| कान्तिपुर पत्रिकाले माफी माग भन्यो | ||
|
||
|
९१ लाख रुपैयाँ र हीराको हार भेटेको दाबी गर्न अनुजा बानियाँ
अहिले पनि छाड्दिनन् । त्यो पैसाको मालिक पुरुषोत्तम पोखरेलले बेइमान
गरेकाले आपूm बेवकुफ बन्नुपरेको अनुजाको निष्कर्ष छ । दुनियाँले नै घटना
झुटो भनेकाले अनुजा मानसिक रूपमा विछ्प्ति जस्तो देखिन्छिन् । अनुजा हिजोआज
निराश र मलिन मुहार लिएर काठमाडौंको गल्लीमा भांैतारिरहेको भेटिन्छिन् ।
घटनाको वास्तविकता एक दिन सार्वजनिक हुने पर्खाइमा छिन् उनी । सहज जीवन
बाँच्न काठमाडौं
छिरेकी हुन् । योग्यताको अभावले तरकारी व्यापार थाल्ने योजना उनले स्तम्भकारलाई सुनाइन् । एउटा सानो गल्तीले प्राप्त खुसी र सम्मान क्षणभरमै शिशाभैं फुटेकोमा जिन्दगीभर पछुताउनु परेको गुनासो उनको थियो । के हो त्यो गल्ती ? के छन् अनुजाका भावी योजना भन्ने जिज्ञासामा उनका जवाफ : ० कति पैसा पो भेट्नुभयो अरे ? � ९१ लाख र हीराको हार । ० कहाँ भेट्नुभयो ? � मोटरमा भेटेकी हुँ । ० कति दिन राख्नुभयो ? � छाड्दिनुहोस् त्यस्ता कुरा, मैले बिर्सें र बिर्सन चाहन्छु । ० किन नि ? � मेरो एउटा सानो गल्तीले मलाई रुवाएको छ । मान्छेले मलाई पागलसम्म भने । त्यसकारण त्यो कुरा बिर्सन चाहन्छु । ० के गल्ती गर्नुभयो ? � त्यो पुरुषोत्तम भन्ने मान्छेको फोन नम्बर नराखेर गल्ती गरेछु । ० छ त्यो मान्छे ? � किन नहुनू, देखें भने चिन्छु । उसको छोरा अनिलसँग पनि मैले कुरा गरेकी हुँ । ० सामान फिर्ता पाउने मान्छे किन गायब हुनुपरेको होला ? � मैले नबुझेको कुरा पनि त्यही हो । त्यो मान्छे गायब भएर म बेवकुफ बन्नुप�यो । तर त्यो मान्छे एक दिन सार्वजनिक हुन्छ भन्ने विश्वास मलाई छ । ० ऊसँग कति समय कुरा गर्नुभयो ? � झण्डै सात दस मिनेट कुरा गरें होला । मुखमा कालोमोसो दलेर हिँड्यो भने मात्र हो, नत्र जहाँ देखे पनि म उसलाई चिन्छु । ० भेट्नुभयो भने के गर्नुहुन्छ ? � गर्न त के नै सक्छु र ? तर यथार्थ कुरा बाहिर आउँछ । दुनियाँको अगाडि मेरो बेवकुफीपनको पर्दाफास हुनेछ भन्ने विश्वास छ । ० ऊ सार्वजनिक हुन्छ भन्ने के आधार छ ? � विगत बिर्सन चाहन्छु, तर त्यो मान्छेले मेरो मन रुवाएको छ । त्यसलाई