Saturday, June 2, 2012
सेक्स जीवनसाथीसँग मात्र हुनुपर्छ - नन्दिता केसी,नायिका
अक्टुवर १५ हो।
जन्मदिन कसरी मनाउनु हुन्छ?
केक कहिले काट्दिन सामान्य तरिकाले।
तपाइको प्लस प्वाइट के हो?
सधै सकारात्मक सोचाई र मेहन्त गर्छु।
पत्याउनै नसक्ने तपाईंको बारेमा समाचार आएको थियो?
गएको तीजमा बिहे भएको खबर आएको थियो।
प्रेम गर्नु भएको छ?
अहिलेसम्म गरेकी छैन, गर्दिन पनि एकै पटक समय भएपछि बिहे गर्छु।
प्रेम प्रस्ताव कतिको आउँछ?
धेरै आउँछ तर म हाँसेर टार्छु समय भएको छैन भनेर।
जान्नै पर्ने तर नन्दिता केसीले नजानेको काम?
पौडिन जान्नु पर्छ जस्तो लाग्छ, तर आउँदैन यसपालि सिक्छु।
खाना पकाउने र भाडा माझ्ने मध्ये एउटा काम रोज्नु पर्दा?
हिहि... खाना पकाउने।
तपाईंको नजरमा सुन्दर पुरुष भनेको कस्तो?
सकरात्क सोचाई भएका सबै।
तपाईंको नजरमा सेक्सी तीन पुरुष?
गगन थापा, आयर्न सिक्देल र प्रशान्त ताम्राकार।
कुन सेलिब्रेटीलाई देख्दा सेक्स डिजार बढेको महसुस हुन्छ?
सायद मेरो जीवन साँथीलाई भेटेपछि हुन्छ होला।
सुन्दर पुरुषले सेक्सको प्रस्ताव राखेमा?
हाँसी हाँसी नो भन्दिन्छु, सेक्स भन्या जीवन साँथीसँग मात्र हुनुपर्छ।
साभार
छताछुल्ल निशा र करिश्माको जवानी
चलचित्रको वजेट १ करोड भन्दा माथी लाग्ने निर्माताको भनाई रहेको छ । साउनको तेश्रो सातालाई रिलीज डेट तोकेर तयार भएको यो सिनेमामा नव नायक गजित विष्टको पनि अभिनय रहेको छ । चलचित्रको छायांकनको समयमा निर्माता मानन्धर र निर्देशक डि.सि विचको असमझदारीले पनि संचारमाध्यममा राम्रै चर्चा थियो ।
तर, पनि चलचित्र स्तरीय वनेको भनाई दुवैको रहेको छ । हेरौ, चलचित्र मायाज वारमा निशा अधिकारी र करिश्मा मानन्धरको जवानी कसरी पोखिएको छः
| २२ बर्षमा ६८७ मन्त्री, उपलब्धी शुन्य | ||
|
||
|
प्रजातन्त्र पुनःस्थापनायताका २२ बर्षमा अधिकांश समय नेपाली
राजनीति सत्ताको वरिपरि नै घुमिरहेको छ । यस अवधिमा बनेका २० वटा सरकार
केवल मन्त्री उत्पादन गर्ने कारखाना जस्ता बने । एकचोटी पनि मन्त्री नभएका
नेता टर्च बालेर खोज्नुपर्ने बेला भएको छ ।२०४७ देखि २०६९ सालसम्म चार सय
२३ क्याविनेट स्तरका मन्त्री भएका छन् । यसैगरी एक सय ९३ राज्यमन्त्री र ७१
सहायकमन्त्री भए । ठूला पार्टीका शीर्ष तहमा रहेका अधिकांश नेता कम्तीमा
एकपटक मन्त्री बनिसकेका छन् भने थुप्रै नेता पटकपटक दोहोरिएका छन् । एकैजना
नेता आठपटकसम्म मन्त्री भएको रेकर्ड भेटिएको छ ।०४७ यता मन्त्री हुनेमा
सबैभन्दा धेरै नेपाली कांग्रेसका छन् । कांग्रेसबाट मात्र दुई सयभन्दा बढी
नेता मन्त्री भएको देखिन्छ । त्यस्तै एमालेबाट ८६, राप्रपाबाट ४८,
सद्भावनाबाट १७ र माओवादीबाट ५० भन्दा बढी मन्त्री तथा राज्यमन्त्री बनेका
छन् ।प्रजातन्त्र पुन:स्थापना भएयता १० प्रधानमन्त्री र १५ उपप्रधानमन्त्री
भए । कांग्रेसले मात्र दसवटा सरकारको नेतृत्व गर्यो । कांग्रेसका
संस्थापक नेता कृष्णप्रसाद भट्टराई दुईपटक, गिरिजाप्रसाद कोइराला पाँचपटक र
शेरबहादुर देउवा तीनपटक प्रधानमन्त्री बनेका छन् । त्यस्तै एमालेबाट
मनमोहन अधिकारी, माधवकुमार नेपाल र झलनाथ खनाल एक एक पटक प्रधानमन्त्रीको
कुर्सीमा बसे । पञ्चायतकालमा पटकपटक प्रधानमन्त्री बनेका राप्रपाका
सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रजातन्त्र पुन:स्थापनायता पनि
दुई दुईपटक सो पदमा रहे ।माओवादीका पुष्पकमल दाहाल संविधानसभाको चुनावपछि
प्रधानमन्त्री बने भने डा. बाबुराम भट्टराई हाल कामचलाउ प्रधानमन्त्रीको
कुर्सीमा छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि एकपटक मन्त्रिपरिषद्को
अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए ।०४७ सालयताका कुनै पनि सरकारले
पूरै अवधि काम गर्न सकेनन् । निरन्तर राजनीतिक अस्थिरताका कारण कुनै पनि
सरकारले राम्रो काम गर्न नसकेको राजनीतिक विश्लेषक झलक सुवेदी बताउँछन् ।
�हनीमुन पनि राम्रोसँग मनाउन नपाउँदै सरकारको दिनगन्ती सुरु हुन्छ,�
