Monday, July 9, 2012




मलाई निकाल्दा जनमत संग्रह गरेको थियो  र?


ज्ञानेन्द्र शाह, पूर्व राजा

राजतन्त्रको उन्मुलन भएको झण्डै ६ वर्षपछि पूर्व राजा ज्ञानेन्द्र शाले मुख खोलेका छन् । जनआन्दोलन २०६२र६३ कै क्रममा राजतन्त्र राख्ने सहितको सम्झौता भएको तर माओवादी आएपछि सबैकुरा विग्रिएको बताए । उनले आफू अहिले पनि संवैधानिक राजा बनेर अभिभावकको भूमिका निर्वाह गर्न चाहेको बताए । न्यूज २४ का लागि प्रेम बानियाँले लिएको अन्तरवार्ता ।

यहाँको तीन जिल्लाको पाँच दिने भ्रमण कस्तो रह्यो रु

सबैभन्दा पहिले त प्रचण्ड गर्मी भयो सबैलाई जस्तो लाग्या छ । त्यसपछि जनताबाट जहाँ गयौं हामी धेरै आत्मीयता पाएको छु । अँ‘।अहिलेसम्म मैले यसो अनुभव गर्दा खेरी सफलै भएको जस्तो लाग्छ । मेरो उद्धेश्य यहाँका सर्वसाधारण, दाजू, भाई, दिदी बहिनीले नै निम्तो गरेर शक्ति पीठहरु, मन्दिरहरु र उहाँहरुको माझ आउनलाई निम्तो गरेको हो । त्यो मैले गर्न पाएं । सफलताका साथ भएको जस्तो लाग्छ, त्यसैले यो भ्रमण सबैको प्रयासले राम्रो भएको छ ।

हामीलाई पनि खुसी के लाग्या छ भनेः अँ धेरैलाई भेट्न पाएं । धेरैसंग कुरा गर्न पाएं, सबैजनासंग कुरा गर्न पाएं । सबैजना आइदिनु भएकोमा उहाँहरुलाई मेरो धन्यवाद पनि छ ।

यो तीन जिल्लामा भएको हरेकजसो जमघटमा धार्मिकस्थलमा गुञ्जिएको आवाज थियो कि हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ भन्नेहरुलाई यहाँले के भन्नु हुन्छ रु

त्यो विचारलाई पनि हामीले कदर गर्नुपर्छ जस्तो लाग्यो । रहेछ भन्ने स्पष्ट भयो । पश्चिमाञ्चलमा मात्र होइन हामी जहाँ गएपनि यो आवाज सुनेको र गुञ्जेको होइन, उता अरु ठाउँमा पनि यस्तै कुरा सुनेकै हो । अब त्यसलाई प्रजातान्त्रिक ब्यवस्थामा सबैको बोल्ने, भन्ने र प्रकट गर्ने अधिकार हुन्छ । यो पनि एक समूह छ भनेर सबैले मान्नु पर्छ ।

मेरो प्रश्न यो समूहलाई के भन्नु हुन्छ, जसले राजा आऊ देश बचाऊ भनेका छन् रु

अब भन्ने त के छ र रु मैले कदरै गर्‍या छु, उहाँहरु माझमा आएर यसो भेटघाट मिलजुल गरेको मा नि । अहिलेलाई पर्याप्त छ कि भन्ने जस्तो मलाई लाग्छ ।

यो भन्दा अरु केही गर्न चाहनुहुन्छ रु

त्यस्तो छैन अहिले । अँ‘ समय आउँला र अहिले चाहीं तुरुन्त म भन्न सक्दिन समय आइनै सक्याछ भनेर ।

तपाई देशैभरका धार्मिक पीठहरुमा भगवानको पूजाआजा गर्दै हिड्नु भएको छ, भन्न मिल्छ भने के माग्नु भयो भगवानसंग रु

भन्न मिल्छ । जहाँ गएपनि जुन पीठमा गएपनि, जुन मन्दिरमा गएपनि एउटै कुरा मैले माग्या छुः देशमा शान्ति होस्, देश विघटन नहोस्, एकता कायम रहोस्, यही प्रार्थना जुनैपनि पीठमा मैले गएर गर्ने गर्‍या छु ।

किन यही नै माग्नु हुन्छ तपाई रु देशले, यहाँको राजनीतिक ब्यवस्था, वातावरण सबै कुराले ज्ञानेन्द्र शाहलाई धोका दिएको हो नि रु

