Friday, June 29, 2012





फेसबुकले भेट्टायो २७ वर्षपछि आफन्तलाई 

घरपरिवारबाट करिब तीन दशकसम्म सम्पर्कविहीन हुनुभएका बलखु गाविस ७ का भरत धमलाका लागि फेसबुक परिवारसँग भेट गर्ने गतिलो सहारा बन्यो । धमला घर छाडेर हिँडेको २७ वर्षपछि फेसबुककै सहाराले आफन्तको सम्पर्कमा आउनुभएको छ । बलखुस्थित मामा घरमा जन्मेर १८ वर्षसम्म त्यहीँ हुर्कनुभएका धमला २०४२ सालमा घर छाडेर हिँड्नुभएको थियो । आफन्त तथा घर परिवारले समेत माया मारिसकेका धमला एकहप्ता अगाडि मात्रै एक्कासि मावली भाइ कुमार लुइँटेलसँग फेसबुकमा भेटेर घर परिवारसँग सम्पर्कमा आउनुभएको हो । फेसबुकमा भेट्दा पहिलो पटक त धमलालाई उनका आफन्तले नै चिनेनन्् । मावली भाइ लुइँटेलको फेसबुकमा म भरत धमला दाइ हुँ भनेर आफूलाई चिनाए पनि उहाँलाई सुरुमा नचिनेको लुइँटेलले बताउनुभयो ।
फेसबुकबाट परिचय दिनुभएका धमलालाई पहिला त चित्रे कुरै भएन, पछि कुराकानी गर्दै जाँदा आफ्नै दाइ पो हुनुहुँदोरहेछ, लुइँटेलले भत्रुभयो, विसं २०२४ मा मामाघरमै जन्मनुभएका धमलाको अठार वर्षको उमेरमा घर छाडेर भागेदेखि नै अत्तोपत्तो थिएन, कहाँबाट चिनेर एक्कासि फेसबुकमा आइपुगे म आफँै अचम्मित छु । फेसबुकमा साथी बनेको ६ महिनापछि उहाँले फेसबुकबाटै आफ्नो मोबाइल नम्बर पत्तो लगाएर टेलिफोनबाट आफ्नो परिचय दिएको दुई महिनापछि घर आएको लुइँटेलले जानकारी दिनुभयो । आशा मारिसकेको छोरो एक्कासि घर आइपुग्दा उहाँका बुबा जयराज र आमा खडमायाको खुसीको सीमा नै रहेन । हामीले त बिर्सिसकेका थियाँ, आमा खडमायाले भत्रुभयो, आस मारिसकेको छोराको अनुहार देख्न पाउँदा औधि खुसी छु । छैन भनेको मान्छे अचानक घर आइपुग्दा घर परिवार मात्र होइन भरतको गाउँमै खुसी छाएको लुइँटेलले बताउनुभयो ।यति लामो समयसम्म घर परिवारसँग सम्पर्कमा नआएका विषयमा परिवारले पनि त्यति चासो नदिएकोजस्तो लागेर सम्पर्कमा आउन नचाहेको बताउँदै धमलाले भारतको मुम्बइस्थित एक जिम क्लबमा काम गरेर जीवन गुजारा गरेको जानकारी दिनुभयो । जिम क्लबमा सामान्य तलबमा जागिर खाएर बस्नुभएका धमलालाई घर आउने खर्च नभएर पनि सम्पर्कभन्दा बाहिर रहेको हुनसक्ने स्थानीयवासीको भनाइ छ । घर छाडेको यतिका वर्षपछि नेपालस्थित आफ्नो घर फर्कन नचाहने दाइ भरतलाई धेरै आग्रहपछि घर बोलाउन सफल भएको लुइँटेलले बताउनुभयो । लामो समयसम्म हराएर भेटिनुभएका उहाँलाई नेपालमै बस्ने व्यवस्था मिलाइदिन सुनसरीको तरहरामा मावलीले केही जग्गासमेत किनिदिएका छन् । उहाँले अब आफू जन्मेको गाउँमै बस्ने योजना बनाएको बताउनुभयो






































































































































































































































काठमाडौ, असार १५ - सरकारले साउनदेखि लागू हुने गरी विद्युत् महसुलमा २० प्रतिशत मूल्य बढाएको छ । विद्युत् महसुल निर्धारण आयोगले महसुल बढाउने निर्णय गरेको हो । आयोगले २० युनिटभन्दा कम खपत गर्ने ग्राहकले तिर्नुपर्ने दर भने यथावत् राखेको छ । २० युनिटभन्दा बढी उपभोग गर्नेले बिजुलीको महसुल उपभोगका अधारमा बढी तिर्नुपर्ने छ ।
'साउन १ गतेदेखि औसत २० प्रतिशतका दरले बिजुली महसुल बढ्यो,' आयोगका सदस्य पशुपति मुरारकाले भने । महसुल बढेपछि विद्युत् प्राधिकरणको वाषिर्क घाटा साढे ४ अर्बले घट्ने उनले बताए । अहिले प्राधिकरणको वाषिर्क घाटा ७ अर्ब छ । २०५८ देखि विद्युत् महसुल बढेको थिएन ।
घरायसी प्रयोगमा अब २० युनिटसम्म खपत गर्ने ग्रहकले प्रति युनिट ४ रुपैयाँ, २१ देखि ५० युनिटसम्म ७ रुपैयाँ ३० पैसा, ५१ देखि १ सय ५० युनिटमा ८ रुपैयाँ ६० पैसा,१ सय ५१ देखि २ सय ५० सम्म ९ रुपैयाँ ५० पैसा र २ सय ५१ भन्दा माथि प्रति युनिट ११ रुपैयाँ शुल्क लाग्ने छ ।

बिकिनी लगाएका तरुनीले पढाउने स्कूल


सोँच्नुहोस् त त्यस स्कुलको हाल के होला जहाँ महिला शिक्षिकाहरु कक्षाकोठामा बिकिनी लगाएर विद्यार्थीलाई पढाउँछिन् । शिक्षिकाहरुले बिकिनी लगाउन थालेभने कक्षामा पढ्ने किशोर विद्यार्थीहरुको मन कति कुत्कुत्याउला ? हाम्रा स्कुलमा त यो कुरा सोँच्न पनि सकिन्न । तर छिमेकी देश चीनमा एउटा यस्तो स्कुल छ जहाँ कपडाको नाममा केबल बिकिनी लगाएका शिक्षिकाहरुले विद्यार्थीलाई पढाउने गर्छन् ।
चीनको एक अनलाइन भाषा स्कूलमा सेक्सी मोडेलहरु शिक्षिकाको रुपमा बिकिनी लगाएर कक्षाकोठामा प्रवेश गरी पढाइरहेका हुन्छन् । यो अनलाइन स्कुलमा पढ्ने विद्यार्थीहरुलाई मन्दारिन भाषा सिकाइन्छ । यो स्कुल अघिल्लो वर्षको डिसेम्बर महिनादेखि संचालनमा आएको थियो ।
आफ्नो यस्तो अनौठो शैलीका कारण यो अनलाइन स्कूलले जबरजस्त रेस्पोन्स हाँसिल गरिरहेकेा छ । यसको पहिलो पाठ ह्वाट टाइम इज इट मा मात्र ३ लाख भन्दा बढिले क्लिक गरिसकेका छन् । यो क्लासमा दुइजना मोडेलहरु बिछ्यौनामा बसेर एकअर्कासँग कुराकानी गरिरहेका हुन्छन् ।
यद्यपि यो अनलाइन स्कूलले विरोधको पनि सामना गर्नुपरेको छ । केही महिला संगठनहरुले यो स्कूलको विरोध गरेका छन् । तथापि यो स्कूल आफ्नो फरक पहिचानलाई कायम राख्दै अघि बढिरहेको छ ।

Thursday, June 28, 2012

कृष्ण धराबासी पनि दोस्रो विवाह गर्दै

१५ असार, काठमाण्डौं । साहित्यकार कृष्ण धरावासी आज बैबाहिक बन्धनमा बाधिँदै हुनुहुन्छ । धरावासी र मञ्जु विमलीबीच एक कार्यक्रमका बीच बैबाहिक सम्बन्ध कायम हुने बताईएको छ ।
डेढ बर्ष अघि पत्नि वियोगको पिडा खेप्नुभएका धराबासीले दोस्रो बिहे गर्न लाग्नुभएको हो । धराबासी पत्नि सीताजी (पोख्रेल) को डेढ बर्ष अघि मृत्यु भएको थियो । पत्नि वियोग पछि भावविह्वल हुनभएका उहाँले ‘पाण्डुलिपी’ नाम पुस्तक लेख्नुभएको थियो ।
बुढेसकालमा सहारा र स्याहार गर्ने मान्छेको आवश्यकता रहेको महशुस गर्नुभएका धराबासीले आफु नजिक रहेका साहित्यकार तथा पत्रकारको उपस्थितिमा बिमलीसँग बैबाहिक सम्बन्धि स्थापना गर्ने बताईएको छ ।
श्रीमान इन्द्रराज विमलीसँग सम्बन्ध बिच्छेद गरेकी बिमलीका १२ बषिर्य छोरा अपूर्व सिटौला रहेका छन् । दन्त चिकित्सक पनि रहेकी बिमली केही समय अघिमात्र बेलायतबाट फर्किएर काठमाण्डौंको अकाशेधारामा बस्दै आउनुभएको छ ।
कलाकार हरिबंश आर्चाले दोस्रो विवाह गरेको केही समयपछि नै धराबासी पनि दाम्पत्य जीवनमा बाधिन लाग्नुभएको हो ।

Tuesday, June 12, 2012





साहित्यिक मिसनप्वाइन्ट र डोलेश्वर यात्रा


जितेन्द्र रसिक


श्रावण महिनाको अन्तिम शनिवारको कुरा हो २७ गते नै अफिसियल काम लिएर पोखरा जानुपर्ने थियो । २६ गते साँझ, अचानक, पोखराको कार्यक्रम पोस्टेड् भयो भन्ने जानकारी पाउन साथ साथीहरु मध्ये म नै पहिले खुसीले उफ्रेको थिएँ ।

फेरी फोन को घण्टिले मेरो यात्रामा अवरोध सृजना गर्ने अद्दि कस्न थाल्यो । सिन्धुपाल्चोकको फोन थियो । नेवार समुदायमा जनै पुर्णिमा र गाईजात्रा अत्यन्तै लोकप्रिय र शोक निधान पर्व हो । मलाई सिन्धुपाल्चोक नगै नहुने वातावरण सृजना हुन थाल्यो । मैले जिवनमा पहिलो पटक आफ्नैलाई ढाँटें कि म अफिसियल काम मा पोखरामै छु  भनेर । किनकी कार्यक्रमको संयोजक स्वयं भएकोले पनि कार्यक्रम भन्दा टाढा रहन सक्दिनथें । केदारनाथको शिर मानिने डोलेश्वर महाँदेवको दर्शन गर्न विशेष महत्वका साथ  भक्तजनहरु सिपाडोलको उकालो चढ्दै त्यहाँ पुग्छन् । तर म भने धार्मिक स्थल डोलेश्वर महादेवको दर्शन  र साहित्यिक कार्यक्रम संयोजन दुबै लक्ष्यका साथ त्यहाँ पुगें । भक्तपुर साहित्यिक समाजको आयोजनामा घुमन्ते सहित्यिक शृङ्खला भाग दुइको पाँचौं शृङ्खला केदारनाथको शिरमै गर्ने आयोजकको निर्णय थियो ।

कार्यक्रम स्थलमा पुग्नु अगावै सुर्यविनायकमा विभिन्न साहित्यिक समाज र आसपासका जिल्लाहरु बाट स्रस्ताहरु उपस्थिती भैसकेका थिए । केहि दिन अगाडि कार्यक्रम मा उपस्थिीती हुने प्रतिवद्धता जाहेर गरेका सहृद्धय  मित्र न्युज अपडेट साप्ताहिक तथा राजधानी दैनिकका सम्पादक रमेस दनेखु को खोजिमा नयनहरु भौतारिए । सधैंजसो व्यस्त हुने उहाँको दैनिकी सँग चिरपरिचित छु म । भक्तपुरको पत्रकारिता जगतमा महत्वपुर्ण उनको योगदानले म सधैं सधैं पुलकित हुने गरेको छु । भक्तपुरमा पत्रकारिता जगत  स्वतन्त्र र निष्पक्ष तरिकाले अगाडि बढाउन चाहने एक होनहार पत्रकार दनेखु को व्यस्तता  आँखा भरी सल्वलाएपछि स्वयं मुक भएँ । कार्यक्रममा उपस्थिती हुन नसक्नु उनको कार्य व्यस्तता हो भन्ने म जानकारमा थिएँ । त्यसैले न्यूज अपडेट साप्ताहिककोे प्रतिनिधित्व पनि स्वयं आफैले गरें । त्यतिकैमा मोवाइलको घण्टिले ध्यानाकर्षण ग¥यो । कवि चन्द्रप्रसाद न्यौपाने ले गरेका रहेछन् । उनलाई सुर्यविनायकमा अध्यक्ष प्रभाकर असिमलाई भेट्न र स्थानको जानकारी दिएँ । ६ साहित्यिक संस्था हरु क्रमस ज्योती साहित्य प्रतिष्ठान काठमाडौं,अनामण्डली काठमाडौं, जुनकिरी साहित्य समाज काभे्र, कलम साहित्य समाज काभ्रे,रचनात्मक साहित्य समाज भक्तपुर, र भक्तपुर साहित्यिक समाज समाहित सो कार्यक्रममा पचासौं भन्दा बढि स्रस्ताहरुको उपस्थिती ले छुट्टै रौनकता थपिरहेको थियो । सिपाडोल वसपार्क सम्मको यात्रा पछि, कवि श्याम गैडा लोक गायक बुद्धिकृष्ण लामिछाने लगायतका का स्रस्ताहरु घाँसै कात्ने खुर्केर र पिधींमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुदै हुन् मलाई सम्झेर गाउँदा गाउँदै अगाडि बढ्दा एकजना वटुवाले ठट्टा गरे तपाईहरुको आमा त हैन डोलेश्वर महाँदेव चाहिं पर्खाइमा रोएर बसेको होला । पुरै वातावरण हाँसोमा गुञ्जियो । गीत गाउँदै सुन्दै पसिना पुछ्दै उकालो लाग्यौं । यात्रामा कतै कतै भक्तजनहरुलाई हामीले पनि साथ दियौं त कतिपय ठाउँमा उनीहरुले पनि साथ दिए ।  सवारीसाधनमा दर्शनको लागि जाने भक्तजनहरु जगाती को बाटो हुँदै मन्दिर पुग्न सजिलो छ । तर काठमाडौं बाट समाजको निम्तो स्विकारेर डोलेश्वर मा कविता दर्शन गर्न आएका ज्योती साहित्यिक प्रतिष्ठानका अध्यक्ष मनिराज सिंह र सचिव  कमला रिसाल ज्योती भने सुर्यविनायक बाट बसलाई पच्छ्याएर आउँदा आउँर्दै बाटो नै भुलेर साँगा पुगेछन् । फोन सम्पर्क पछि मात्र पुनः लोकेसन पहिल्याएर अनामण्डलीका सुरेस जी र रुपक अलङ्कारलाई पच्छ्याउँदै सिपाडोल आइपुगेपछि हाँसोको फोहोरानै छुट्यो । कारण बुझ्दा त उस्तै गाडि देखेर पच्छ्याउँदा पच्छ्याउँदै झन्दै बनेपा पो पुगेछन् मणि दाजु । समाजका अध्यक्ष प्रभाकर असिम र काशीराम विरस पछिल्लो गाडीमा सर्जकहरुलाई यातायत व्यवस्थापनमा लागिरहे । उद्घोषक हरी छुँका र म  सर्जकहरुलाइृ लिएर उकाले लाग्दै थियौं  । देलेश्वर पर्यटकिय क्षेत्र भएकोले फुर्सद मिलाएर भक्तपुर आईपुगेका पर्यटकहरु पनि डोलेश्वर भ्रमणमा पुग्ने गरेका छन् । तर सोचे जति पर्यटकहरु डोलेश्वर भ्रमणमा नआएको स्थानियहरुको धारणाले सो क्षेत्र अति चित्ताकर्षक भएर पनि प्रचार प्रशारको कमीले पर्यटकहरुको उपस्थितीमा कमी भएको स्विकार्न सकिन्छ । केदारनाथको शिरोभागको रुपमा वर्तमान समयमा आएर प्रख्यात कमाइरहेको सिपाडोलको डोलेश्वर महाँदेवकोे छुट्टै पहिचान रहेको छ । राजा जर्ग ज्योति मल्ल ,भुपतिन्द्र मल्ल लगायत अरु विभिन्न दाताहरुको किर्ति रहेको पाइन्छ । नेपाल सम्वत ८५६ र ८५९ को दुई छुट्टा छुट्टै अभिलेखमा देखिएको एउटा नाम हो मनेहर सिंह भारो । उनले राखेको ति दुई किर्तिलाई अध्ययन गर्ने हो भने उनि डोलेश्वर महाँदेवको एक अनन्य व्यक्ति भएको पुष्ति भक्तपुरका  संस्कृतिविद्हरुले पुष्ति गरेका छन् । मपौ र दपौ को किम्वदन्ति अनुसार डोलेश्वर महाँदेवको २८८ किलो त्रिसुल नै अन्तिम किर्तिको रुपमा रहेको संस्कृतिविदहरुको धारणा रहेको छ । शान्त र मनोरम वातावरणमा उच्च स्थानमा रहेको डोलेश्वर महादेव अति आनान्दित स्थानका धार्मिाकस्थलको रुपमा  लिइन्छ । ति ठाउँमा कहिल्यै पनि बाहिरका स्रस्ताहरु आएर साहित्यिक कार्यक्रम गरेका छैनन् रे । त्यस विद्यालयका शिक्षिका उर्मिला थापाले कार्यक्रम सुरु हुनु अघि नै प्रसन्न भएर भने । आज हाम्रो विद्यालयमा पनि साहित्यिक कायृक्रम हुन लागेकोले शनिवार भए पनि विद्यालय आउन मन लागेको वताईन् । त्यहाँका साना साना नानीहरुमा पनि प्रतिभाका खानीनै रहेछन् । उनीहरुले त मुक्तक र चुत्कीला भनेर सबै सर्जकहरुलाई हँसाए । विश्वकै दसौं लहरमा परेको कृति चन्द्रयुगका स्रस्ता चन्द्र प्रसाद न्यौपाने पहिलो पल्ट भक्तपुरको कार्यक्रममा सहभागी भएका रहेछन । उनलाई भक्तपुर असाध्यै मन पर्ने शान्त र पर्यटकिय शहर भएको भन्दै बाटोमै छन्द कविता सृजना गरेर सुनाए । हामी सबै मन्त्र मुग्ध भयौं । भैरव अर्याललाई सम्झेको सो कार्यक्रम गाईजात्रा विशेशाङ्क भएकाले अधिकाास स्रस्ताहरुले नेपालको संविधान र नेताहरुको लाचारपिनलाई व्यङ्यका साथ गीत गाउँदा सबै जुरु जुरु उठेर नाचेका थिए । पुराना लोक गायक बुद्धिकृष्ण लामिछानेले बजारमा ल्याउनै लागेको लोकगीत पैसा ओ पैसा सुनाउँदै नाच्न थाले पछि स्रस्ताहरुले पनि उनलाई साथ दिए । त्यस पछि त के चाहियो सबैले तालमा ताल मिलाएर ताली ठोके । गायक लामिछाने भने मच्चि मच्चि नाचे बुढेसकालमा पनि उनको जोस जाँगरमा कुनै कमी नदेख्दा हामी सबै डङ्ग । त्यस पछि त के चाहियो समाजका अध्यक्षले पनि गजल गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पारे र करिव साढे चार वजे कार्यक्रम सकाएर सबै स्रस्ताहरुले पदमार्ग रोज्यौं मिठा मिठा गफ गर्दे गन्तव्य पहिल्याई रह्यौं । मिठा मिठा अनुभुतिहरु संगालेर । सबै कवि तथा स्रस्ताहरुले छुट्ने बेला पनि भन्दै थिए । कार्यक्रम अति रमाइलो र भ्रमण शैलीको भयो अर्को कार्यक्रम पनि यस्तै ठाउँ रोजेर गर्नुहोला है सर ! भन्दै बिडाइको हात हल्लाए । मैले पनि सो यात्रालाई उपलव्धिमुलक मानें । र मन मनै भनें भक्तपुर साँच्चै स्वर्गानुभुति  दिलाउने रमाइलो स्थान हो । जहाँ हरेक ठाउँको छुट्टा छुट्टै पहिचान र महत्व छ  ।

