सल्यानमा झाडापखालाका दुई सय बिरामी
२४ जेठ, सल्यान । सल्यान जिल्लामा एक सातादेखि फैलिएको झाडापखालाको प्रकोपका कारण दुई सयभन्दा बढी विरामी परेका छन् ।
लामो समयसम्म परेको खडेरीका कारण
स्थानीयबासिन्दा झाडापखालाको प्रकोपबाट प्रभावित भएका हुन् । झाडापखालाको
प्रकोपका कारण जिल्लाका दुई दर्जन गाविसका सर्वसाधारण प्रभावित भएका छन् ।
झाडापखालाको प्रकोप बढेपछि विभिन्न
स्वास्थ्य संस्थाहरुमा विरामीको सङ्ख्या हृवात्तै बढेको जिल्ला स्वास्थ्य
कार्यालय सल्यानले बताएको छ । दैनिक ८/१० जना मात्र विरामी आउने स्वास्थ्य
संस्थाहरुमा अहिले दैनिक २५/३० जनासम्म पुग्ने जिल्ला स्वास्थ्य प्रमुख डा
विकास देवकोटाले बताउनुभयो ।
जिल्लाका थारमारे, कोटबारा, कोटमौला,
कजेरी, चादेकरेन्जी, मार्के, बडागाउँ माझकाडा, निगालचुला, त्रिवेणी,
काभ्राका स्थानीयवासी बढी प्रभावित छन् ।कुनै पनि गाविसहरुमा झाडापखाला
महामारीको रूपमा फैलिन नदिनका लागि उच्च सर्तकता अपनाइएको जिल्ला स्वास्थ्य
कार्यालयले जनाएको छ ।
लामो खडेरी परेपछि झाडापाखालसँगै अन्य
रोगहरुका विरामी समेत बढ्न थालेका छन् । अहिले दैनिकजसो स्वास्थ्य
संस्थाहरुमा टाइफाइड, जन्डिस, ज्वरोलगायतका विरामीको चाप बढेको स्वास्थ्य
संस्थाहरुले बताएका छन् । रासस
No comments:
Post a Comment