मेरो अन्तरहृदयले माफ दिँदैन । मेरो पीडा यो संसारलाई थाहा छैन । ० राष्ट्रपतिसँग कति कुरा गर्नुभयो ? � ३ मिनेट ३ सेकेन्ड । ० राष्ट्रपतिले नै सिधै फोन गर्नुभएको थियो ? � होइन, ललितबहादुर बस्नेतले पहिला फोन गर्नुभयो । उहाँले तपाईंसँग राष्ट्रपति बोल्न चाहनुहुन्छ भन्नुभयो । ० राष्ट्रपतिले के भन्नुभयो ? � इमानदारहरूको खडेरीमा तिमीलाई जन्म दिने बाबुआमा धन्य हुन् । तिमीलाई बधाई छ भन्नुभयो । ० कस्तो महसुस भयो ? � खुसी लाग्यो, राम्रो काम गर्दाको प्रतिफल यस्तै हुँदो रहेछ भन्ने महसुस भयो । सामाजिक संघ�संस्थाले सम्मान गरे । ० त्यो खुसी त धेरै टिकेन नि ? � केही समयपछि नै पीडादायी दिन सुरु भयो । बढाउको छोराले झिर लिएर काट्न आयो । कान्तिपुर पत्रिकाले माफी माग भन्यो । ० के गर्नुभयो ? � मैले केही गल्ती गरेकै थिइनँ, म किन डराउने ? दुनियाँले मलाई पागल भने, तर म अलिकति पनि विचलित भएकी छैन । कसैको नराम्रो चिताउँदिन इमानदार भएर गरी खाएकी छु । ० झिर लिएर चाहिँ किन कुट्न आएको नि ? � उसलाई नभनी समान फिर्ता दिइँदा परिवारको बेइज्जत भयो रे । ० सार्वजनिक गरेर फिर्ता दिएको भए हुन्थ्यो नि ? � त्यसो गरेको भए हुने रहेछ, त्यसबेला बुद्धि आएन । ० कसरी फिर्ता दिनुभयो त ? � त्यही पोकामा फोन नम्बर भएको कार्ड थियो । त्यही नम्बरमा फोन गरेर बोलाएर दिएँ । त्यो पैसा मेरो साथमा भइरह्यो भने ज्यान पनि जान सक्छ भन्ने डरले उसैलाई फोन गरेर फिर्ता दिएकी हुँ । ० कसरी ? � धन देखेपछि महादेवको पनि तीन नेत्र बल्छ भन्छन् । त्यो अर्काको पैसा लिन मैले किन ज्यान त्याग्ने ? बरु सुटुक्कै फिर्ता दियो, टन्टै साफ भन्ने सोच आयो । ० पछिल्लो समय के कुराले चित्त दुःख्यो ? � बढाउको छोराले तुच्छ वचन बोलेर झिरले कुट्न आयो । केही अखबारले म पागल भनेर समाचार छापे । मलाई पागल भन्नेहरूलाई म कदापि माफी दिन्न । तर म उनीहरूप्रति नकारात्मक धारणा पनि राख्दिनँ । ० अब के गर्नुहुन्छ ? � जीवन संघर्ष रहेछ, हातखुट्टा चलुन्जेल संघर्ष गर्छु । सुख�दुःख, आरोह�अवरोह रहेछ, त्यसलाई सहर्ष स्वीकार गर्छु । मेहनत गर्न छाड्दिनँ । ० तपाईंका कारण परिवार दुःखी भए होला, होइन ? � जे नहुनु