Tuesday, June 5, 2012

सेनाका महासेनानी द्वय सहायकरथीमा बढुवा

२३ जेठ, काठमाण्डौं । सरकारले नेपाली सेनाका महासेनानी दीपकप्रसाद भारती र देवेन्द्रबहादुर मेधासीलाई सहायकरथीमा बढुवा गरेको छ । मंगलबार विहान मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाली सेनाका आठ सहायकरथीको सरुवा समेत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादबले जानकारी दिनुभयो । बैठकमा प्राविधिक महासेनानी डा राजेश पन्त तथा सहायकरथीद्वय पदमविलास कार्की र विजय मोक्तानको पदवाधि थप गर्ने निर्णय गरेकेा छ ।
त्यसैगरी ‘जलसाधन आयोजना तयारी सुविधा’ कार्यक्रमकालागि एसियाली विकास बैंकले उपलब्ध गराउने एक करोड १० लाख अमेरिकी डलर अनुदान सहायता प्रदान गर्ने विषयमा बैंकसँग नेपाल सरकारका तर्फबाट वार्ताटोली गठन गर्ने निर्णय गरेको छ । टोलीलाई वार्ताको अख्तियारी समेत दिईएको छ ।
त्यस्तै गत चैतमा बैतडी जिल्ला श्रीकृष्ण उच्चमावि पाटन केन्द्रमा परीक्षा दिने क्रममा सामूहिक बलात्कारको पीडा भोगेकी छात्रालाई उपचार गर्न एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको मन्त्री यादबले जानकारी दिनुभयो

 