सुवेदीले भने, �त्यसैले सरकारको कामको राम्रो मूल्यांकन गर्ने अवस्थासमेत
रहेन ।� उनले २२ वर्षे अवधिमा बनेका सरकारले राम्रो काम गर्यो भनेर उदाहरण
दिने ठाउँ पनि नभएको बताए ।
|
||
|
| ||
| ||
| पार्टी जोगाउन अस्पतालको शैयाबाटै पुनको आग्रह | |
जेठ २० काठमाडौं |
|
|
दुवै मिर्गौमा समस्या आएपछि नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार
गराइरहनुभएको एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य एवम् जनमुक्ति
सेनाका पूर्व कमाण्डर नन्दकिशोर पुनले आफूलाई भेट्न पुगेका नेता
कार्यकर्तासँग पार्टी फुट्न नदिन अनुरोध गर्नुभएको छ ।
लामो सङ्घर्षबाट स्थापित पार्टीलाई सानातिना विवादको भरमा फुट्न दिनु हुँदैन, सकेसम्म मिलाएर लैजानुपर्दछ भनेको अस्पतालमा बसेका उहाँका छोरा दिपेश पुनले बताउनुभयो । नेता पुनलाई भेट्न जानु भएका एमाओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यलाई उहाँले तपाईले नै पार्टीलाई यो उचाईमा ल्याउन महत्वपूर्ण योगदान दिनुभएको छ, साङ्गठित राजनीतिक रुपमा यो उचाई दिनुभएको छ, नेता पनि तपाईले बनाउनुभयो भन्दै पार्टीलाई एकताबद्ध बनाउनका लागि अनुरोध गर्नुभयो–वैद्यसँग भएको कुराकानी उदृत गर्दै उहाँका छोरा पुनले राससलाई जानकारी दिनुभयो । यस्तै अनुरोध उहाँले महासचिव रामबहादुर थापासँग पनि गर्नुभएको थियो । उहाँले आफनो स्वास्थ्यमा सुधार आउने र आफू पुनः पार्टी काममा नै फर्कने विश्वास व्यक्त गर्दै पार्टीको जीवनलाई स्वस्थ बनाउनका लागि अनुरोध गर्नुभएको थियो । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवं प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पनि पार्टी एकताका लागि पहल गर्न अनुरोध गर्नुभएको छ । स्वास्थ्यमा सुधार देखिएको र उहाँले स्वदेशमै उपचार गराउने इच्छा गरेपछि दिल्ली लगिने कार्यक्रम आजका लागि स्थगित गरिएको छ । थप उपचारका लागि पार्टीले उहाँलाई भारतको राजधानी नयाँ दिल्ली लगिने तयारी गरिएको थियो । दुवै मिर्गौलामा समस्या आएपछि तीन दिन अगाडि उहाँलाई उपचारका लागि नेपाल मेडिकल कलेज जोरपाटीमा भर्ना गरिएको थियो । | |
एनआरएन युरोपसम्मेलन सुरु
गैरआवासीय
नेपाली संघ (एनआरएन) युरोपियन पाँचौं सम्मेलनको उद्घाटन सत्र । हिजो
शुक्रबारदेखि नेदरल्यण्डको आमस्टाडामामा सम्मेलन सुरु भएको हो । युरोप
संयोजक कुमार पन्तको सभापतिमा उद्घाटन सत्र सुरु भएको थियो । कार्यक्रमको
उद्घाटन अध्यक्ष जीवा लामिछाने, प्रमुख संरक्षक उपेन्द्र महतोले गरेका थिए ।
संरक्षक रामप्रताप थापा, उपाध्यक्ष क्या. हितमान गुरुङलगायतले बोलेका थिए । |
पुस्तक समिक्षा
'तारापुञ्ज' फाँचल
| राजन न्यौपाने
साहित्यलाई असाध्यै माया गर्ने यी दुई अनुजले साहित्यिक पत्रिका सिन्धु दर्पणलाई पनि निरन्तरता दिँदै आएका छन् । जुन ठाँउमा उभिएर नवोदित सष्टाले आफ्ना सिर्जनालाई सार्वजानिक गरी आफना पहिचान उभ्याउन सकेका छन, त्यस्ता प्रशंसनीय कार्यका जसदारहरुका लाममा रसिक र उदासलाई समग्र सिन्धु साहित्यले कदर गर्नेछ।
यिनै सिन्धु साहित्यका उदाउँदा नक्षत्रहरुको नयाँ कृति ‘तारापुञ्ज’ बजारमा आएको छ। फाँचलका विषयमा स्पष्ट विचारसहितको यस किसिमको कृतिले सिन्धु साहित्यको भण्डार झन् भरिदै गएको छ। साहित्यिक क्षेत्रमा यस कृतिले सफलता पाओस अनि सिन्धुका कलमकर्मीहरुमा अझै गौरब महसुस हुन सको हाम्रो शुभकामना।।।
| एमालेमा ३६ नेताको राजीनामा | ||
|
||
|
नेकपा एमालेले सत्ता कब्जाको नियोजित उद्देश्य पुरा गर्न एकीकृत
नेकपा माओवादीले संविधानसभा विघटन गरेको गम्भिर आरोप लगाएको छ । पत्रकार
सम्मेलन मार्फत पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्दै एमालले माओवादीले
सत्ता कब्जाको उद्देश्य पुरा गर्ने नियोजित उद्देश्यले संविधानसभा विघटन
गराएको आरोप लगाएको हो।६ महिनामा टुङग्याउनुपर्ने शान्ति प्रक्रिया चार
बर्षसम्म लम्बिएको, पटक पटकका सहमतिहरु तोडिएको, संविधानका विवादित
विषयहरुमा जेठ २ गते भएको सहमतिलाई भोली पल्टै लत्याएर जातीय संगठनहरुलाई