भइसक्यो, दुःख मानेर केही हुँदैन भन्ने कुरा मेरा अभिभावकले बुभ्mनु भएको छ । ० इष्टमित्रले के भन्छन् नि ? � अगाडि भेटिएका सबैले राम्रै भनेका छन् । पछाडि कुरा काट्छन् होला, थाहा छैन । ० थातथलो कहाँ हो नि ? � भोजपुर, भुल्के । ० परिवारमा को को हुनुहुन्छ नि ? � हामी दुई बहिनी, तीन दाजुभाइ र बुबाआमा । ० बुबा के गर्नुहुन्छ नि ? � बुवा शिक्षक, आमा गृहिणी र दाजुहरू संघ�संस्थामा हुनुहुन्छ । एउटा भाइ पढ्दैछ । ० तपाईंले कति पढ्नुभयो ? � एसएलसी पास गरेकी छैन । अब कम्मर कसेर पढ्ने सुरसार गर्दैछु । ० यसअघि किन पढ्नुभएन ? � एसएलसी बिग्रेपछि पढ्न मन लागेन । लहलहैमा लागेर सुनसरीतिर झरियो । केही गर्न पढ्नुपर्छ भन्ने लागेको छ । त्यसैले पढ्ने वातावरण मिलाउँदैछु । ० घरमै बसेर पढेको भए हुँदैन थियो ? � साथीभाइ पनि गाउँबाट हिँडे, त्यही बेला भाउजूले बोलाउनुभयो र सुनसरी आइयो । ० सुनसरी आएर के गर्नुभयो ? � एउटा सानोतिनो काममा भुलिएकी थिएँ । त्यस्तो घटना भएपछि त्यहाँ बस्ने वातावरण पनि भएन, त्यसपछि काठमाडौं आएकी हुँ । काठमाडौं पनि बोलाएर आएकी हुँ । ० कसले बोलायो ? � दाजुभाउजूहरू पनि यहीँ हुनुहुन्छ । तर मलाई बोलाउने संस्थामै बसेकी छु, त्यहीँ काम गर्छु । बस्नलाई सहज नै छ । ० विवाह गर्ने सोचाइ बनाउनु भएको छैन ? � उमेर भएकै हो, समय आएपछि होला नि । तर धेरैले तेरो विवाह हुँदैन भनेका छन् । ० पे्रमको चक्कर चलेको छैन ? � पे्रम विवाह गर्नुहुँदैन, पहिले आनीबानी थाहा हुन्छ, पछि राम्रो हुँदैन । ० कहिले होला जस्तो छ विवाह ? � सबैतिरबाट कुरा आइरहेका छन्, हेरौं कहिले र कोसँग हुन्छ ? ० कस्तो दुलाहा कल्पना गर्नुभएको छ ? � नराम्रो होस् भनेर त कसले भन्ला र ? तर मेरो भागमा सोझो र रिसाहा केटो परोस् भनेर कामना गरेकी छु । ० किन नि रिसाहा केटो ? � बरु मलाई दिनरात कुटोस्, तर रिसाहा केटो नै चाहिएको छ । ० किन नि भन्न मिल्दैन ? � मेरो इच्छा हो, सोझो तर रिसाहा केटा मलाई मन पर्छ । ० अनुजा नाम कसले राखिदियो नि ? � बुबाआमाले नै राखिदिनुभएको हो, पछि राम्रो लागेर आपैंmले राखेको नाम होइन । | ||
Saturday, June 9, 2012
मनोज गजुरेलको खुस्किएछ ‘मगज’ !
कृष्ण अविरल
धेरैलाई थाहा हुनुपर्छ मनोज गजुरेल
चानचुने खुद्रा हाँस्य कलाकार होइनन् । हाँस्य लेखनदेखि प्रवर्द्धनमा समेत
लागेका यिनी सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेकै शब्दमा थोक-कलाकार
हुन् । ब्यङ्ग्य गरिएका पात्र -अर्थात् तपाईँले पात्रका अगाडि ‘कु’ पनि
थप्न सक्नुहुन्छ) हरुको दिमागमा रिसको पारो चढाइदिने झोक-कलाकार पनि हुन् ।
अनुहार बङ्ग्याएर र थेगो भट्याएर मान्छेलाई जबर्जस्ती हाँस्न बाध्य
पार्नेहरुको बाढी चलेको बेला हाँस्यसँगै बौद्धिक कुरा पस्किएर हृदयदेखि नै
हँसाउने यिनी जोक-कलाकार हुन् । हँसाउँदा हँसाउँदै लक्षित पात्रलाई
सिध्याइदिने यिनी शोक-कलाकार पनि हुन् ।
यिनको परिचयको अर्को पाटो पनि छ, अर्थात्
यिनको सिर्जनाको अर्को बाटो पनि छ । यिनी हाँस्यब्यङ्ग्य लेखनका समेत हस्ती
हुन् । ‘नवयुवा’ मासिक र ‘साप्ताहिक’ का लागि नियमित हाँस्य-झटारो हान्दै
आएका यिनका यसअघि ‘लुखास्त’ र ‘हनुम्यान’ नामका दुईटा कृति निस्केका छन् ।
अहिलेचाहिँ यिनले ‘मगज’ निकालेर उनका शुभचिन्तक-पंशंसकहरुका अगाडि साँच्चै
मजाले जिस्केका छन् ।
‘मगज’ भित्र निबन्ध पढ्दा मनोज गजुरेलको
मगज साँच्चै खुस्किएछ कि जस्तो लाग्छ । किनकि खुसी पारेर मन्त्री पद
पड्काउनु पर्ने बेलामा उनले हाम्रा देशका आदरणीय नेताहरुलाई आमचकारी
व्यङ्ग्य गरेका छन् । भन्न पाएँ भन्दैमा प्याच्च नभन्नू, बस्न पाएँ भन्दैमा
थ्याच्च नबस्नू भन्ने बुढापाकाको भनाइलाई उनले ठाडै उलंघन गरेका छन् । ढंग
पुर्याएर गरिएको व्यङ्ग्यले उनलाई कतार, साउदी, अमेरिका पुर्याए पनि
सिंहदरबार भित्रका घुम्ने कुर्सीमा नपुर्याउने पक्का छ ।
‘फसादग्रहण’ शीर्षकको पहिलो निबन्धमा उनले
मन्त्री पदको सपथग्रहणमा केही समययता देखिँदै आएको विकृतिलाई देखाउन
खोजेका छन् । भारतभक्तिको गाथा गाउनेहरुको कलंकित इतिहास लेखाउन खोजेका छन्
। शब्द प्रयोगको कला पनि बेजोड छ । यो हास्यब्यङ्ग्य पढिरहँदा लाग्यो,
दक्षिणी बोर्डरका सिपाहीले कुनै दिन मनोजलाई ब्ल्याकलिटमा राखेर बहराइच जान
पनि दिएनन् भने नौलो नमाने हुन्छ ।
‘टुपीवान स्वायत्त प्रदेश’मा उनले जातीय
स्वायत्त प्रदेश माग्ने नाममा देखिन थालेको विकृतिको खुला र जोडदार समर्थन
गरेका छन् । देशमा जाती जनजातिपिच्छे छुट्टाछुट्टै स्वायत्त प्रदेश बनाएर
नपुग्ने उनको माग छ । एकतामा अनेकता ल्याएपछि मात्रै संघीयता मौलाउने दावी
गर्दै उनले भनेका छन्, ‘झापा र मोरङ न लिम्बुवानमा मात्रै सीमित हुनसक्छ, न
त कोचिलामै कोचिएर बस्न सक्छ । सिंगो झापा जिल्लालाई आलुझैँ चाना बनाएर
दक्षिणतिर ‘राजवंशी विराज राज्य’ बनाउनु पर्छ भने उत्तरतिर ‘धिमाल खराँट
गणराज्य’ बनाउनु उपयुक्त देखिन्छ । कोशी किनारलाई कोचिला र मेची आसपासका
ठाउँलाई उखेलेर मेचिला प्रान्तको प्रस्ताव गर्न चाहन्छु ।’ मनोजले यो
निबन्धमा सातसयको हाराहारीमा जातीय राज्य र नौं सयजति प्रान्त बनाउनु पर्ने
आफ्नो अनुसन्धानले देखाएको दावी गरेका छन् ।
‘आन्तरिक पर्यटन’मा हामी नेपालीहरुको
दलबदल गर्ने प्रवृत्तिको अप्रेसन गरिएको छ भने ‘जीवनको फेसबुकीकरण’ हाम्रो
यान्त्रिकता र परनिर्भरताको खिल्ली उडाएर गर्नै नहुने काम गरिएको छ । मन
भुलाउने ठाउँ अन्त नपाइरहेका बेला मान्छेले बल्ल फेसबुक भेटेका छन्, आफ्नो
भँडास पोखेका छन् त्यसको पनि किन आरिस गर्नुपर्या होला मनोज गजुरेलले ?
अचम्म लागेर आउँछ ।
सुजाता म्यामसँग पहिला मनोजको लभ परेर
ट्रयाजेडी भा’को हो कि भन्ने आशंका यो ‘मगज’ले उमारेको छ । किनकि सुजाता
म्यामको प्रसंग निबन्धहरुमा पटकपटक आउँछ । ‘अराष्ट्रिय विभूति’ मा त उनले
सुजाता म्यामलाई नयाँ विभूति घोषणा गर्नुपर्ने समय सान्दर्भिक प्रस्ताव नै
राखेका छन् । ‘जनकपुरका हजार-पन्ध्र सय किलोमिटर दक्षिण अयोध्यामा सादी
रचिएकी सीताजस्तै दशौं हजार किलोमिटर टाढाको जर्मनीमा म्यारिज गरेकी
सुजाताचाहिँ किन राष्ट्रिय विभूति बन्न सक्दिनन् ?’ उनले सीता र
सुजाताबीचका थुप्रै समानताहरु देखाएका छन् । साथै उनले देश छाडेर सिंगापुर
गएका गएका पारसलाई चीन गएका कलाकार अरनिकोसँग तथा राजपाठ त्यागेर भिक्षु
बनेका बुद्धसँग पूर्वराजा ज्ञानेन्द्रसँग तुलना गर्दै उनीहरु पनि विभूति
घोषित हुनुपर्ने सोह्रै आना जायज तर्क अघि सारेका छन् ।
‘माइक्रोबसमा माल्दाई’ उनको अर्को सटिक
ब्यङ्ग्य हो । यसमा उनले त्रिशुलीबाट र्फकँदै गरेको माइक्रोमा पूर्वराजा
ज्ञानेन्द्र भेटिएको रोचक र घोचक प्रसंग लेखेर राजा फर्काउँवादीहरुको चित्त
दुखाएका छन् । ‘नयाँनयाँ नेपाल’हरु मा नेताहरुको वेकुफीको बयान गरिएको छ ।
‘हामी नेपाल नयाँ होइन, नयाँनयाँ नेपालहरु बनाउने अभियानमा छौं ।’ उनले
भनेका छन्, ‘गाईलाई राष्ट्रिय जनावर भन्दा क्रिष्चयनहरुको आपत्ति, गधालाई
नियुक्त गरे भ्रष्ट नेताहरुको नियमापत्ति ! मधेसले भोलि डाँफेलाई राष्ट्रिय
चरो अस्वीकार रेर बकुल्लालाई बनाउने अड्डी कस्लान्, राष्ट्रिय रङ सिमि्रक
सुधारिएको माओवादीको संकेत हो भनेर तिरंगा बनाउनु पर्ने माग नआउला पनि भन्न
सकिन्न…।’
‘मगज’मा देशका भाग्यनिर्माता नेताहरुको
धज्जी उडाइएका निबन्ध अलि बढी छन् भने सामाजिक ब्यङ्ग्य गरिएकाहरु कम ।
यसले मनोजमा पाठक-दर्शकले के मन पराउँछन् भन्ने चेत कम्ती नभएको पुष्टि
गरेको छ । ‘ओली पुराण’, ‘नयाँ मन्त्रिपरिषद’, ‘अलैची समूहको अपील’ यसका
केही उदाहारण हुन् । यी निबन्धमा नेताहरुको चरित्रको हुर्मत लिँदै नेताहरु
कुन हदसम्मका थेत्तरा हुन्छन् भन्ने कुरा बान्की पुर्याएर पुष्टि गरेका
छन् । ती पढेर नेताहरुले आफ्नो बानी सुर्धालान् भनेर आशा चाहिँ नगरे हुन्छ ।
‘मगज’का निबन्धले मनोजमा भाषिककला कम
नरहेको पुष्टि गर्न खोजेका छन् । सामान्य विषय उठाएर सुन्दर शिल्प दिनसक्ने
