फेसबुकले भेट्टायो २७ वर्षपछि आफन्तलाईघरपरिवारबाट करिब तीन दशकसम्म सम्पर्कविहीन हुनुभएका बलखु गाविस ७ का भरत धमलाका लागि फेसबुक परिवारसँग भेट गर्ने गतिलो सहारा बन्यो । धमला घर छाडेर हिँडेको २७ वर्षपछि फेसबुककै सहाराले आफन्तको सम्पर्कमा आउनुभएको छ । बलखुस्थित मामा घरमा जन्मेर १८ वर्षसम्म त्यहीँ हुर्कनुभएका धमला २०४२ सालमा घर छाडेर हिँड्नुभएको थियो । आफन्त तथा घर परिवारले समेत माया मारिसकेका धमला एकहप्ता अगाडि मात्रै एक्कासि मावली भाइ कुमार लुइँटेलसँग फेसबुकमा भेटेर घर परिवारसँग सम्पर्कमा आउनुभएको हो । फेसबुकमा भेट्दा पहिलो पटक त धमलालाई उनका आफन्तले नै चिनेनन्् । मावली भाइ लुइँटेलको फेसबुकमा म भरत धमला दाइ हुँ भनेर आफूलाई चिनाए पनि उहाँलाई सुरुमा नचिनेको लुइँटेलले बताउनुभयो ।फेसबुकबाट परिचय दिनुभएका धमलालाई पहिला त चित्रे कुरै भएन, पछि कुराकानी गर्दै जाँदा आफ्नै दाइ पो हुनुहुँदोरहेछ, लुइँटेलले भत्रुभयो, विसं २०२४ मा मामाघरमै जन्मनुभएका धमलाको अठार वर्षको उमेरमा घर छाडेर भागेदेखि नै अत्तोपत्तो थिएन, कहाँबाट चिनेर एक्कासि फेसबुकमा आइपुगे म आफँै अचम्मित छु । फेसबुकमा साथी बनेको ६ महिनापछि उहाँले फेसबुकबाटै आफ्नो मोबाइल नम्बर पत्तो लगाएर टेलिफोनबाट आफ्नो परिचय दिएको दुई महिनापछि घर आएको लुइँटेलले जानकारी दिनुभयो । आशा मारिसकेको छोरो एक्कासि घर आइपुग्दा उहाँका बुबा जयराज र आमा खडमायाको खुसीको सीमा नै रहेन । हामीले त बिर्सिसकेका थियाँ, आमा खडमायाले भत्रुभयो, आस मारिसकेको छोराको अनुहार देख्न पाउँदा औधि खुसी छु । छैन भनेको मान्छे अचानक घर आइपुग्दा घर परिवार मात्र होइन भरतको गाउँमै खुसी छाएको लुइँटेलले बताउनुभयो ।यति लामो समयसम्म घर परिवारसँग सम्पर्कमा नआएका विषयमा परिवारले पनि त्यति चासो नदिएकोजस्तो लागेर सम्पर्कमा आउन नचाहेको बताउँदै धमलाले भारतको मुम्बइस्थित एक जिम क्लबमा काम गरेर जीवन गुजारा गरेको जानकारी दिनुभयो । जिम क्लबमा सामान्य तलबमा जागिर खाएर बस्नुभएका धमलालाई घर आउने खर्च नभएर पनि सम्पर्कभन्दा बाहिर रहेको हुनसक्ने स्थानीयवासीको भनाइ छ । घर छाडेको यतिका वर्षपछि नेपालस्थित आफ्नो घर फर्कन नचाहने दाइ भरतलाई धेरै आग्रहपछि घर बोलाउन सफल भएको लुइँटेलले बताउनुभयो । लामो समयसम्म हराएर भेटिनुभएका उहाँलाई नेपालमै बस्ने व्यवस्था मिलाइदिन सुनसरीको तरहरामा मावलीले केही जग्गासमेत किनिदिएका छन् । उहाँले अब आफू जन्मेको गाउँमै बस्ने योजना बनाएको बताउनुभयो | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Friday, June 29, 2012
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment