काठमाडौ, असार १५ -
सरकारले साउनदेखि लागू हुने गरी विद्युत् महसुलमा २० प्रतिशत मूल्य बढाएको
छ । विद्युत् महसुल निर्धारण आयोगले महसुल बढाउने निर्णय गरेको हो ।
आयोगले २० युनिटभन्दा कम खपत गर्ने ग्राहकले तिर्नुपर्ने दर भने यथावत्
राखेको छ । २० युनिटभन्दा बढी उपभोग गर्नेले बिजुलीको महसुल उपभोगका अधारमा
बढी तिर्नुपर्ने छ ।
'साउन १ गतेदेखि औसत २० प्रतिशतका दरले बिजुली महसुल बढ्यो,' आयोगका सदस्य
पशुपति मुरारकाले भने । महसुल बढेपछि विद्युत् प्राधिकरणको वाषिर्क घाटा
साढे ४ अर्बले घट्ने उनले बताए । अहिले प्राधिकरणको वाषिर्क घाटा ७ अर्ब छ ।
२०५८ देखि विद्युत् महसुल बढेको थिएन ।
घरायसी प्रयोगमा अब २० युनिटसम्म खपत गर्ने ग्रहकले प्रति युनिट ४
रुपैयाँ, २१ देखि ५० युनिटसम्म ७ रुपैयाँ ३० पैसा, ५१ देखि १ सय ५० युनिटमा
८ रुपैयाँ ६० पैसा,१ सय ५१ देखि २ सय ५० सम्म ९ रुपैयाँ ५० पैसा र २ सय ५१
भन्दा माथि प्रति युनिट ११ रुपैयाँ शुल्क लाग्ने छ ।
No comments:
Post a Comment