सडक कब्जा गर्न उत्तेजित बनाएको जस्ता तथ्यले माओवादी सत्ता कब्जामा
नियोजित रुपले लागेको पुष्टि हुने भन्दै माओवादी विरुद्ध गम्भीर
सैद्धान्तिक प्रश्नहरु उठाएको छ ।मुलुकको बहुजातीय-बहभाषिक संरचना र
राष्ट्रिय एकताको खाँचोलाई ध्यानमा राखेर बहुपहिचानका आधारमा संघीय ढाँचा
तय गर्ने विभिन्न विकल्प अगाडी सारिए पनि माओवादीले पहाडमा बहुपहिचानलाई
स्वीकारेर तराईमा एकात्मक प्रस्ताव अघि सारेर द्वैध चरित्र देखाउँदै सत्ता
कब्जाको नियोजित उद्देश्य पूर्तिकै लागि संविधानसभा विघटन गराएको एमालेको
ठहर छ ।यसैबीच एमालेका ३६ नेताहरुको राजीनामा तयार भएको छ । पार्टी
नेतृत्वले गल्ति नसच्याए उपाध्यक्ष अशोक राईको नेतृत्वमा पोलिटव्युरो
सदस्यहरु रामचन्द्र झा, पृथ्वी सुव्वा गुरुङ लगायतका ३६ जनाले राजीनामा
दिने तयारी गरेको केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ ले बताए ।
| ||
| शिक्षित महिला यौन संक्रमणबाट बढी पीडित | ||
|
||
|
शिक्षित तथा शहरी क्षेत्रका धेरैजसो महिला यौन अंगमा हुने
संक्रमणबाट पीडित देखिएका छन् । सरसफाइको कमी, असुरक्षित गर्भपतन तथा एक
जना भन्दा बढी व्यक्तिसंगको शारीरिक सम्पर्कका कारण धेरैजसो महिलामा यस्तो
समस्या देखिएको स्त्री रोग विशेषज्ञ चिकित्सकहरुले बताएका छन् ।अल्का
अस्पताल जावलाखेलकी स्त्री रोग विशेष डा. बन्दना शर्मा गुरुङका अनुसार
उपचारका लागि दैनिक अस्पताल पुग्ने बिरामी मध्ये ६० प्रतिशतमा संक्रमणको
समस्या भेटिने गरेको छ ।महिलामा बारम्बार संक्रमणको समस्या देखिएमा
महिनाबारी गडबडी हुने, धेरै पेट दुख्ने, पिसाब पोल्ने, पाठेघर खस्ने तथा
पाठेघरको मुखमा संक्रमण भई क्यान्सर हुने सम्भावना बढी देखिने, बाँझोपन
हुने लगायतका समस्या देखा पर्न सक्ने डा. शर्माले बताउनुभयो ।यौन अंगमा
हुने संक्रमणको समस्या समाधानको लागि विवाहित महिला तथा पुरुषले बेला
बेलामा विशेषज्ञ डाक्टरहरुबाट परामर्श लिनुपर्ने, सरसरफाइमा ध्यान
दिनुपर्ने र महिला वा पुरुष दुबै जनाले एक जना भन्दा बढी व्यक्तिसँग यौन
सम्पर्क नराख्न विशेषज्ञ डाक्टरहरुको सुझाव छ ।
|
||
| अध्यक्ष पद छाड्न प्रचण्ड तयार | ||
|
||
|
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी
एकताका लागि अध्यक्ष पद छोड्न तयार रहेको बताउनुभएको छ । संस्थापन पक्षको
केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र क्रान्तिका
लागि बाधक नबन्ने भन्दै वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणसित अध्यक्ष पद
छोड्न तयार रहेको बताउनुभएको हो ।�मैले छोडेर एकता हुन्छ भने मैले छोड्छु
भनेर किरणजीसँग प्रस्ताव गरेको छु�, केन्द्रीय समिति बैठकमा वैद्य सित
गरेको प्रस्ताव सुनाउँदै प्रचण्डले भन्नुभयो, �पार्टी एकताका लागि म बाधक
बन्दिनँ । छलफल गरेर निर्णय गर्न सकिन्छ ।�आफूलाई अध्यक्ष पद आजीवन नचाहिने
भन्दै पार्टी एकता र क्रान्तिको लागि सल्लाहकार वा केन्द्रीय सदस्यमात्रै
भएर मात्रै बस्न तयार रहेको प्रचण्डले बताउनुभएको छ । तर आफ्नो प्रस्ताव
प्रति वैद्य पक्षले रुचि नदेखाएको प्रचण्डको गुनासो छ ।�मैले प्रस्ताव
गरेपछि किरणजीले साथीहरुसँग राख्छु तर साथीहरुले मान्ने सम्भावना देख्दिनँ
भन्नुभयो ।� बैठकमा वैद्यको भनाई उधृत गर्दै प्रचण्डले भन्नुभयो, �हामी
धेरै अघि बढिसकेका छौँ, विषय वस्तु धेरै टाढा पुगिसकेको छ, सम्भावना छैन ।�
उपाध्यक्ष मोहन बैद्य किरणसँग निरन्तर छलफल भईरहेको भन्दै विहान पनि छलफल
भएको बैठकमा जानकारी गराउनुभएको छ । तर जसरी हुन्छ पार्टी एक बनाउन हर
प्रयास गर्ने प्रचण्डको भनाई छ । माओवादीको मोहन बैद्य पक्षले शुक्रबार नै
नयाँ पार्टी गठन प्रक्रिया शुरु भएको घोषणा गरेको छ । ललितपुरको
कुपण्डोलमा पत्रकार सम्मेलन गरी उपाध्यक्ष मोहन वैद्य किरणले नयाँ पार्टी
गठन प्रक्रिया शुरु भएको जानकारी दिनुभएको हो । वैद्य पक्षले नयाँ पार्टी
गठनबारे औपचारिक निर्णय गर्न असार १ गते राष्ट्रिय भेला बोलाएको छ ।
| ||
कथा- त्यो रात !
अपर्झट बनेको थियो प्रोग्राम, मोना र हृयारीले बच्चाहरूलाई लिएर नगरकोट जाने । आमा आजै मात्र अफिसियल कामले दुई दिनको लागि भ्याली बाहिर जानु भएको थियो । घरमा बहिनीलाई मात्र एक्लै छोडेर कसरी जानु ? नजाउ भने पनि नमिल्ने । विदेशी सहयोगबाट चल्ने संस्थाका दाताहरू आएको बेलामा उनीहरूले भनेको ठाउँमा पुर्याइदिनु पर्छ ।
फोन गरेँ आमालाई । मोबाइल स्वीच अफ थियो । एस.एम.एस.बाट खबर दिएँ । एकरातको लागि बहिनीको साथी बसिदिन उषालाई बोलाएँ र घरको आवश्यक चाँजोपाँजो मिलाएँ । र, लागेँ नगरकोटतर्फ । हामी नगरकोट पुग्दा साँझ झमक्क परिसकेको थियो । काठमाडौंबाट हिँडेदेखि बसमै नाच्दै गाउँदै रमाउँदै गरेका बच्चाहरूको हाँसोले नगरकोटका भिरपाखा बनजङ्गललाई नै उल्लासमय बनाउँदै हाम्रो बस प्वाइन्ट भ्यू होटलको प्राङ्गणमा पुगेर रोकियो । टेलिफोनबाटै रुम बुकिङ्ग गरिसकेको हुँदा होटलमा छिर्नेबित्तिकै हामीले आ-आफ्नो रुमको साँचो पायौँ । बच्चाहरूका लागि ठूलो सामुहिक रुम, हृयारी र मोनाको लागि डबलबेडको रुम र मेरो लागि सिङ्गल रुम ।
जाडो निक्कै थियो सबैजना बच्चाहरूको रुममा हिटरको वरिपरी झ्म्याम्मिए । आफ्नो रुममा गएँ म । हातमुख धोएर प|mेस भएँ र होटल मेनेजरलाई भेट्न काउण्टरतर्फ लागेँ । केहीबेर मेनेजरसँग आवश्यक सरसल्लाह गरेर बाहिर निस्किएँ । पारी क्षितिजमा लाली छँदै डाँडाको टुप्पोबाट जून बिस्तारै निस्कँदै रहेछ । परपरसम्म फैलिएका रक्तिम लाली हेर्दै म आँगनको डिलमा उभिएँ । अहाँ ! कस्तो मनमोहक दृश्य म अनायासै बर्बराउन पुगिछु । सूर्यादय हेर्न आएका हामीले जूनोदय पनि यत्ति सुन्दर र मनमोहक हुन्छ भन्नेतर्फ त ध्यानै दिएका रहेनछौ ।
“म्याम ! माथि गएर हेर्नुस् न । आज आकाश एकदमै सफा छ ।” मसँगै उभिएको मेनेजरले घुमाउरो भर्याङ्गतर्फ ईशारा गर्दै भन्यो ।
छ्याङ्ग खुलेको आकाशमा टिलपिल टिलपिल चम्किरहेका ताराहरूलाई भेट्न जून व्यग्र भएझैँ म पनि अपूर्व खुशीको अनुभूतिले आन्दोलित हुँदै सिँढी उक्लन थालेँ । जतिजति सिँढी उक्लँदै गएँ, तलदेखि नै हरेक दृश्यहरू टाढा छुटेको जस्तो अस्पष्ट लाग्दै थियो । मैले पर-परसम्म नियालेँ काठमाडौं खाल्डो र भक्तपुरलाई । ती सबै अर्को आकाशझै विशाल परिदृश्य बनेका थिए । धिप-धिप बलिरहेका बिजुलीका बल्बले ती शहरलाई अर्कौ शून्य आकाशमा परिवर्तित गरिरहेका थिए । न कुनै हल्लाखल्ला, न त गाडीको ट्याँ टुँ ! आफूलाई दुई आकाशबीचको मध्य शून्यतामा एक्लै विचरण गराउँदै घुमाउरो भर्याङ्गको मध्यम खुट्किलोमा उभिएर एकछिन टोलाएँ ।
रङ्ग फुङ्ग उडेको रेष्टुरेण्टमा एक कप कफी खाँदै एक अर्काको ढुकढुकीमा मायाँ साँचिरहेका रवि र मेरो प्रेमले प्रकृतिको यो सुन्दरताको सामिप्य कहिल्यै पाएन । भीडहरू बीच एक अर्कालाई अनुभूत गरेर हुर्किरहेको हाम्रो प्रेमले यो एकान्त, यो उदाउँदै गरेको जूनको सानिध्यता पाएको भए !सायद उसका नीला र लट्ठ परेका आँखाका गहिराइमा म अझै बढी पौडिन सक्थेँ, डुब्न सक्थेँ र हराउन सक्थेँ । चिसो सिरेटोले मन र शरीरलाई चसक्क छोयो । मप\mलरलाई टाउकोदेखि कानसम्म ढाक्दै म घुमाउरो भर्याङ्गको अन्तिम खुड्किलोमा उभिएँ ।