Saturday, June 9, 2012

कान्तिपुर पत्रिकाले माफी माग भन्यो

अनुजा बानियाँ
05 June, 2012
काठमाडौं


९१ लाख रुपैयाँ र हीराको हार भेटेको दाबी गर्न अनुजा बानियाँ अहिले पनि छाड्दिनन् । त्यो पैसाको मालिक पुरुषोत्तम पोखरेलले बेइमान गरेकाले आपूm बेवकुफ बन्नुपरेको अनुजाको निष्कर्ष छ । दुनियाँले नै घटना झुटो भनेकाले अनुजा मानसिक रूपमा विछ्प्ति जस्तो देखिन्छिन् । अनुजा हिजोआज निराश र मलिन मुहार लिएर काठमाडौंको गल्लीमा भांैतारिरहेको भेटिन्छिन् । घटनाको वास्तविकता एक दिन सार्वजनिक हुने पर्खाइमा छिन् उनी । सहज जीवन बाँच्न काठमाडौं
छिरेकी हुन् । योग्यताको अभावले तरकारी व्यापार थाल्ने योजना उनले स्तम्भकारलाई सुनाइन् । एउटा सानो गल्तीले प्राप्त खुसी र सम्मान क्षणभरमै शिशाभैं फुटेकोमा जिन्दगीभर पछुताउनु परेको गुनासो उनको थियो । के हो त्यो गल्ती ? के छन् अनुजाका भावी योजना भन्ने जिज्ञासामा उनका जवाफ :
० कति पैसा पो भेट्नुभयो अरे ?
� ९१ लाख र हीराको हार ।
० कहाँ भेट्नुभयो ?
� मोटरमा भेटेकी हुँ ।
० कति दिन राख्नुभयो ?
� छाड्दिनुहोस् त्यस्ता कुरा, मैले बिर्सें र बिर्सन चाहन्छु ।
० किन नि ?
� मेरो एउटा सानो गल्तीले मलाई रुवाएको छ । मान्छेले मलाई पागलसम्म भने । त्यसकारण त्यो कुरा बिर्सन चाहन्छु ।
० के गल्ती गर्नुभयो ?
� त्यो पुरुषोत्तम भन्ने मान्छेको फोन नम्बर नराखेर गल्ती गरेछु ।
० छ त्यो मान्छे ?
� किन नहुनू, देखें भने चिन्छु । उसको छोरा अनिलसँग पनि मैले कुरा गरेकी हुँ ।
० सामान फिर्ता पाउने मान्छे किन गायब हुनुपरेको होला ?
� मैले नबुझेको कुरा पनि त्यही हो । त्यो मान्छे गायब भएर म बेवकुफ बन्नुप�यो । तर त्यो मान्छे एक दिन सार्वजनिक हुन्छ भन्ने विश्वास मलाई छ ।
० ऊसँग कति समय कुरा गर्नुभयो ?
� झण्डै सात दस मिनेट कुरा गरें होला । मुखमा कालोमोसो दलेर हिँड्यो भने मात्र हो, नत्र जहाँ देखे पनि म उसलाई चिन्छु ।
० भेट्नुभयो भने के गर्नुहुन्छ ?
� गर्न त के नै सक्छु र ? तर यथार्थ कुरा बाहिर आउँछ । दुनियाँको अगाडि मेरो बेवकुफीपनको पर्दाफास हुनेछ भन्ने विश्वास छ ।
० ऊ सार्वजनिक हुन्छ भन्ने के आधार छ ?
� विगत बिर्सन चाहन्छु, तर त्यो मान्छेले मेरो मन रुवाएको छ । त्यसलाई मेरो अन्तरहृदयले माफ दिँदैन । मेरो पीडा यो संसारलाई थाहा छैन ।
० राष्ट्रपतिसँग कति कुरा गर्नुभयो ?
� ३ मिनेट ३ सेकेन्ड ।
० राष्ट्रपतिले नै सिधै फोन गर्नुभएको थियो ?
� होइन, ललितबहादुर बस्नेतले पहिला फोन गर्नुभयो । उहाँले तपाईंसँग राष्ट्रपति बोल्न चाहनुहुन्छ भन्नुभयो ।
० राष्ट्रपतिले के भन्नुभयो ?
� इमानदारहरूको खडेरीमा तिमीलाई जन्म दिने बाबुआमा धन्य हुन् । तिमीलाई बधाई छ भन्नुभयो ।
० कस्तो महसुस भयो ?
� खुसी लाग्यो, राम्रो काम गर्दाको प्रतिफल यस्तै हुँदो रहेछ भन्ने महसुस भयो । सामाजिक संघ�संस्थाले सम्मान गरे ।
० त्यो खुसी त धेरै टिकेन नि ?
� केही समयपछि नै पीडादायी दिन सुरु भयो । बढाउको छोराले झिर लिएर काट्न आयो । कान्तिपुर पत्रिकाले माफी माग भन्यो ।
० के गर्नुभयो ?
� मैले केही गल्ती गरेकै थिइनँ, म किन डराउने ? दुनियाँले मलाई पागल भने, तर म अलिकति पनि विचलित भएकी छैन । कसैको नराम्रो चिताउँदिन इमानदार भएर गरी खाएकी छु ।
० झिर लिएर चाहिँ किन कुट्न आएको नि ?
� उसलाई नभनी समान फिर्ता दिइँदा परिवारको बेइज्जत भयो रे ।
० सार्वजनिक गरेर फिर्ता दिएको भए हुन्थ्यो नि ?
� त्यसो गरेको भए हुने रहेछ, त्यसबेला बुद्धि आएन ।
० कसरी फिर्ता दिनुभयो त ?
� त्यही पोकामा फोन नम्बर भएको कार्ड थियो । त्यही नम्बरमा फोन गरेर बोलाएर दिएँ । त्यो पैसा मेरो साथमा भइरह्यो भने ज्यान पनि जान सक्छ भन्ने डरले उसैलाई फोन गरेर फिर्ता दिएकी हुँ ।
० कसरी ?
� धन देखेपछि महादेवको पनि तीन नेत्र बल्छ भन्छन् । त्यो अर्काको पैसा लिन मैले किन ज्यान त्याग्ने ? बरु सुटुक्कै फिर्ता दियो, टन्टै साफ भन्ने सोच आयो ।
० पछिल्लो समय के कुराले चित्त दुःख्यो ?
� बढाउको छोराले तुच्छ वचन बोलेर झिरले कुट्न आयो । केही अखबारले म पागल भनेर समाचार छापे । मलाई पागल भन्नेहरूलाई म कदापि माफी दिन्न । तर म उनीहरूप्रति नकारात्मक धारणा पनि राख्दिनँ ।
० अब के गर्नुहुन्छ ?
� जीवन संघर्ष रहेछ, हातखुट्टा चलुन्जेल संघर्ष गर्छु । सुख�दुःख, आरोह�अवरोह रहेछ, त्यसलाई सहर्ष स्वीकार गर्छु । मेहनत गर्न छाड्दिनँ ।
० तपाईंका कारण परिवार दुःखी भए होला, होइन ?
� जे नहुनु भइसक्यो, दुःख मानेर केही हुँदैन भन्ने कुरा मेरा अभिभावकले बुभ्mनु भएको छ ।
० इष्टमित्रले के भन्छन् नि ?
� अगाडि भेटिएका सबैले राम्रै भनेका छन् । पछाडि कुरा काट्छन् होला, थाहा छैन ।
० थातथलो कहाँ हो नि ?
� भोजपुर, भुल्के ।
० परिवारमा को को हुनुहुन्छ नि ?
� हामी दुई बहिनी, तीन दाजुभाइ र बुबाआमा ।
० बुबा के गर्नुहुन्छ नि ?
� बुवा शिक्षक, आमा गृहिणी र दाजुहरू संघ�संस्थामा हुनुहुन्छ । एउटा भाइ पढ्दैछ ।
० तपाईंले कति पढ्नुभयो ?
� एसएलसी पास गरेकी छैन । अब कम्मर कसेर पढ्ने सुरसार गर्दैछु ।
० यसअघि किन पढ्नुभएन ?
� एसएलसी बिग्रेपछि पढ्न मन लागेन । लहलहैमा लागेर सुनसरीतिर झरियो । केही गर्न पढ्नुपर्छ भन्ने लागेको छ । त्यसैले पढ्ने वातावरण मिलाउँदैछु ।
० घरमै बसेर पढेको भए हुँदैन थियो ?
� साथीभाइ पनि गाउँबाट हिँडे, त्यही बेला भाउजूले बोलाउनुभयो र सुनसरी आइयो ।
० सुनसरी आएर के गर्नुभयो ?
� एउटा सानोतिनो काममा भुलिएकी थिएँ । त्यस्तो घटना भएपछि त्यहाँ बस्ने वातावरण पनि भएन, त्यसपछि काठमाडौं आएकी हुँ । काठमाडौं पनि बोलाएर आएकी हुँ ।
० कसले बोलायो ?
� दाजुभाउजूहरू पनि यहीँ हुनुहुन्छ । तर मलाई बोलाउने संस्थामै बसेकी छु, त्यहीँ काम गर्छु । बस्नलाई सहज नै छ ।
० विवाह गर्ने सोचाइ बनाउनु भएको छैन ?
� उमेर भएकै हो, समय आएपछि होला नि । तर धेरैले तेरो विवाह हुँदैन भनेका छन् ।
० पे्रमको चक्कर चलेको छैन ?
� पे्रम विवाह गर्नुहुँदैन, पहिले आनीबानी थाहा हुन्छ, पछि राम्रो हुँदैन ।
० कहिले होला जस्तो छ विवाह ?
� सबैतिरबाट कुरा आइरहेका छन्, हेरौं कहिले र कोसँग हुन्छ ?
० कस्तो दुलाहा कल्पना गर्नुभएको छ ?
� नराम्रो होस् भनेर त कसले भन्ला र ? तर मेरो भागमा सोझो र रिसाहा केटो परोस् भनेर कामना गरेकी छु ।
० किन नि रिसाहा केटो ?
� बरु मलाई दिनरात कुटोस्, तर रिसाहा केटो नै चाहिएको छ ।
० किन नि भन्न मिल्दैन ?
� मेरो इच्छा हो, सोझो तर रिसाहा केटा मलाई मन पर्छ ।
० अनुजा नाम कसले राखिदियो नि ?
� बुबाआमाले नै राखिदिनुभएको हो, पछि राम्रो लागेर आपैंmले राखेको नाम होइन ।

मनोज गजुरेलको खुस्किएछ ‘मगज’ !

कृष्ण अविरल
धेरैलाई थाहा हुनुपर्छ मनोज गजुरेल चानचुने खुद्रा हाँस्य कलाकार होइनन् । हाँस्य लेखनदेखि प्रवर्द्धनमा समेत लागेका यिनी सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेकै शब्दमा थोक-कलाकार हुन् । ब्यङ्ग्य गरिएका पात्र -अर्थात् तपाईँले पात्रका अगाडि ‘कु’ पनि थप्न सक्नुहुन्छ) हरुको दिमागमा रिसको पारो चढाइदिने झोक-कलाकार पनि हुन् । अनुहार बङ्ग्याएर र थेगो भट्याएर मान्छेलाई जबर्जस्ती हाँस्न बाध्य पार्नेहरुको बाढी चलेको बेला हाँस्यसँगै बौद्धिक कुरा पस्किएर हृदयदेखि नै हँसाउने यिनी जोक-कलाकार हुन् । हँसाउँदा हँसाउँदै लक्षित पात्रलाई सिध्याइदिने यिनी शोक-कलाकार पनि हुन् ।
यिनको परिचयको अर्को पाटो पनि छ, अर्थात् यिनको सिर्जनाको अर्को बाटो पनि छ । यिनी हाँस्यब्यङ्ग्य लेखनका समेत हस्ती हुन् । ‘नवयुवा’ मासिक र ‘साप्ताहिक’ का लागि नियमित हाँस्य-झटारो हान्दै आएका यिनका यसअघि ‘लुखास्त’ र ‘हनुम्यान’ नामका दुईटा कृति निस्केका छन् । अहिलेचाहिँ यिनले ‘मगज’ निकालेर उनका शुभचिन्तक-पंशंसकहरुका अगाडि साँच्चै मजाले जिस्केका छन् ।
‘मगज’ भित्र निबन्ध पढ्दा मनोज गजुरेलको मगज साँच्चै खुस्किएछ कि जस्तो लाग्छ । किनकि खुसी पारेर मन्त्री पद पड्काउनु पर्ने बेलामा उनले हाम्रा देशका आदरणीय नेताहरुलाई आमचकारी व्यङ्ग्य गरेका छन् । भन्न पाएँ भन्दैमा प्याच्च नभन्नू, बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नू भन्ने बुढापाकाको भनाइलाई उनले ठाडै उलंघन गरेका छन् । ढंग पुर्‍याएर गरिएको व्यङ्ग्यले उनलाई कतार, साउदी, अमेरिका पुर्‍याए पनि सिंहदरबार भित्रका घुम्ने कुर्सीमा नपुर्‍याउने पक्का छ ।
‘फसादग्रहण’ शीर्षकको पहिलो निबन्धमा उनले मन्त्री पदको सपथग्रहणमा केही समययता देखिँदै आएको विकृतिलाई देखाउन खोजेका छन् । भारतभक्तिको गाथा गाउनेहरुको कलंकित इतिहास लेखाउन खोजेका छन् । शब्द प्रयोगको कला पनि बेजोड छ । यो हास्यब्यङ्ग्य पढिरहँदा लाग्यो, दक्षिणी बोर्डरका सिपाहीले कुनै दिन मनोजलाई ब्ल्याकलिटमा राखेर बहराइच जान पनि दिएनन् भने नौलो नमाने हुन्छ ।
‘टुपीवान स्वायत्त प्रदेश’मा उनले जातीय स्वायत्त प्रदेश माग्ने नाममा देखिन थालेको विकृतिको खुला र जोडदार समर्थन गरेका छन् । देशमा जाती जनजातिपिच्छे छुट्टाछुट्टै स्वायत्त प्रदेश बनाएर नपुग्ने उनको माग छ । एकतामा अनेकता ल्याएपछि मात्रै संघीयता मौलाउने दावी गर्दै उनले भनेका छन्, ‘झापा र मोरङ न लिम्बुवानमा मात्रै सीमित हुनसक्छ, न त कोचिलामै कोचिएर बस्न सक्छ । सिंगो झापा जिल्लालाई आलुझैँ चाना बनाएर दक्षिणतिर ‘राजवंशी विराज राज्य’ बनाउनु पर्छ भने उत्तरतिर ‘धिमाल खराँट गणराज्य’ बनाउनु उपयुक्त देखिन्छ । कोशी किनारलाई कोचिला र मेची आसपासका ठाउँलाई उखेलेर मेचिला प्रान्तको प्रस्ताव गर्न चाहन्छु ।’ मनोजले यो निबन्धमा सातसयको हाराहारीमा जातीय राज्य र नौं सयजति प्रान्त बनाउनु पर्ने आफ्नो अनुसन्धानले देखाएको दावी गरेका छन् ।
‘आन्तरिक पर्यटन’मा हामी नेपालीहरुको दलबदल गर्ने प्रवृत्तिको अप्रेसन गरिएको छ भने ‘जीवनको फेसबुकीकरण’ हाम्रो यान्त्रिकता र परनिर्भरताको खिल्ली उडाएर गर्नै नहुने काम गरिएको छ । मन भुलाउने ठाउँ अन्त नपाइरहेका बेला मान्छेले बल्ल फेसबुक भेटेका छन्, आफ्नो भँडास पोखेका छन् त्यसको पनि किन आरिस गर्नुपर्‍या होला मनोज गजुरेलले ? अचम्म लागेर आउँछ ।
सुजाता म्यामसँग पहिला मनोजको लभ परेर ट्रयाजेडी भा’को हो कि भन्ने आशंका यो ‘मगज’ले उमारेको छ । किनकि सुजाता म्यामको प्रसंग निबन्धहरुमा पटकपटक आउँछ । ‘अराष्ट्रिय विभूति’ मा त उनले सुजाता म्यामलाई नयाँ विभूति घोषणा गर्नुपर्ने समय सान्दर्भिक प्रस्ताव नै राखेका छन् । ‘जनकपुरका हजार-पन्ध्र सय किलोमिटर दक्षिण अयोध्यामा सादी रचिएकी सीताजस्तै दशौं हजार किलोमिटर टाढाको जर्मनीमा म्यारिज गरेकी सुजाताचाहिँ किन राष्ट्रिय विभूति बन्न सक्दिनन् ?’ उनले सीता र सुजाताबीचका थुप्रै समानताहरु देखाएका छन् । साथै उनले देश छाडेर सिंगापुर गएका गएका पारसलाई चीन गएका कलाकार अरनिकोसँग तथा राजपाठ त्यागेर भिक्षु बनेका बुद्धसँग पूर्वराजा ज्ञानेन्द्रसँग तुलना गर्दै उनीहरु पनि विभूति घोषित हुनुपर्ने सोह्रै आना जायज तर्क अघि सारेका छन् ।
‘माइक्रोबसमा माल्दाई’ उनको अर्को सटिक ब्यङ्ग्य हो । यसमा उनले त्रिशुलीबाट र्फकँदै गरेको माइक्रोमा पूर्वराजा ज्ञानेन्द्र भेटिएको रोचक र घोचक प्रसंग लेखेर राजा फर्काउँवादीहरुको चित्त दुखाएका छन् । ‘नयाँनयाँ नेपाल’हरु मा नेताहरुको वेकुफीको बयान गरिएको छ । ‘हामी नेपाल नयाँ होइन, नयाँनयाँ नेपालहरु बनाउने अभियानमा छौं ।’ उनले भनेका छन्, ‘गाईलाई राष्ट्रिय जनावर भन्दा क्रिष्चयनहरुको आपत्ति, गधालाई नियुक्त गरे भ्रष्ट नेताहरुको नियमापत्ति ! मधेसले भोलि डाँफेलाई राष्ट्रिय चरो अस्वीकार रेर बकुल्लालाई बनाउने अड्डी कस्लान्, राष्ट्रिय रङ सिमि्रक सुधारिएको माओवादीको संकेत हो भनेर तिरंगा बनाउनु पर्ने माग नआउला पनि भन्न सकिन्न…।’
‘मगज’मा देशका भाग्यनिर्माता नेताहरुको धज्जी उडाइएका निबन्ध अलि बढी छन् भने सामाजिक ब्यङ्ग्य गरिएकाहरु कम । यसले मनोजमा पाठक-दर्शकले के मन पराउँछन् भन्ने चेत कम्ती नभएको पुष्टि गरेको छ । ‘ओली पुराण’, ‘नयाँ मन्त्रिपरिषद’, ‘अलैची समूहको अपील’ यसका केही उदाहारण हुन् । यी निबन्धमा नेताहरुको चरित्रको हुर्मत लिँदै नेताहरु कुन हदसम्मका थेत्तरा हुन्छन् भन्ने कुरा बान्की पुर्‍याएर पुष्टि गरेका छन् । ती पढेर नेताहरुले आफ्नो बानी सुर्धालान् भनेर आशा चाहिँ नगरे हुन्छ ।
‘मगज’का निबन्धले मनोजमा भाषिककला कम नरहेको पुष्टि गर्न खोजेका छन् । सामान्य विषय उठाएर सुन्दर शिल्प दिनसक्ने यिनले कसैलाई छेडहान्न बाँकी नराखी ठटाउनसम्म ठटाएका छन् । जानजान मलामी घटाएका छन् । तुकबन्दी मिलाएर रचिएका निबन्धका कतिपय पंक्तिले पाठकलाई नहाँसी बस्नै दिँदैनन् । जस्तो-
-’अमेरिकी राष्ट्रपतिका बाआमा नेपालको बारा जिल्लामा रहेकोले उनको नाम बाराक ओबामा भएको हो ।’
-’ससुरालीमा, ख्यालख्यालमै दिल बस्यो चम्चा थालीमा ।’
-’नेपाल दुई ब्हेलबीचको रेल हो । असल ड्राइभर भेटे दौडिन्छ, नभेटे सत्यानाश !’
सान्दर्भिक तस्विरहरुसहित रोचक र घोचक २९ थान निबन्धहरु भएको यो पुस्तकको मूल्य पनि सस्तो भन्न मिल्दैन । १२० पृष्ठको कितावको १९० रुपैयाँ तोकेर साझाले मनपरी गर्न थालेको राम्रै संकेत दिएको छ । यस्तै रफ्तार कायम राख्दै गयो भने अरु कुरामा पछाडिबाट एक नम्बर भए पनि मूल्य राख्ने कुरामा भने निजी क्षेत्रका प्रकाशकहरुलाई अगाडिबाटै उछिनेर एक नम्बरमा आउला जस्तो लक्षण देखिन्छ ।
यद्यपि उनको ‘मगज’ बजारमा पाइने सम्भावना भने एकदमै कम छ । छापिसकेपछि पाठकको नजरमा पुर्‍याउन सकिन्न भन्ने बोध भएकाहरुको बाहुल्य भएको संस्थालाई किताब प्रकाशनको जिम्मा लगाएर मनोजले बेकारमा दुःख किन बेसाएका हुन्, मैले चै बुझ्न सक्या छैन । तर एउटा कुरा खुसुक्क भनिराखूँ- ‘मगज’सँगै मनोजको ‘मनोजरन्जन’ नामको डिभिडी पनि बजारमा आएको छ । यसमा उनले बलिउड कलाकार अमिताभ बच्चनका पूर्खा मुस्ताङ्गी भएको पुष्टि गरेका छन् । थाहा पाउन मन नलागे १९९ मूल्यको ‘मनोजरञ्जन’ नहेरे पनि हुन्छ ।

