रेग्मी जिम्मेवारी पाएकोमा खुशी(फोटो फिचरसहित)
१ चैत, काठमाडौं । प्रधानन्यायाधीश खिलराज
रेग्मीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अन्तरिम चुनाबी
मन्त्रिपरिषद् अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण गर्दै उहाँले राजनीतिक
दलहरुकै सहयोगमा निर्वाचन सम्पन्न गर्ने बताउनुभएको छ । साथै उहाँले आफूलाई
चुनाबी सरकारको जिम्मेवारी दिइएकोमा दलका नेताहरुप्रति आभारसमेत व्यक्त
गर्नुभएको छ ।
यस अघि आजै खिलराज रेग्मीले राष्ट्रपति
भवन शीलत निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण लिनुभएको छ । राष्ट्रपति
भवनमा रेग्मीले राष्ट्रपतिबाट सपथ लिनुभएको थियो भने र दुई मन्त्री माधव
घिमिरे र हरिप्रसाद न्यौपानेलाई रेग्मीले पद तथा गोपनीयताको सपथ ग्रहण
गराउनुभएको थियो ।
साभार ः अनलाइन खवर
No comments:
Post a Comment