अलि परैबाट देखेँ, एक जोडी ढाडहरूलाई । कालो टोपीसहितको ज्याकेट लगाएका, मेरो उपस्थितिको पूर्ण अनभिज्ञ ती एकअर्काको आलिङ्गनमा बाँधिएर एकटकले जुन हेरिरहेका थिए । प्रकृतिप्रेमी प्रेमीपे्रमिका होलान् भाग्यमानी ! जो व्यस्त शहरको चमकधमकभन्दा टाढा यो एकान्त ! रातको प्रथम प्रहरमा ! आफ्ना भावना प्रकृति र जूनसँग साटासाट गरिहेछन् । उनीहरूको एकान्त भङ्ग नहोस्, यस अर्थमा म अन्तिम खुड्किलोमा नै उभिएँ । जून अझ माथिमाथि आकाशिँदै थियो । जूनको सुनौलो किरण एकमुष्ठ भएर ती जोडीहरू माथि नै पोखिइरहेको थियो । हावाको एक झोक्का बेस्सरी आयो जस्मीन अत्तरको सुवाससँगै ! युवती युवकसँग लपक्क टाँसिइन् । एकअर्काको आलिङ्गनमा अझ बढी कसिँदै युवतीले युवकको निधार, गाला र ओठमा चुम्बनको वर्षात गरिन् । मैले आँखा चिम्म गरेँ । रविको न्यानो स्पर्षलाई अनुभूत गरे ।
रेष्टुरेण्टमा कफी पिउँदै गर्दा कहिलेकाहीँ उसका औंला टेबुलले छेकिएर मेरा औला सुम्सुम्याउन पुग्थे । त्यस क्षण मीठो आनन्दले तरङ्गति हुँदै उसका निधार, गाला र ओठमा बगुबगुझैँ लाग्थ्यो मलाई । फेरि हावाको अर्को झोक्का बेस्सरी आयो । मैले पुनः आँखा उघारे ! सरसर चलिरहेको बेजोडको हावाले युवतीको टोपीलाई टाउकोबाट खसालेर उनको बाक्लो लामो केशराशीलाई कुमबाट उडाउँदै यत्रतत्र छरिदियो । छरपस्टीएको उनको कपाललाई तह लगाउने कोशिस गर्दै युवक पूर्णरुपमा चम्किरहेको जुनतर्फ ईशारा गर्दै केही अथ्र्याउँदै थियो । त्यसैबेला युवती अलिकति कोल्टे परिन् । उनको सम्पूर्ण अनुहार देख्न न सके पनि देब्रेनाकमा चम्किएको फूलीले म पट्टी झिलिक्क किरण फाल्यो !
‘अहो ! आमा !…..!’ म बेस्सरी चिच्याएँ । तर त्यो चिच्याहट घाँटीभन्दा माथी आउनै सकेन छ ! एकाएक पर्न आएको त्यो विषम परिस्थितिको सामना गर्न सक्ने हिम्मत ममा थिएन । मुटुको धड्कन तीब्र गतिले धड्किरहेको थियो । हातखुट्टा लल्याकलुलुक्क भएर भर्याङको खुड्किलोमा नै थ्याच्च बसुँबसुँ भन्दै थियो । जून हुनु र नहुनको मेरो लागि कुनै अर्थ थिएन । अन्धकारले झ्वाप्पै छोप्यो । सारा संसारमा भुइँचालो गएको जस्तो आकाश, वायुमण्डल र पृथ्वी सबै फनफनी घुमेको भान भइरहेथ्यो । मैले आफूलाई सम्हालेँ । अनि भर्याङको रेलिङ समातेर छिटोछिटो झरेँ आफ्नो रुमतर्फ । कम्प्युटरमा झैँ डिलिट गर्न मिल्ने भए त्यस क्षणलाई सदाको लागि आफ्नो मनसपटलबाट डिलिट गरिदिन्थेँ । जति नै मेटूँभन्दा भन्दै पनि आँखाको पर्दामा झलझली आइरहेको आमा र त्यस अपरिचित मान्छेको झझल्को आगो र धुवाँ बनेर त्यस होटलको कोठाभरी रङमङ्गी रहेका थिए ।
आफ्ना यौवनका रसमय सुकोमल समयहरू हाम्रा लागि समर्पित गरेर दियोझैँ बलिरहेकी आमाको आजको त्यो रुप विश्वास गर्न सकिने थिएन । तर उनी मेरी आमा नै हुन् किनकि उनको त्यो कालो बाक्लो लामो कपाल ! उनको जिउडाल, उचाई ! उनको नाकमा चम्किरहेको हिराको फूली र हावामा मिसिएर आएको जस्मीन अत्तरको सुवास ! यी सम्पूर्ण प्रमाणले उनी मेरी आमा भएकै पुष्टि गर्दथे । मलाई मन पर्दैन भनेर जस्मीनको प्रयोग आमा आक्कल झुक्कल विशेष अवसरमा मात्र प्रयोग गर्ने गर्नुहुन्थ्यो । फेरि आमाले लगाउनु भएको त्यो कालो ज्याकेट ! त्यो पनि त आमा र म साटासाट गर्दै लगाउने गथ्यौँ ।