पोखरामा भूकम्प गयो, प्रहरी कार्यालय र घर भत्किए

  • भूकम्प ५ दशमलव १ रेक्टर स्केलको

पोखरा, जेष्ठ २७ - कास्की जिल्लामा शनिबार दिउँसो गएको भूकम्पले इलाका प्रहरी कार्यालय हंसपुरको भवन र लेखनाथ नगरपालिका, १० तालबेसीमा २ घर चर्किएका छन् ।
दिउँसो १ बजेर ३९ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । प्रहरीका अनुसार राधाकृष्ण सुवेदी र उनका छोरा शिवराजको कच्ची घरको पछाडिको भित्ता र इलाका प्रहरी कार्यालयको भवन पनि केही चर्किएको छ ।
पोखरा विमानस्थलबाट २३ किलोमिटर उत्तर थुमकोडाँडा र  नामार्जुङ गाविस सीमा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । भूकम्पको झड्का पोखरा र आसपासका गाउँबासीले महसुस गरेका थिए ।

मनसुन पछि सर्दैछ

काठमाडौ, जेष्ठ २७ - सामान्यतया हामीकहाँ आउँदो आइतबारदेखि मनसुनी वर्षा सुरु हुनुपर्ने हो । तर, मौसमविद्ले अझै एक सातायता मनसुन सुरु भइहाल्ने अवस्था देखेका छैनन् । बरु देशभरि नै गर्मी बढिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागले नेपालमा सामान्यतया १० जुनमा मनसुन सुरु हुने मिति निर्धारण गरेको धेरै वर्ष भयो । पछिल्ला केही वर्षदेखि निर्धारण गरिएको मितिमा मनसुन सुरु हुन छाडेको छ । एक सातादेखि १० दिन ढिलो मनसुन प्रवेश भइरहेको छ । गत वर्ष पनि ५ दिन ढिलो
-१५ जून) मनसुन प्रवेश भयो । मनसुन प्रवेश हुनेबित्तिकै वर्षा भइहाल्ने पनि होइन । केही दिन मनसुन सक्रिय हुन समय लाग्ने भएकाले वर्षामा ढिलाइ हुने गरेको छ । मनसुन प्रवेशको ढिलाइले बेलैमा वर्षा नहुँदा कृषकले बेलैमा धान रोप्न पाएका छैनन् । यो वर्ष पनि त्यो समस्या दोहोरिने बढ्ता सम्भावना छ ।
विभागको तथ्यांक केलाउने हो भने पनि केही वर्षयता मनसुनी वर्षा ढिलो सुरु हुन थालेको स्पष्ट हुन्छ । प्रवेश भएको मनसुन देशभरि फैलन समय लाग्ने भएकाले पनि यथेष्ट वर्षा नहुने गरेको छ । विभागका निमित्त महानिर्देशक तथा वरिष्ठ मौसमविद् मणिरत्न शाक्य अध्ययनहरूले पनि दक्षिण एसियाली मुलुकमा नै मनसुनी वर्षा ढिलो हुँदै गएको निष्कर्ष निकालेको बताउँछन् ।
'हामीकहाँ मात्र होइन, दक्षिण एसियामा नै मनसुन पछि धकेलिएको छ,' शाक्यले शुक्रबार कान्तिपुरसित भने, 'दक्षिण एसियामा नै यो विषयमा बहस सुरु भएको छ ।' केही दिनअघि बंगलादेशको ढाकामा दक्षिण एसियाका मौसमविद्हरूको बैठकमा समेत मनसुन र मनुसनको अवस्थाबारे गम्भीर बहस भएको उनले बताए । 'मनसुनको अवस्थाबारे दक्षिण एसियाली विशेषज्ञहरूबीच गम्भीर छलफल भयो,' बैठकमा भाग लिएर फर्किएका शाक्यले भने ।
केही समयअघि अमेरिकाको पुर्दे युनिभर्सिटीका वैज्ञानिकहरूले गरेको अनुसन्धानले समेत दक्षिण एसियाली मुलुकको मनसुन पछि धकेलिएको निष्कर्ष निकालेको थियो । उनीहरूले त्यसो हुनुको मुख्य कारण जलवायु परिवर्तन भनेका छन् । उनीहरूले दक्षिण एसियाली मुलुकहरूमा मनसुनी वर्षा हुने दिनमा पनि घटबढ भएको निष्कर्ष निकालेका थिए । नेपालमा भने यसबारे विस्तृत अध्ययन भएको छैन ।
दक्षिण एसियामा नै सबैभन्दा पहिले मनसुन सुरु-हुने भारतको केरलामा पनि यो वर्ष ढिलो मनसुन सुरु भएको छ । केरला क्षेत्रमा सामान्यतया ३१ मेबाट सुरु हुने मनसुन ६ दिन ढिलो गरी ५ जुनमा सुरु भएको हो । चार दिनअघि नै केरलामा सुरु भएको मनसुन पनि सक्रिय हुन सकेको
छैन । केरलामा मनसुनी संकेत देखिएपछि हाम्रा मौसमविद्ले पनि 'विशेष बुलेटिन' प्रकाशित गर्दै यो वर्ष पनि मनुसन ढिलो हुने सूचना जारी गरेका छन् ।
बंगालको खाडी हुँदै मनसुन केरला आएको हो । केरला हुँदै मनसुन भारतका उत्तरपूर्वी राज्यहरू असम, मेघालय र सिक्किमसम्म आएको छ । 'केरलामा मनसुन ढिला प्रवेश भएकाले हामीकहाँ स्वतः ढिलो आइपुग्छ,' जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले भने, 'मनसुनी वायु विस्तारै उत्तर-पश्चिमर क्षेत्रतिर सरिरहेको छ ।'
भारतका उत्तरपूर्वी राज्यहरू असम, मेघालय र सिक्किम हुँदै मनसुनी वायु नेपालको पूर्वी भाग प्रवेश गर्ने हो । पूर्वी भागबाट प्रवेश भएको मनसुन नेपाल हुँदै पाकिस्तानसम्म फैलन्छ । श्रेष्ठका अनुसार नेपालमा सबैभन्दा ढिलो सन् १९८६ मा औसत समयभन्दा १७ दिन ढिलो (२७ जून) मा मनसुन सुरु भएको थियो भने सबैभन्दा छिटो सन् १९९६ मा औसत समयभन्दा १० दिनअघि (३१ मे) मा सुरु भएको थियो ।
गर्मी ह्वात्तै बढ्यो
अहिले पनि देशभरि गर्मी बढिरहेको छ । काठमाडौंमा अहिले ३२ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रेकर्ड भइरहेको छ भने राजधानी बाहिर ३९ देखि ४० डिग्रीसम्म तापक्रम रेकर्ड भएको छ । यो वर्ष राजधानीमा १२ जेठ (मे २५) मा सात वर्षपछि तापक्रम ३४ डिग्री पुग्यो । राजधानीमा अहिलेसम्म सबैभन्दा बढी सन् २००५ को मे महिनामा ३४.५ डिग्री तापक्रम रेकर्ड भएको छ । 
राजधानी बाहिर नेपालगन्जमा यो वर्षको मे महिनामा सबैभन्दा बढी ४४.७ डिग्री तापक्रम रेकर्ड भयो । अहिलेसम्म नेपालगन्जमा सबैभन्दा बढी ४५ डिग्रीसम्म मात्रै तापक्रम रेकर्ड भएको मौसमविद् श्रेष्ठ बताउँछन् । अहिले पनि नेपालगन्ज, धनगढी, दिपायल, वीरेन्द्रनगरलगायतको तापक्रम अहिले पनि ३९ देखि ४० डिग्रीको हाराहारी छ ।
मनसुनी वर्षा कति हुन्छ ?
मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार नेपालमा सामान्यतया एक सय १० दिन मनसुनी वर्षा हुन्छ । १० जूनदेखि २३ सेप्टेम्बरसम्म मनसुनी वर्षा हुने औसत समय हो । सबैभन्दा बढी मनसुनी वर्षा जुलाईमा हुन्छ । मनसुन कहिले ढिलो प्रवेश भई छिटो त कहिले छिटो प्रवेश भई ढिलो गरी सकिने गरेको छ । मनसुन सिजनमा देशभरि औसत एक हजार ४ सय मिलिमिटर पानी पर्छ । मनसुन अवधिमा सबैभन्दा बढी वर्षा पूर्वी नेपालमा हुने गरेको छ । पूर्वी क्षेत्रबाट नै मनसुन भित्रिने र  पूर्वबाट नै मनसुन बिदा हुने भएकाले मनसुनी प्रक्रिया पूर्वी क्षेत्रमा बढी हुन्छ ।