यिनले कसैलाई छेडहान्न बाँकी नराखी ठटाउनसम्म ठटाएका छन् । जानजान मलामी
घटाएका छन् । तुकबन्दी मिलाएर रचिएका निबन्धका कतिपय पंक्तिले पाठकलाई
नहाँसी बस्नै दिँदैनन् । जस्तो-
-’अमेरिकी राष्ट्रपतिका बाआमा नेपालको बारा जिल्लामा रहेकोले उनको नाम बाराक ओबामा भएको हो ।’
-’ससुरालीमा, ख्यालख्यालमै दिल बस्यो चम्चा थालीमा ।’
-’नेपाल दुई ब्हेलबीचको रेल हो । असल ड्राइभर भेटे दौडिन्छ, नभेटे सत्यानाश !’
सान्दर्भिक तस्विरहरुसहित रोचक र घोचक २९
थान निबन्धहरु भएको यो पुस्तकको मूल्य पनि सस्तो भन्न मिल्दैन । १२०
पृष्ठको कितावको १९० रुपैयाँ तोकेर साझाले मनपरी गर्न थालेको राम्रै संकेत
दिएको छ । यस्तै रफ्तार कायम राख्दै गयो भने अरु कुरामा पछाडिबाट एक नम्बर
भए पनि मूल्य राख्ने कुरामा भने निजी क्षेत्रका प्रकाशकहरुलाई अगाडिबाटै
उछिनेर एक नम्बरमा आउला जस्तो लक्षण देखिन्छ ।
यद्यपि उनको ‘मगज’ बजारमा पाइने सम्भावना
भने एकदमै कम छ । छापिसकेपछि पाठकको नजरमा पुर्याउन सकिन्न भन्ने बोध
भएकाहरुको बाहुल्य भएको संस्थालाई किताब प्रकाशनको जिम्मा लगाएर मनोजले
बेकारमा दुःख किन बेसाएका हुन्, मैले चै बुझ्न सक्या छैन । तर एउटा कुरा
खुसुक्क भनिराखूँ- ‘मगज’सँगै मनोजको ‘मनोजरन्जन’ नामको डिभिडी पनि बजारमा
आएको छ । यसमा उनले बलिउड कलाकार अमिताभ बच्चनका पूर्खा मुस्ताङ्गी भएको
पुष्टि गरेका छन् । थाहा पाउन मन नलागे १९९ मूल्यको ‘मनोजरञ्जन’ नहेरे पनि
हुन्छ ।
पोखरामा भूकम्प गयो, प्रहरी कार्यालय र घर भत्किए
भूकम्प ५ दशमलव १ रेक्टर स्केलको
दिउँसो १ बजेर ३९ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । प्रहरीका अनुसार राधाकृष्ण सुवेदी र उनका छोरा शिवराजको कच्ची घरको पछाडिको भित्ता र इलाका प्रहरी कार्यालयको भवन पनि केही चर्किएको छ ।
पोखरा विमानस्थलबाट २३ किलोमिटर उत्तर थुमकोडाँडा र नामार्जुङ गाविस सीमा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । भूकम्पको झड्का पोखरा र आसपासका गाउँबासीले महसुस गरेका थिए ।
मनसुन पछि सर्दैछ
काठमाडौ, जेष्ठ २७ - सामान्यतया हामीकहाँ आउँदो आइतबारदेखि मनसुनी वर्षा सुरु हुनुपर्ने हो । तर, मौसमविद्ले अझै एक सातायता मनसुन सुरु भइहाल्ने अवस्था देखेका छैनन् । बरु देशभरि नै गर्मी बढिरहेको छ ।जल तथा मौसम विज्ञान विभागले नेपालमा सामान्यतया १० जुनमा मनसुन सुरु हुने मिति निर्धारण गरेको धेरै वर्ष भयो । पछिल्ला केही वर्षदेखि निर्धारण गरिएको मितिमा मनसुन सुरु हुन छाडेको छ । एक सातादेखि १० दिन ढिलो मनसुन प्रवेश भइरहेको छ । गत वर्ष पनि ५ दिन ढिलो
