरेन्द्रले मेरो इज्जतमात्र होइन लाखौ रुपैयाँ पनि सिध्यायो। उसको कट्टुदेखि मोजासम्म, सबै कपडा मैले किनिदिन्थें। अझै पनि ती उसले लगाउने गरेका कपडा मेरो कोठामा सुरक्षित छन्। मेरो बच्चा त खेर गयो, तर म अब विहे गर्दिन, बरु नेपाली बच्चा एडप्ट गरेर बस्न चाहन्छु। नेपालमा धेरै राम्रा मान्छेह छन्। ती मान्छेको अगाडि सुरेन्द्र जस्ता धोकेबाजलाई सजाय दिलाउनु मेरो उद्देश्य हुनेछ। अनि नेपालमा महिला मैत्री कानुन बनाउनुपर्छ भन्ने मेरो भनाइ हो, जसले गर्दा अरुले मेरो जस्तो पीडादायी अवस्था भोग्न नपरोस्।
साभार साँघु साप्ताहिक

Saturday, March 2, 2013

चुनावी सरकार गठनका विषयमा राष्ट्रपति र प्रचण्डबीच छलफल

२० फागुन, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादब र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो अवस्थाका बारेमा छलफल भएको छ । राष्ट्रपति भवन शीतल निवास भएको छलफलमा दलहरुबीचको सम्वाद, सहमति कायम गर्न भएका प्रयास तथा चुनावी सरकार गठनका विषयमा छलफल भएको थियो ।
राष्ट्रपति रमवरण यादव र एमाओवादी नेता प्रचण्ड
दलहरुबीच सहमति हुन नसक्दा राजनीतिक गतिरोध लम्बिएको भन्दै गम्भिर रुपमा निर्णायक वार्ता गर्न राष्ट्रपतिले प्रचण्डलाई सुझाव दिनुभएको थियो भने प्रचण्डले छलफल सकारात्मक भएकाले भन्दै चाँडै गतिरोध अन्त्य हुने दाबी गर्नुभएको बताइएको छ ।

Sunday, September 9, 2012

मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिन्छ’