 

Wednesday, June 6, 2012

सल्यानमा झाडापखालाका दुई सय बिरामी

२४ जेठ, सल्यान । सल्यान जिल्लामा एक सातादेखि फैलिएको झाडापखालाको प्रकोपका कारण दुई सयभन्दा बढी विरामी परेका छन् ।
लामो समयसम्म परेको खडेरीका कारण स्थानीयबासिन्दा झाडापखालाको प्रकोपबाट प्रभावित भएका हुन् । झाडापखालाको प्रकोपका कारण जिल्लाका दुई दर्जन गाविसका सर्वसाधारण प्रभावित भएका छन् ।
झाडापखालाको प्रकोप बढेपछि विभिन्न स्वास्थ्य संस्थाहरुमा विरामीको सङ्ख्या हृवात्तै बढेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले बताएको छ । दैनिक ८/१० जना मात्र विरामी आउने स्वास्थ्य संस्थाहरुमा अहिले दैनिक २५/३० जनासम्म पुग्ने जिल्ला स्वास्थ्य प्रमुख डा विकास देवकोटाले बताउनुभयो ।
जिल्लाका थारमारे, कोटबारा, कोटमौला, कजेरी, चादेकरेन्जी, मार्के, बडागाउँ माझकाडा, निगालचुला, त्रिवेणी, काभ्राका स्थानीयवासी बढी प्रभावित छन् ।कुनै पनि गाविसहरुमा झाडापखाला महामारीको रूपमा फैलिन नदिनका लागि उच्च सर्तकता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
लामो खडेरी परेपछि झाडापाखालसँगै अन्य रोगहरुका विरामी समेत बढ्न थालेका छन् । अहिले दैनिकजसो स्वास्थ्य संस्थाहरुमा टाइफाइड, जन्डिस, ज्वरोलगायतका विरामीको चाप बढेको स्वास्थ्य संस्थाहरुले बताएका छन् । रासस

आपूर्तिमा कटौती हुँदा तेल अभाव

  • निगमले इन्धन दिएन : व्यवसायी


feul
काठमाडौ, जेष्ठ २४ - भारतीय आयल निगम (आईओसी) ले शुक्रबारदेखि करिब ७० प्रतिशत पेट्रोलियम पदार्थ कटौती गरेपछि राजधानी लगायत मुलुकको विभिन्न भागमा पेट्रोलियम पदार्थको अभाव देखिन थालेको छ । आयल निगमले बक्यौता तिर्न नसकेपछि आईओसीले कटौती गरेको हो । बजारमा तेलको हाहाकार हुँदै गएपछि आजदेखि पेट्रोलपम्पमा ठूलो सङ्ख्यामा सवारीसाधनको भिड लाग्न सुरु भएको छ ।
निगमका कामु कार्यकारी निर्देशक सुरशेकुमार अग्रवालले पेट्रोलियम पदार्थमा भारी कटौती भएको स्वीकार गरे । 'सरकारले दिने निर्णय गरेको रकम दिएर मात्र अब सहज आपूर्ति गर्न सकिँदैन,' उनले भने, 'मूल्य बढाउन र तीन महिनासम्म लागतमा राखेर सरकारले भन्सार र भ्याट छुट दिनुपर्छ ।' यति गरे चौथो महिनादेखि निगम आफ्नो खुट्टामा आफैं उभिने उनको दाबी छ ।
यसैबीच नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले निगमले ३० प्रतिशतभन्दा कम पेट्रोलियम पदार्थ दिएको भन्दै मागअनुसार पर्याप्त आपूर्ति गर्न माग गरेको छ । 'हामीले पर्याप्त पेट्रोलियम पदार्थ दिनुपर्यो भन्दा निगम व्यवस्थापनले सक्दैनौं भन्दै हात उठायो,' मंगलबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने । उनले लागत महँगो परे पनि सस्तोमा बेच्नुपरेका कारण निगम घाटामा गएको उल्लेख गर्दै भने, 'जसले सस्तोमा बेच्न लगाएको हो, पर्याप्त आपूर्ति गर्न निगमलाई उसैले पैसा दिनुपर्छ ।'
निगमले आइओसीलाई जेठको दोस्रो साताभित्र बक्यौता भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएको थियो तर त्यस अनुसार रकम उपलब्ध गराउन नसकेपछि तेलको आपूर्ति कटौती भएको निगमले जनाएको छ । सरकारले आपूर्ति सहजताका लागि ऋण दिने बताएपनि दिन ढिलाइ भएको छ ।
 

टाइट टू-पिसमा किमको कामुकता (फोटो फिचरसहित)

यद्यपि टेलिभिजन स्टार तथा हट मोडेल किम कार्दाशिनको लागि बिकिनी पोज कुनै नौलो कुरा होइन । निकै ठूलो जिउमा साँघुरो बिकिनी लगाएर तन्नेरीहरुलाई आयलकायल पार्ने उनको खुबी नै हो । मेक्सिकोको भ्रमणमा रहेकी किमले पछिल्लोपटक पनि आफ्नो सोही खुबी मज्जाले प्रदर्शन गरेकी छिन् ।
मेक्सिकोको सामुदि्रक किनारमा निलो बिकिनीमा मस्ती गरिरहेकी किमको जिउडालबाट जो कोही पनि मन्त्रमुग्ध हुने अवस्था थियो । उनको निकै टाइट ब्राले वक्षस्थलका टाकुरालाई ठूलै दबाब सिर्जना गरिरहेका देखिन्थे र तल्लो वस्त्र पनि मुस्किलले त्यहीँ एउटै अंगमात्र छोप्न कामयावी थियो । बहिनी कोर्टनीको जन्मदिन मनाउन किम मेक्सिको पुगेकी थिइन् । सोही क्रममा उनले भतिजोलाई उचालेर समेत कतिपय पोज दिइन् । एजेन्सी