-१५ जून) मनसुन प्रवेश भयो । मनसुन प्रवेश हुनेबित्तिकै वर्षा भइहाल्ने पनि होइन । केही दिन मनसुन सक्रिय हुन समय लाग्ने भएकाले वर्षामा ढिलाइ हुने गरेको छ । मनसुन प्रवेशको ढिलाइले बेलैमा वर्षा नहुँदा कृषकले बेलैमा धान रोप्न पाएका छैनन् । यो वर्ष पनि त्यो समस्या दोहोरिने बढ्ता सम्भावना छ ।
विभागको तथ्यांक केलाउने हो भने पनि केही वर्षयता मनसुनी वर्षा ढिलो सुरु हुन थालेको स्पष्ट हुन्छ । प्रवेश भएको मनसुन देशभरि फैलन समय लाग्ने भएकाले पनि यथेष्ट वर्षा नहुने गरेको छ । विभागका निमित्त महानिर्देशक तथा वरिष्ठ मौसमविद् मणिरत्न शाक्य अध्ययनहरूले पनि दक्षिण एसियाली मुलुकमा नै मनसुनी वर्षा ढिलो हुँदै गएको निष्कर्ष निकालेको बताउँछन् ।
'हामीकहाँ मात्र होइन, दक्षिण एसियामा नै मनसुन पछि धकेलिएको छ,' शाक्यले शुक्रबार कान्तिपुरसित भने, 'दक्षिण एसियामा नै यो विषयमा बहस सुरु भएको छ ।' केही दिनअघि बंगलादेशको ढाकामा दक्षिण एसियाका मौसमविद्हरूको बैठकमा समेत मनसुन र मनुसनको अवस्थाबारे गम्भीर बहस भएको उनले बताए । 'मनसुनको अवस्थाबारे दक्षिण एसियाली विशेषज्ञहरूबीच गम्भीर छलफल भयो,' बैठकमा भाग लिएर फर्किएका शाक्यले भने ।
केही समयअघि अमेरिकाको पुर्दे युनिभर्सिटीका वैज्ञानिकहरूले गरेको अनुसन्धानले समेत दक्षिण एसियाली मुलुकको मनसुन पछि धकेलिएको निष्कर्ष निकालेको थियो । उनीहरूले त्यसो हुनुको मुख्य कारण जलवायु परिवर्तन भनेका छन् । उनीहरूले दक्षिण एसियाली मुलुकहरूमा मनसुनी वर्षा हुने दिनमा पनि घटबढ भएको निष्कर्ष निकालेका थिए । नेपालमा भने यसबारे विस्तृत अध्ययन भएको छैन ।
दक्षिण एसियामा नै सबैभन्दा पहिले मनसुन सुरु-हुने भारतको केरलामा पनि यो वर्ष ढिलो मनसुन सुरु भएको छ । केरला क्षेत्रमा सामान्यतया ३१ मेबाट सुरु हुने मनसुन ६ दिन ढिलो गरी ५ जुनमा सुरु भएको हो । चार दिनअघि नै केरलामा सुरु भएको मनसुन पनि सक्रिय हुन सकेको
छैन । केरलामा मनसुनी संकेत देखिएपछि हाम्रा मौसमविद्ले पनि 'विशेष बुलेटिन' प्रकाशित गर्दै यो वर्ष पनि मनुसन ढिलो हुने सूचना जारी गरेका छन् ।