‘मलाई लोग्ने होइन,  लोग्नेमानिस चाहिन्छ’ यसो भन्ने ‘उनी’ हुन मोडेल स्मिता थापा । मोडेल थापा यौनमा पुरुषको होइन महिलाको अधिकार हुनुपर्छ भन्ने मान्यता राख्छिन् । नेपाली समाजमा पुरुषहरु महिलालाई यौनेच्छा शान्त पार्ने साधनका रूपमा प्रयोग गर्छन् भन्ने पुरानो मान्यताका विरुद्ध उनी खरो रुपमा उत्रन चाहन्छिन् । उनी जस्ता धेरै महिलाका कारण नेपाली समाजमा पुरुष यौनकर्मीको संख्या बढ्दै गएको छ । त्यस्ता पुरुष प्रयोग गर्नेमध्ये युवतीमध्ये एक हुन्, मोडल स्मिता थापा ।
पत्रपत्रिकामा प्रकाशित हट पोज ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्विर छपाएकी स्मिता त्यस्ता युवतीहरुकी प्रतिनिधि हुन्, जो पुरूषलाई यौन साधन मात्रै मान्छन् । उनको विचारमा पुरूषले महिलामाथि मायाको नाममा यौन शोषण गरेको छ । अब पालो युवतीको हो । युवतीहरुले पनि पुरूषहरुलाई यौन साथीका रूपमा मात्र हेर्न सिक्नुपर्छ ।
भनिन्छ, केही पुरुषहरू महिलाहरूलाई खेलौनाका रूपमा हेर्छन्, उनीहरू खेल्छन् र उपादेयता सकिएपछि फ्याँक्छन् । के यस्तै कुरा महिलाहरू पनि सोच्छन् ?
सोच्छन्, किन सोच्दैनन् ? म त्यस्तै युवती हुँ । पुरूषहरु मेरा खेलौना हुन् । मेरो शरीरले इच्छा गर्दा उनीहरुलाई युज गर्छु । सकिएपछि त्यसको उपादेयता पनि सकिन्छ ।
कति परुषसँग सगंत गनर्भुयो ?
मैले १६ वर्षदेखि पुरूषको संगत गर्दै आएकी छु । अहिलेसम्म कति पुगे होलान् भनेर गन्दा अल्मलिन्छु । धेरै पुगिसके, कति भन्नु ? (लामो हाँसो ।)
भनेपछि ती सबै खेलौना नै थिए ?
पहिले त ती ड्रिम ब्वाई नै थिए । पछि-पछि मलाई पुरुष भनेका खेलौना हुन् भन्ने लाग्न थाल्यो ।
यस्तो सोच कहिलेदेखि आयो ?
पहिले शरीरको आवश्यकता पूरा गर्न यौन सम्बन्ध राखें । कहिलेकाहीं सम्बन्ध राख्दै जाँदा त्यो मायामा परिणत पनि भयो । जब मानिसको व्यवहार बुझ्दै जाँदा यो स्वार्थी जीव हो, यहाँ माया प्रेमको अर्थ छैन भन्ने थाहा पाएँ, त्यसयता मैले पनि पुरुषलाई ‘युज एन्ड थ्रो’कै व्यवहार गर्न थालेकी छु ।
पुरुष स्वार्थी कि महिला ?
म महिला भएकीले महिलालाई किन स्वार्थी भनौँ ? बरु पुरूष नै स्वार्थी हुन्छन् । महिलाहरु मायामा पग्लिन्छन्, तर पुरूष पग्लिएको मैले पाइनँ । म कुनै पुरूषको मायामा पर्दा उसले मलाई विवाह गरेन । मायामा पग्लिने भए त विवाह भैहाल्थ्यो नि !
विवाह गर्ने अनुकुल अवस्था नहुन पनि सक्छ नि, विवाह नगर्ने बित्तिकै पुरुषलाई स्वार्थी भन्न मिल्छ ?
पुरूषहरू विवाहअघि मजस्तै हट एन्ड सेक्सी गर्लफ्रेन्ड चाहँदा रहेछन् । गाडीमा राख्यो, घुमायो, अनि मोजमस्ती गर्‍यो । जब विवाहको कुरा आउँछ, उनीहरूलाई घर सम्हाल्ने, सिधा-सादा केटी चाहिन्छ रे ! विवाहअघि पनि गर्ने त्यही हो, पछि पनि त्यही हो । त्यसो भए व्यवहारचाहिँ किन फरक ?
किनभने तपाईंहरू जस्ता यवुतीलाई उनीहरूले खर्च गरेका हुन्छन, स्वार्थकै लागि सगंत गरेका हुन्छन्, होइन र ?
म कलगर्ल होइन । कतिपय अवस्थामा मेरै पैसाबाट उनीहरुले मोज गरेका छन् । त्यस्ता युवती पनि होलान्, जसलाई खान-लाउन पुग्दैन, उनीहरुलाई त्यसरी पैसा लिनु बाध्यता पनि होला । तर म त सम्पन्न घरकी युवती हुँ । मजस्ता खुला विचारका युवतीलाई देख्ने बित्तिकै समाजले गलत अर्थ लगाउने गर्छ । हाम्रो समाजको धारणा नै गलत छ ।
तपाईं गाडी चढ्नु हुन्छ, फ्ल्याटमा बस्नुहुन्छ, विचार र व्यवहार पनि त्यस्तै देखेपछि यस्तो सोच्नु स्वाभाविक नै हो, होइन र ?
म व्यक्तिगत जीवनमा फेमिली ब्याकग्राउन्डको कुरा गर्न चाहन्न । तर यति भन्छु, म महिनाको ४-५ लाख खर्च गर्ने क्षमता राख्छु । म बीटेक गरेकी शिक्षित एवम् सक्षम युवती हुँ ।
तपाईंको जीवनको उद्देश्य ?
राम्रो मोडल बन्ने । खुसीसाथ जीवन बिताउने । दुई-चार वटा एड (विज्ञापन) गर्दा बजारबाट जुन रेस्पोन्स पाएँ, त्यसले मलाई मोडलिङमा रूचि बढाएको छ । बाँकी जीवन आफूले चाहेको जस्तो गरी बिताउने । विशेष गरी नयाँ-नयाँ पुरूषसँग सङ्गत गर्ने ।
सबैभन्दा पहिले पुरुषको सङ्गत गर्नुभयो कि मोडल बन्ने चाहना राख्नुभयो ?