Tuesday, June 5, 2012

सेनाका महासेनानी द्वय सहायकरथीमा बढुवा

२३ जेठ, काठमाण्डौं । सरकारले नेपाली सेनाका महासेनानी दीपकप्रसाद भारती र देवेन्द्रबहादुर मेधासीलाई सहायकरथीमा बढुवा गरेको छ । मंगलबार विहान मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाली सेनाका आठ सहायकरथीको सरुवा समेत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादबले जानकारी दिनुभयो । बैठकमा प्राविधिक महासेनानी डा राजेश पन्त तथा सहायकरथीद्वय पदमविलास कार्की र विजय मोक्तानको पदवाधि थप गर्ने निर्णय गरेकेा छ ।
त्यसैगरी ‘जलसाधन आयोजना तयारी सुविधा’ कार्यक्रमकालागि एसियाली विकास बैंकले उपलब्ध गराउने एक करोड १० लाख अमेरिकी डलर अनुदान सहायता प्रदान गर्ने विषयमा बैंकसँग नेपाल सरकारका तर्फबाट वार्ताटोली गठन गर्ने निर्णय गरेको छ । टोलीलाई वार्ताको अख्तियारी समेत दिईएको छ ।
त्यस्तै गत चैतमा बैतडी जिल्ला श्रीकृष्ण उच्चमावि पाटन केन्द्रमा परीक्षा दिने क्रममा सामूहिक बलात्कारको पीडा भोगेकी छात्रालाई उपचार गर्न एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको मन्त्री यादबले जानकारी दिनुभयो

 

काठमाडौं, २२ जेठ- राजनीतिक घटनाक्रमले आर्थिक क्षेत्रमा अन्योल बढेपछि पछिल्लो दुई महिनायता विज्ञापन बजार ओरालो लागेको छ । प्रतिमहिना ३५ देखि ५० करोड रुपैयाँसम्म कारोबार हुने विज्ञापन बजार वैशाख र जेठमा १५ देखि २० करोडमा झरेको नेपाल विज्ञापन संघ (आन)ले जनाएको छ । राजनीतिक अस्थिरताले विज्ञापन बजार खुम्चिएको व्यवसायी बताउँछन् ।
वैशाखदेखि सेलाएको विज्ञापन बजार जेठको दोस्रो सातामा झन्डै आधा घटेको छ । “अहिले छापा, विद्युतीय तथा अनलाइनमा समेत विज्ञापन आधाभन्दा तल छ,” आन अध्यक्ष राजकुमार भट्टराईले भने, “राजधानीका ठूला होर्डिङ बोर्डसमेत खाली हुँदै गएका छन्, अहिले समग्र विज्ञापन उद्योग सेलाएको छ ।”
जेठ १४ मा संविधान जारी भई नयाँ उद्योगधन्दा विस्तार हुने आशामा व्यवसायी थिए । नयाँ संविधान जारी भई लगानी वातावरण बन्ने तथा नयाँ उद्योगधन्दा विस्तार हुनेमा आशामा रहेका व्यवसायी ‘जेठ १४ पछि राजनीतिक संक्रमणकाल लम्बिएकाले विज्ञापन बजार खुम्चिएको’ बताउँछन् ।
सबैभन्दा धेरै विज्ञापन गर्ने गोल्छा अर्गनाइजेसनले विगत दुई महिनामा आफ्नो विज्ञापन ६० प्रतिशतमा झरेको बताएको छ । कार्यकारी निर्देशक शेखर गोल्छाले अन्य समयमा आफूहरूले महिनाको झन्डै ७०–८० लाख रुपैयाँभन्दा माथिको विज्ञापन गर्ने गरेको जानकारी दिँदै पछिल्ला दुई महिना २५ लाखमा सीमित भएको बताए ।
चालू आवको अन्त्यसम्म बिज्ञापन बजार साढे ४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिए पनि अहिलेको स्थितिमा असम्भव देखिएको आनको भनाइ छ । गत आवमा ४ अर्ब ३० करोडको कारोबार भएको थियो । हरेक वर्ष १० देखि १५ प्रतिशतको हाराहारीमा बढ्दै गएको विज्ञापन बजार चालू वर्षमा भने बढ्ने लक्षण नदेखिएको भट्टराईले बताए ।
अघिल्लो आबमा झन्डै बराबरी हिस्सा ओगटेका सेवा क्षेत्र र वस्तु बजार विज्ञापन अनुपात चालू आवका ११ महिनामा फेरिएको छ । अहिले सेवा क्षेत्रको विज्ञापन ६० प्रतिशतभन्दा धेरै छ । नयाँ वस्तु उत्पादन हुन नसक्दा सेवा क्षेत्रको विज्ञापन तुलनात्मक रूपमा धेरै देखिए पनि समग्र बजार भने सेलाएको आनले जनाएको छ । शिक्षाबाहेक सेवातर्फका अन्य क्षेत्र पनि सेलाएको गोल्छाले बताए ।
बजारमा नयाँ उत्पादन आउन नसक्नु, पुरानै वस्तुका विज्ञापनसमेत घटाउनु, उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न नसक्नुलगायत बजारमा आर्थिक गतिविधि कम भएकाले उत्पादन क्षेत्रको विज्ञापनमा कमी आएको हो ।
सेवातर्पmका बैंक, वित्तीय संस्था, बिमा, टेलिफोन कम्पनी, कलेज, स्कुल, म्यानपावरलगायतले विज्ञापन बढाएका छन् । छापा, विद्युतीय तथा ‘आउटडोर’मा समेत सेवा क्षेत्रको विज्ञापन बढी छ । सम्बद्ध विज्ञापन एजेन्सीका अनुसार छापामा सेवा क्षेत्रको चाप धेरै छ । कुल सेवा क्षेत्रको विज्ञापनमध्ये औसतमा ६५–७० प्रतिशत छापा माध्यममा प्रकाशन हुन्छ । चालू आर्थिक वर्षका पछिल्ला महिनामा लोडसेडिङ बढ्दै गएपछि छापामा सेवा क्षेत्रको विज्ञापन पनि वैशाखयता आधाभन्दा धेरै घटेको छ ।
नयाँ उद्योग स्थापना हुन नसकेको अवस्थामा स्थापित उद्योगले वस्तुको विज्ञापनमा कमी ल्याएको संलग्न एजेन्सीले बताएका छन् । नयाँ उद्योगले नयाँ वस्तु बजारमा ल्याउँदा प्रतिस्पर्धा हुने भएकाले स्थापित कम्पनीले विज्ञापन गर्ने गरेको व्यवसायी बताउँछन् । अहिले नयाँ वस्तु उत्पादन हुन नसकेकाले पुराना वस्तु विज्ञापन गर्न कम्पनीले चासो दिएका छैनन् ।
नेपालमा ठूलो उत्पादक कम्पनीमध्ये डाबर नेपालको विज्ञापनसमेत गत वर्षको तुलनामा आधा कम भएको सम्बद्ध विज्ञापन एजेन्सीले जनाएको छ । त्यस्तै, तयारी खाजाका रूपमा प्रयोग हुने चाउचाउ, बिस्कुट, कुकिज तथा पेय पदार्थका समेत उद्योग खुल्न नसकेकाले वस्तुतर्फको विज्ञापन घट्दै गएको छ ।
वर्षका मुख्य चाडपर्व दसैं र तिहारका अवसरमा गरिने ‘पोस्ट फेस्टिबल’मा हुने स्किम अवधि सकिएकाले पनि विज्ञापन बजार चिसिएको हो । विज्ञापन क्षेत्रमा मंसिर, पुस र माघलाई ‘अफ सिजन’ मानिने आनले जनाएको छ ।
पछिल्ला तीन सातामा विद्युतीय भन्दा छापा माध्यममा विज्ञापनको अवस्था नाजुक बनेको अध्यक्ष भट्टराईले बताए । “दसैं–तिहारमा दिइएका स्किम सकिए र जेठ १४ को अन्योलले प्रवद्र्धनात्मक क्याम्पेन हुन सकेनन्,” उनले भने, “र, उत्पादक, उद्योगी–व्यवसायी तथा उद्योगको सुरक्षा कमजोर भयो, यी सबै कारणले विज्ञापन बजारलाई सोझै असर पारेका हुन् ।”
 
गीतकार राजेन्द्र थापा सँगको सिन्धुपाल्चोक यात्रामा जितेन्द्र रसिकगीतकार राजेन्द्र थापा सँगको सिन्धुपाल्चोक यात्रामा जितेन्द्र रसिक