बंगालको खाडी हुँदै मनसुन केरला आएको हो । केरला हुँदै मनसुन भारतका उत्तरपूर्वी राज्यहरू असम, मेघालय र सिक्किमसम्म आएको छ । 'केरलामा मनसुन ढिला प्रवेश भएकाले हामीकहाँ स्वतः ढिलो आइपुग्छ,' जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले भने, 'मनसुनी वायु विस्तारै उत्तर-पश्चिमर क्षेत्रतिर सरिरहेको छ ।'
भारतका उत्तरपूर्वी राज्यहरू असम, मेघालय र सिक्किम हुँदै मनसुनी वायु नेपालको पूर्वी भाग प्रवेश गर्ने हो । पूर्वी भागबाट प्रवेश भएको मनसुन नेपाल हुँदै पाकिस्तानसम्म फैलन्छ । श्रेष्ठका अनुसार नेपालमा सबैभन्दा ढिलो सन् १९८६ मा औसत समयभन्दा १७ दिन ढिलो (२७ जून) मा मनसुन सुरु भएको थियो भने सबैभन्दा छिटो सन् १९९६ मा औसत समयभन्दा १० दिनअघि (३१ मे) मा सुरु भएको थियो ।
गर्मी ह्वात्तै बढ्यो
अहिले पनि देशभरि गर्मी बढिरहेको छ । काठमाडौंमा अहिले ३२ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रेकर्ड भइरहेको छ भने राजधानी बाहिर ३९ देखि ४० डिग्रीसम्म तापक्रम रेकर्ड भएको छ । यो वर्ष राजधानीमा १२ जेठ (मे २५) मा सात वर्षपछि तापक्रम ३४ डिग्री पुग्यो । राजधानीमा अहिलेसम्म सबैभन्दा बढी सन् २००५ को मे महिनामा ३४.५ डिग्री तापक्रम रेकर्ड भएको छ ।
राजधानी बाहिर नेपालगन्जमा यो वर्षको मे महिनामा सबैभन्दा बढी ४४.७ डिग्री तापक्रम रेकर्ड भयो । अहिलेसम्म नेपालगन्जमा सबैभन्दा बढी ४५ डिग्रीसम्म मात्रै तापक्रम रेकर्ड भएको मौसमविद् श्रेष्ठ बताउँछन् । अहिले पनि नेपालगन्ज, धनगढी, दिपायल, वीरेन्द्रनगरलगायतको तापक्रम अहिले पनि ३९ देखि ४० डिग्रीको हाराहारी छ ।
मनसुनी वर्षा कति हुन्छ ?
मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार नेपालमा सामान्यतया एक सय १० दिन मनसुनी वर्षा हुन्छ । १० जूनदेखि २३ सेप्टेम्बरसम्म मनसुनी वर्षा हुने औसत समय हो । सबैभन्दा बढी मनसुनी वर्षा जुलाईमा हुन्छ । मनसुन कहिले ढिलो प्रवेश भई छिटो त कहिले छिटो प्रवेश भई ढिलो गरी सकिने गरेको छ । मनसुन सिजनमा देशभरि औसत एक हजार ४ सय मिलिमिटर पानी पर्छ । मनसुन अवधिमा सबैभन्दा बढी वर्षा पूर्वी नेपालमा हुने गरेको छ । पूर्वी क्षेत्रबाट नै मनसुन भित्रिने र पूर्वबाट नै मनसुन बिदा हुने भएकाले मनसुनी प्रक्रिया पूर्वी क्षेत्रमा बढी हुन्छ ।
Subscribe to:
Comments (Atom)