म तीन वर्षकी हँदा बुवा स्वर्गे हुनुभएको थियो रे । बहिनी त त्यतिबेला बामे सर्दै थिई भन्नुहुन्थ्यो आमा । दुःखका ती दिनहरूमा अविचलित नभइ अथक परिश्रम गरेर हाम्रो लालनपालन, शिक्षादिक्षा दिँदै आइरहनुभएकी आमाका आँखाका नानीहरूमा हाम्रै भविष्यका सुन्दर सपना देख्थेँ । हामीलाई सही मार्ग निर्देशन गर्दै आफ्नो कर्तव्यबाट कहिल्यै पछि नहट्ने आमा छरछिमेकी, आफन्त, नाताकुटुम्ब सबैका सामु उदाहरणीय हुनुभएको छ । सबैको हाइहाइ हुनुभएको छ । म आफ्नी आमाप्रति गर्व गर्ने गर्थेँ तर अब ? टाउको फुट्लाजस्तो गरेर चड्कीरहेको थियो । ओठमुख सुकेर खङग्रङ्ग भएको थियो । साइड टेबुलमा राखेको गिलासमा जगबाट पानी भरेर पिएँ । रविले थाहा पायो भने के सोच्ला ? एउटी चरित्रहीन आमाकी छोरी भनेर उसका परिवारले पनि मलाई अस्वीकार गर्न सक्छन् । यस्ता कुरा एक कान दुई कान मैदान हुन के बेर ? फेरि आमाको र मेरो यसै ठाउँमा जम्काभेट भयो भने त्यो क्षणको सामना कसरी गर्नु ? आमालाई पनि त अप्ठेरो पर्छ । म यस्तै सोचिरहेकी थिएँ ।
कसैले ढोकामा नक गरेको आवाजले मेरो सोचाई भङ्ग भयो । ढोका उघारेर मुसुक्क हाँस्दै वेटरले भन्यो- “म्याम डिनर रेडी छ ।”"ए हो ! ल-ल । ए सुन त भाइ !” जति लुकाउन खोजे पनि त्यो हड्बडाहट, छट्पटाहट लुकाउन नसकेको जस्तो आफैँले महशुस गरेँ । ऊ पछाडि हात बाँधेर यथावत उभिइ रह्यो ।
आफूलाई साम्य बनाउँदै मैले सोधे, “डिनर हलमा हाम्रो ग्रुपबाहेक अरु पनि कोही हुन्छन् कि ?”"छैन म्याम । आज हजुरको ग्रुप मात्र हो । हिजोआज अफ् सिजन भएकोले त्यस्तो भिडभाड छैन । एक जोडी पल्लो रुममा हुनुहुन्छ उहाँहरू रुममै डिनर लिनुहुन्छ ।” “ए, ओ के ! दश मिनेटमा हामी आउँछौँ !”‘ओ के म्याम’ भन्दै वेटर फर्कियो । मैले केही राह्रत अनुभव गरेँ ।केहीछिनपछि सबैलाई लिएर डिनर हलमा पुगेँ । बच्चाहरू भोकाएका थिए । हल्लाखल्ला गर्दै खाना खान थाले । मोना, हृयारी र म एउटै टेबुलमा बस्यौँ । खाना खाइरहँदा हृयारी र मोनाले गरेका कुरामा मैले हो वा होइन भनी टाउको मात्र हल्लाएँ । सकेसम्म कुराकानीलाई छोटो बनाएँ ।
खाना खाइओरी हामी आ-आफ्नो रुममा लाग्यौँ । बिहान साढे पाँच बजे सूर्याेदय हेर्ने समयको सम्झना गराउँदै । निद्रा लाग्ने सम्भावना थिएन । बहिनी सुती कि सुतिन होला ? मोवाइल उठाएँ । मोबाइल चार्ज नभएर स्वीच अफ् भइसकेको रहेछ । चार्ज गर्न खोज्दाखोज्दै बत्ती झ्याप्पै गयो । लोडसेडिङले यहाँ पनि छोएको रहेछ । रविले नगरकोट पुगेपछि कल गर्नु भनेको थियो, बिर्सिएँछु । लोडसेडिङ भएको बेलामा जेनेटर चलाएर कम प्रकाशको बत्ति बाल्ने व्यवस्था भए पनि मोवाइल चार्ज गर्ने सुविधा भने उपलब्ध गराएका रहेनछन् । राती बत्ती आए चार्ज होला नि ! मोवाइल चार्जमा राखेँ । नाइटी फेर्नसमेत मन भएन । त्यसै डङ्ग्रङग पल्टिएँ ओच्छ्यानमा । कताकता आमाको माया टाढा… हुँदै गएको भान भयो ।