म स्कुलमा फरवार्ड थिएँ । राम्रो नाच्ने र एक्टिङ गर्थे । १६ वर्षको उमेरदेखि नै पुरूषको सङ्गत पनि गर्न थालेँ ।
पहिलोपल्ट सङ्गत गरेको पुरुषको सम्झना छ ?
छ । मैले डान्स क्लासमा भेटेकी हुँ । ऊ २७ वर्ष जतिको थियो । ऊसँग मेरो ‘ओरल सेक्स’ भएको थियो ।
त्यति सानो उमेरमा कसरी ओरल सेक्सको कुरा थाहा पाउनु भयो ?
त्यो आफैँ थाहा पाउने कुरा हो । सेक्स त प्राकृतिक कुरा हो नि, होइन र ?  फेरि त्यो निकै अनुभवी मानिस थियो, उसले नै मलाई सेक्सको महत्व सिकाएको हो ।
त्यो एक प्रकारको शोषण थियो भन्ने लाग्दैन ?
अहिले आएर लाग्छ किनभने उसले मेरो चाहना पूरा गर्दैनथ्यो । तर मैले ओरल गर्दा ऊ जति खुसी देखिन्थ्यो, त्यो देखेर मलाई आनन्द लाग्थ्यो ।
दोस्रो पुरुष पनि सम्झनुहुन्छ ?
सम्झन्छु । त्यसबेला म १७ वर्षकी थिएँ । ऊसँग मेरो प्राकृतिक सम्पर्क भएको थियो । म पहिलो पटक साँच्चैकी युवती भएकी थिएँ । ऊ भने ३१ वर्षको थियो ।
तपाईंलाई सधैं पाको पुरुष नै मन पर्नुको कारण ?
किनभने उनीहरु अनुभवी हुन्छन् । अर्को कुरा पाको मानिससँग उठबस गर्दा अरुले अनावश्यक शंका पनि गर्दैनन् । मैले अहिलेसम्म आफू सेफ साइडमा बसेर जीवन बिताएकी छु ।
गलत गरेँ कि भनरे पश्चात्ताप लागेको छैन ?
एकपल्ट ४० वर्षको पाको मानिस मलाई यति मन पर्‍यो कि उसलाई फकाउने क्रममा उसको कारमै हाम्रो सम्बन्ध भएको थियो । त्यसबेला उसले मलाई के सोच्यो होला भन्ने पीर लागिरह्यो । मलाई लाग्यो, मेरो शरीर आवश्यकताभन्दा बढी भोको छ । यो राम्रो कुरा होइन भन्ने लागेको थियो ।
त्यो बानी परिवर्तन भएन ?
भएन । ऊ मबाट यति प्रभावित भयो कि मेरा लागि सबैथोक छाड्छु भन्न लाग्यो । उसको परिवार बिग्रने डर भएपछि म साइड लागेँ । किनभने उसका श्रीमती, छोरा-छोरी थिए । मेरो उद्देश्य ऊसँग सम्बन्ध राख्ने मात्रै थियो, परिवार बिगार्ने थिएन ।
कति समयमा तपार्इंले केटा फेर्नु हुन्छ ?
यति समय भन्ने छैन । एउटा पुरूषसँग सङ्गत गर्दा अरू पुरुषसँग उठबस गर्दिनँ । मलाई मनै लाग्दैन । अर्को पुरूषसँग उठबस गर्दा मेरो ब्वायफ्रेन्डमाथि अन्याय भएजस्तो लाग्छ ।
माया र सेक्स फरक कुरा हुन् । तर सेक्समा प्रेम भयो भने त्यो सुनौलो हुँदोरहेछ । नेपालीमा उखान छ नि, सुनमा सुगन्ध, प्रेम भएको अवस्थामा सेक्सको त्यही महत्व छ ।
यति लामो यौन जीवनमा कतिपटक सुनमा सुगन्ध महससु गर्नुभयो ?
एक पटक । केही वर्ष पहिले एकजना सञ्चारकर्मीसँग मेरो संगत भएको थियो । आफू सेफ हुन ऊसँग संगत गरेको थिएँ, तर एक वर्ष नबित्दै ऊसँग मेरो प्रेम हुन गयो । म उसको मायामा यति धेरै पग्लिएछु कि ऊसँग मात्र तीन वर्ष संगत गरेँ । त्यसबेला मलाई लाग्यो, सेक्सको आनन्द प्रेममा रहेछ । तर के गर्नु उसले मसँग विवाह गर्नै मानेन ।
उसले विवाह गर्न नमान्नुको कारण के होला ?
म उमेरले सानी भएँ रे । सङ्गत गर्दा चाहिँ सानी नहुने, विवाह गर्दाचाहिँ सानी हुने ? म त्यतिबेला खुब रोएकी थिएँ ।
त्यसो भए विवाह गरेर लाइफ सेटल गरे भइहाल्यो नि ?
प्रेममा उसले धोका दिएपछि प्रेमप्रति मेरो विश्वास रहेन । त्यसपछि मैले पुरूषको भावनामा बग्नुहुन्न, बरु पुरुषलाई युजचाहिँ गर्नुपर्छ भन्ने कुरा बुझेँ । त्यसैले अब मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिन्छ ।
सधैंभरि यस्तो जीवन चल्न सम्भव छ ?
मलाई थाहा छ, मोडलिङको पनि आफ्नो उमेर हुन्छ । यसरी रमाइलो गर्नुको पनि एउटा समय हुन्छ । त्यसैले धर्मपुत्री पाल्दै छु । १ करोडको लगानीमा एउटा बिजनेस सुरु गर्दैछु । आम्दानी भएको पैसाले समाजसेवा गर्छु । जसरी होस्, जीवन मोजमा बिताउँछु । अहिले मोडलिङमा मेरो चर्चा छ, भोलि समाजसेवामा मेरो नाम रहनेछ ।
विवाह नगरेपछि आफ्नो सन्तान हुँदैन, यसले एउटी महिलाको जीवन अपूरो भयो नि ?
सन्तानका लागि विवाह किन गर्नुपर्‍यो र ? मलाई एउटा यस्तो लोग्नेमानिस चाहिएको छ, जो हेण्डसम होस्, असल व्यवहारको होस् । उसलाई म आफ्नो सन्तानको बुवा बनाउन चाहन्छु तर त्यसमा उसको अधिकार हुनेछैन । त्यो मेरो मात्र सन्तान हुनेछ ।
(आश्विनी कोइरालाको ‘उनी’ पुस्तकको पुस्तक अंश)