काठमाडौं, २२ जेठ- राजनीतिक घटनाक्रमले आर्थिक क्षेत्रमा अन्योल बढेपछि पछिल्लो दुई महिनायता विज्ञापन बजार ओरालो लागेको छ । प्रतिमहिना ३५ देखि ५० करोड रुपैयाँसम्म कारोबार हुने विज्ञापन बजार वैशाख र जेठमा १५ देखि २० करोडमा झरेको नेपाल विज्ञापन संघ (आन)ले जनाएको छ । राजनीतिक अस्थिरताले विज्ञापन बजार खुम्चिएको व्यवसायी बताउँछन् ।
वैशाखदेखि सेलाएको विज्ञापन बजार जेठको दोस्रो सातामा झन्डै आधा घटेको छ । “अहिले छापा, विद्युतीय तथा अनलाइनमा समेत विज्ञापन आधाभन्दा तल छ,” आन अध्यक्ष राजकुमार भट्टराईले भने, “राजधानीका ठूला होर्डिङ बोर्डसमेत खाली हुँदै गएका छन्, अहिले समग्र विज्ञापन उद्योग सेलाएको छ ।”
जेठ १४ मा संविधान जारी भई नयाँ उद्योगधन्दा विस्तार हुने आशामा व्यवसायी थिए । नयाँ संविधान जारी भई लगानी वातावरण बन्ने तथा नयाँ उद्योगधन्दा विस्तार हुनेमा आशामा रहेका व्यवसायी ‘जेठ १४ पछि राजनीतिक संक्रमणकाल लम्बिएकाले विज्ञापन बजार खुम्चिएको’ बताउँछन् ।
सबैभन्दा धेरै विज्ञापन गर्ने गोल्छा अर्गनाइजेसनले विगत दुई महिनामा आफ्नो विज्ञापन ६० प्रतिशतमा झरेको बताएको छ । कार्यकारी निर्देशक शेखर गोल्छाले अन्य समयमा आफूहरूले महिनाको झन्डै ७०–८० लाख रुपैयाँभन्दा माथिको विज्ञापन गर्ने गरेको जानकारी दिँदै पछिल्ला दुई महिना २५ लाखमा सीमित भएको बताए ।
चालू आवको अन्त्यसम्म बिज्ञापन बजार साढे ४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिए पनि अहिलेको स्थितिमा असम्भव देखिएको आनको भनाइ छ । गत आवमा ४ अर्ब ३० करोडको कारोबार भएको थियो । हरेक वर्ष १० देखि १५ प्रतिशतको हाराहारीमा बढ्दै गएको विज्ञापन बजार चालू वर्षमा भने बढ्ने लक्षण नदेखिएको भट्टराईले बताए ।
अघिल्लो आबमा झन्डै बराबरी हिस्सा ओगटेका सेवा क्षेत्र र वस्तु बजार विज्ञापन अनुपात चालू आवका ११ महिनामा फेरिएको छ । अहिले सेवा क्षेत्रको विज्ञापन ६० प्रतिशतभन्दा धेरै छ । नयाँ वस्तु उत्पादन हुन नसक्दा सेवा क्षेत्रको विज्ञापन तुलनात्मक रूपमा धेरै देखिए पनि समग्र बजार भने सेलाएको आनले जनाएको छ । शिक्षाबाहेक सेवातर्फका अन्य क्षेत्र पनि सेलाएको गोल्छाले बताए ।
बजारमा नयाँ उत्पादन आउन नसक्नु, पुरानै वस्तुका विज्ञापनसमेत घटाउनु, उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न नसक्नुलगायत बजारमा आर्थिक गतिविधि कम भएकाले उत्पादन क्षेत्रको विज्ञापनमा कमी आएको हो ।
सेवातर्पmका बैंक, वित्तीय संस्था, बिमा, टेलिफोन कम्पनी, कलेज, स्कुल, म्यानपावरलगायतले विज्ञापन बढाएका छन् । छापा, विद्युतीय तथा ‘आउटडोर’मा समेत सेवा क्षेत्रको विज्ञापन बढी छ । सम्बद्ध विज्ञापन एजेन्सीका अनुसार छापामा सेवा क्षेत्रको चाप धेरै छ । कुल सेवा क्षेत्रको विज्ञापनमध्ये औसतमा ६५–७० प्रतिशत छापा माध्यममा प्रकाशन हुन्छ । चालू आर्थिक वर्षका पछिल्ला महिनामा लोडसेडिङ बढ्दै गएपछि छापामा सेवा क्षेत्रको विज्ञापन पनि वैशाखयता आधाभन्दा धेरै घटेको छ ।
नयाँ उद्योग स्थापना हुन नसकेको अवस्थामा स्थापित उद्योगले वस्तुको विज्ञापनमा कमी ल्याएको संलग्न एजेन्सीले बताएका छन् । नयाँ उद्योगले नयाँ वस्तु बजारमा ल्याउँदा प्रतिस्पर्धा हुने भएकाले स्थापित कम्पनीले विज्ञापन गर्ने गरेको व्यवसायी बताउँछन् । अहिले नयाँ वस्तु उत्पादन हुन नसकेकाले पुराना वस्तु विज्ञापन गर्न कम्पनीले चासो दिएका छैनन् ।
नेपालमा ठूलो उत्पादक कम्पनीमध्ये डाबर नेपालको विज्ञापनसमेत गत वर्षको तुलनामा आधा कम भएको सम्बद्ध विज्ञापन एजेन्सीले जनाएको छ । त्यस्तै, तयारी खाजाका रूपमा प्रयोग हुने चाउचाउ, बिस्कुट, कुकिज तथा पेय पदार्थका समेत उद्योग खुल्न नसकेकाले वस्तुतर्फको विज्ञापन घट्दै गएको छ ।
वर्षका मुख्य चाडपर्व दसैं र तिहारका अवसरमा गरिने ‘पोस्ट फेस्टिबल’मा हुने स्किम अवधि सकिएकाले पनि विज्ञापन बजार चिसिएको हो । विज्ञापन क्षेत्रमा मंसिर, पुस र माघलाई ‘अफ सिजन’ मानिने आनले जनाएको छ ।
पछिल्ला तीन सातामा विद्युतीय भन्दा छापा माध्यममा विज्ञापनको अवस्था नाजुक बनेको अध्यक्ष भट्टराईले बताए । “दसैं–तिहारमा दिइएका स्किम सकिए र जेठ १४ को अन्योलले प्रवद्र्धनात्मक क्याम्पेन हुन सकेनन्,” उनले भने, “र, उत्पादक, उद्योगी–व्यवसायी तथा उद्योगको सुरक्षा कमजोर भयो, यी सबै कारणले विज्ञापन बजारलाई सोझै असर पारेका हुन् ।”
 
गीतकार राजेन्द्र थापा सँगको सिन्धुपाल्चोक यात्रामा जितेन्द्र रसिकगीतकार राजेन्द्र थापा सँगको सिन्धुपाल्चोक यात्रामा जितेन्द्र रसिक