कहिलेकाहीँ आमा अफिसियल कामले एक दुई दिनको लागि भ्याली बाहिर जाने गर्नुहुन्थ्यो । हामी दुई एउटै संस्थामा आबद्ध भए पनि उहाँ दलित महिलाको उत्थान अन्तर्गत कार्यरत हुनुहन्थ्यो, म अनाथ बालबालिका पट्टी । उमेरमा आमाको र मेरो सोह्र वर्षको मात्र फरकले गर्दा पनि हामी साथी जस्तै थियाँै तर आमाले कहिल्यै यस बारेमा कुरा गर्नु भएन । के उहाँको यो सम्बन्ध लामो समयदेखि जारी थियो ? अनेकौं निरुत्तरित प्रश्नले घेरिएर म ओल्टेकोल्टे फेरिरहेँ । अचानक अघि वेटरले भनेका कुरा सम्झन पुगेँ, “पल्लो रुममा एक कपल हुनुहुन्छ… ।” पल्लो रुम भन्नुको अर्थ मेरोभन्दा अघिल्तिरकै रुम हुनुपर्छ । किनकि मेरोभन्द पछाडिका दुईटा रुम हामीले नै लिएका थियौँ । विस्तारै ढोका उघारेर म अघि बढेँ ।
रुम नं. १०४ ।
के गरुँ के नगरुँ ! बडो असमन्जस्यमा परेर एकछिन रुम नम्बर १०४ को ढोकामा उभिएँ । एक मनले त नचाहिने काम गरिरहेको जस्तो लागिरहेको थियो । मनले फर्किने आदेश दिइरहेको थियो । तर आमाको त्यो रहस्य मेरा लागि पर्दाफास हुन जरुरी थियो । मनमा उब्जेका अनेकौं प्रश्नको उत्तर केवल रुम नम्बर १०४ ले मात्र दिन सक्थ्यो । जे पर्ला पर्ला भनेर मन दह्रो बनाएँ । र, ढोकाको कि होलबाट चिहाएँ । डिमलाइटको मधुरो उज्यालो कोठाभरि फैलिएको थियो । उही अपरिचत व्यक्ति टेबुलमा केक सजाउँदै थियो । कौतुहल हुँदै हेरिरहे । उसले एउटा प्याकेटबाट सानो केक निकाल्यो । दुइटा मैनबत्ती राख्यो । रिबनले बाँधिएको छुरीलाई केकसँगै राख्यो ।
आमा सायद ट्वाइलेट गएको हुनु पर्छ, म अनुमान लगाउँदै थिएँ । ठीक त्यसैबेला आमा रातो सारीमा सजिएर देखापर्नु भयो । सोह्र श्रृंगारमा सजिएकी उहाँ साँच्चै नयाँ दुलहीजस्तै चिन्नै नसकिने हुनुभएको थियो । त्यस अपरिचित व्यक्तिले मुस्कुराउँदै केक काट्न भन्यो । आमाले मैनबत्ती फुकेर केक काट्नु भयो ।
“हृप्पी बर्थडे नानु ! हृप्पी बर्थडे नानु ! ” ऊ भनिरहेको थियो । आमाले एक टुक्रा केक त्यो व्यक्तिको मुखमा राखिदिनु भयो । त्यही एक टुक्रा केक दुवैले बाँडेचुडी खाएँ । उसले रातो गुलाफको फूल उपहार स्वरुप आमालाई दियो । आमाका आँखाबाट खुशीका बलिन्द्रधारा आँशु बगिरहेका थिए । आमालाई आलिङ्गनमा भरेर ऊ थुम्थुमाइरहेको थियो । त्यसपछि आमाको अनुहार मैले देख्न सकिनँ । किनकि त्यो अपरिचित व्यक्तिको अनुहार ढोका सामुन्ने फर्कियो ।
त्यसैबेला कोही हिँडेको पदचापले म झस्किएँ । हतारहतार भिजेका परेली पुच्छ्दै म आफ्नो रुम भित्र छिरेँ । आँखा वरिपरि एक-एक घटना र दृष्य आउँदै जाँदै गरे ।
सधैँसधैँ हाम्रो जन्मदिन मनाउने हाम्री आमाको जन्म दिनको त हामीले ख्यालै गरेनछौँ ।
आमा खुशी भएको त्यो पल र आमालाई असंख्य मायाँ दिने त्यस अपरिचित व्यक्ति प्रति किन-किन श्रद्धा जागेर आयो । मायाँ लागेर आयो । “हृप्पी वर्थडे मामु !” मैले सानो स्वरमा भनेँ अनि बेडस्वीच अफ् गरेर ओच्छ्यानमा पल्टिएँ ।
लगातार बजेको मोवाइलको घण्टीले मलाई व्यूँझायो । हत्तन पत्त मोवाइल उठाएँ । फोन घरबाट रहेछ ।
“हेलो !” मेरो आवाजको प्रति उत्तरमा उत्ताबाट आमाको आवाज गुञ्जियो !
“शुभ-प्रभात नानु !”
“आमा हजुर ! कसरी घरमा ?” म आश्चर्यले चिच्याउनै पुगेँछु ।
आमाले उही शान्त भावमा भन्नुभयो ।
“मुग्लिन बन्द भएछ, हिजै फर्कैँ नि !”
आमाको त्यो भनाईलाई विश्वास गर्न सक्ने अवस्थामा म थिइनँ । अविश्वास गरौँ भने पनि फोन घरकै नं.बाट आएको थियो । रातारात घर पुगेर कतै आमाले झूट त बोल्नु भएको हैन ? आखिर नगरकोट र काठमाडौँ कत्ति न टाढा छ र ?
मेरो टाउको रन्थनियो । आमा के-के भनिरहनु भएको थियो । मैले सुनिरहेकी थिइनँ । जति सक्दो छिटो रुम नं. १०४ का ती जोडीलाई भेट्न चाहन्थेँ । आमाको फोन बीचैमा काटेर म रुम नं १०४ तिर लम्किएँ । तर ढोका लक थियो । कि होलबाट चिहाएर हेरे, कोठा रित्तो रहेछ । म हस्याङफस्याङ गर्दै घुमाउरो भर्याङ उक्लिएर टावरमा पुगेँ । ती जोडी चिसोको परवाह नगरी सूर्योदयको प्रतिक्षामा रहेछन् । हिजोजस्तै एक अर्काको अलिङ्गनमा बाँधिएर ।
सुकेधारा, काठमाडौं
बन्दुक उठाउने बैद्य पक्षको चेतावनी
बैद्यले भने- 'नयाँ पार्टी गठन प्रक्रिया सुरु भो'
१९ जेठ, काठमाडौं । एकीकृत नेकपा
माओवादीको बैद्य पक्षले नयाँ पार्टी गठनको प्रक्रिया सुरु भएको बताएको छ ।
केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा
उपाध्यक्ष बैद्यले नयाँ कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया सुरु भएको
बताउनु भएको हो ।
स्थिति गम्भीर मोडमा पुगेकाले सांगठनिक
तथा राजनीतिक निर्णय गर्न असार १ गते राष्ट्रिय भेला बोलाएको भन्दै उहाँले
त्यहीबाट आवश्यक निर्णय लिने बताउनु भयो ।
‘नयाँ ढंगले पार्टी निर्माण गर्न
सन्दर्भमा भेला आहृवान गरेका हौं’ बैद्यले भन्नुभयो-’विचार मिल्नेहरुसँग
एकतावद्ध हुन्छौं ।’ फुटबादी हैनौं भन्नुको अर्थ अध्यक्ष प्रचण्डमाथि
कारबाही गर्ने हो भन्ने प्रश्नमा उहाँले राष्ट्रिय भेलापछि जवाफ दिने भन्दै
थप केही बताउन चाहनु भएन । विश्वको इतिहास बन्दुकको भरमा नै बनेको भन्दै
बैद्यले शान्तिपूर्ण बाटाहरुमा अवरोध गरे बन्दुक उठाउने चेतावनी दिनुभयो ।
आफूहरु मुर्दा शान्तिको नभई बास्तविक शान्तिको पक्षमा रहेको भन्दै बैद्यले
भन्नुभयो-’यदि शान्तिपूर्ण बाटोहरुमा अवरोध खडा गरियो भने बदुक उठाइन्छ ।
तर अन्तिम लक्ष भनेको शान्ति नै हो ।’
पार्टी नेतृत्वप्रति लक्षित गर्दै बैद्यले
सत्तामा नपुगेसम्म बन्दुकको कुरा गर्ने र सत्तामा पुगेपछि बिर्सिने
प्रबृत्ति नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको बताउनु भयो । प्रचण्ड पथको
नीति लिनु गलत थियो भन्ने निष्कर्ष हो भन्ने प्रश्नमा बैद्यले हाललाई
प्रचण्डपथ स्थगित गरिएको र नयाँ ढंगले अघि बढ्न सेना, आधार इलाका निर्माण
लगायथका त्यसका सकारात्मक कुराहरुलाई आत्मासाथ गरेर अघि बढ्ने बताउनु भयो ।
पार्टी अध्यक्ष प्रचण्डले सबै कुरा हुन्छ भन्ने तर व्यवहारका कार्यान्वयन
नगर्ने गरेकाले विश्वास गर्न नसकिएको बताउनु भयो ।
बैद्य पक्षले सरकारले घोषणा गरेको
संविधानसभाको निर्वाचनलाई असंवैधानिक र नौटंकी मात्र भनेको छ । संविधानसभा
निर्वाचन गर्दैमा समस्या समाधान नहुने भन्दै बैद्य पक्षले सर्वपक्षीय
गोलमेच सभा गरेर सहमतीय सरकार र संविधान बनाउनु पर्ने बताएको छ । अहिले
संविधानसभा निर्वाचनमा जाँदैमा समस्या समाधान हुँदैन, ज्यूँ का त्युँ
रहन्छ’ बैद्यले भन्नुभयो-’सबैपक्षीय सम्मेलनबाट समाधान खोज्नुपर्छ । यो
सरकार खारेज गरेर नयाँ सरकार बनाउनु पर्छ र गोलमेच सभाबाटै सविधान बनाउनु
पर्छ ।’
पासाङले भने-’स्वदेशमै मेरो उपचार होस्’
उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद
दिँदै स्वास्थ्य लाभको कामना गर्ने सवैलाई हार्दिक कृतज्ञता प्रकट
गर्नुभएको छ । यहिबेला देशभित्र उत्पन्न राजनीतिक अवस्था देख्दासाहै्र
चिन्ता लागेको भन्दै उहाँले केही यथास्थितिवादी तथा प्रतिगामी नेताहरुले
जनताले चाहेको संविधान लेख्नमा सहमति नगरी देश र जनताका लागि ठूलो धोका
दिएका छन् भन्दै गम्भिर चिन्ता व्यक्त गर्नुभएको छ ।
पार्टी भित्र अराजक प्रवृति हाबी भई
पार्टी फुटाउन क्रियाशिल भएको भन्दै यसलाई मिलेर हल गर्न उहाँल्े नेतृत्व
पंतिलाई आग्रह पनि गुर्नभएको छ ।
सामान्य विरामी भई उपचारमा जानुभएका
उहाँको स्वास्थ्य परीक्षण गर्दा दुबै मृगौला खराब भएको र स्वास्थ्यमा
गम्भिर समस्या आएको देखिएको मृगौला विशेषज्ञ डा. प्रमोदकुमार क्षेत्रीले
जानकारी दिनुभएको छ । पुनलाई सरकारी पहलमा आज थप उपचारका लागि भारतको
दिल्ली लैजाने तयारी भएको थियो ।
Subscribe to:
Comments (Atom)