त्यो शब्द तपाईंको हो, मेरो होइन । मलाई त त्यस्तो लाग्या छैन । तपाईंको शब्द हो त्यो । मलाई त कस्तो लाग्या छ भने जनताले नारायणहिटी एकचोटी छाडेर हेरन भन्या जस्तो पो लाग्या छ । हाम्रो माझमा आएर एकचोटी हिडिदेउ, बसीदेउ, भन्या जस्तो पो लाग्यो । अरुले एकचोटी चलाएको हेरन भन्या जस्तो पो लाग्या छ ।

तर, त्यो छाड्दा खेरी पनि मैले केही केही कुरा गर्‍याथें । त्यो स्पष्ट छ । देशमा एकता कायम होस् र यो देश छाडेर म जाने होइन, भनेर मैले केही स्पष्ट बुँदाहरु मैले त्यो समयमा पनि राख्याथें । त्यो मेरो राष्ट्रियताको भावना भनौं । अहिले आएर कतै न कतै मिल्न गएको कि यस्तै कुरा मैले देख्याथें यस्तै हुनजाला भन्ने । यही कुराहरु पनि खल्बलिएला, यी कुराहरु कमजोर होला भनेर नै मैले त्यो समयमा यी कुरा गर्‍याथें जस्तो लाग्छ । अहिले त्यो सावित हुन गइराख्या छ । अहिले देशको स्थिति पनि यही कुरा ध्यानमा दिनुपर्ने छ । ब्यक्ति भन्दा राष्ट्रलाई नै ध्यानमा राखेर महत्व दिनुपर्छ ।

त्यस्तो भैरहेको छ अहिले रु

भा छैन । त्यही त म भन्दै छु नि । त्यो समयमा नै मैले भनिसक्या रैछ यस्तो कुरा होला विचार गर्नुस् र यदि कुराहरुमा म यही बसेर जुनसकै बखतमा वा समयमा वा परिस्थितिमा म यी कुराहरुलाई जोड्न बचाउन एकीकृत राख्न समर्पित छु भनेर त्यही समयमा भनिसक्या छु ।

तपाँई धार्मिक भ्रमण भन्दै हिडिरहेका बेला केही राजनीतिक दलहरुले पूर्व राजा ज्ञानेन्द्रले जनतलाई अफिम खुवाउँदै सम्म पनि भन्ने गरेका छन् । के धर्मको आड लिएर तपाईं केही बनाउदै हुनुहुन्छ रु

सबैभन्दा पहिला अफिम भन्या के रु मलाई त्यो पनि थाहा छैन उहाँहरु कुन उद्धेश्यले यो शब्द प्रयोग गरिरहनु भएको छ । त्यो पनि थाहा छैन । मेरो शुद्ध विचार सोध्नु हुन्छ भनेः बोलावट नै मलाई सर्वसाधारण दाजूभाई दिदीबहिनीहरुले मन्दिरमा आइदेउ पूजापाठमा सहभागी भइदेउ भनेर म हिड्छु । उहाँहरुले त्यो मौका छोपेर मलाई भेट्ने गर्नुहुन्छ । उहाँहरु कसरी समय मिलाएर मलाई भेट गरिरहनु भएको छ त्यो मैले ख्याल गर्ने कुरा होइन । त्यो उहाँहरुको जिम्मा राख्द्याछु । त्यसैले अब कसले के भन्छ, कुन शब्द प्रयोग गर्छ, कस्तो विचारले नियतले गर्छ त्यो मेरो सरोकारको कुरा होइन ।

यही पनि अन्य दलका मानिसहरुले के भनेका छन् भने पूर्वराजाले सडकमा धेरै मानिस उतारे भनेर प्रश्न गर्छन् । तपाई धेरै मानिस सडकमा उतारेकै हो रु

हा।।हा‘।खै अब उहाँहरुको मनस्थिति के भा छ कि उहाँहरु किन तर्सनु भाको छ । मैले साँच्चिकै उतार्न खोजेर उतार्या भए यो भन्दा धेरै भन्दा धेरै तपाईले देख्नु हुन्थ्यो । त्यो विचारले म हिड्या छैन ।

संविधानसभाको निष्फल र स्वतः अवसान भएपछि जतिबेला नारायणहिटी छाडेर हिड्नु भयो । देशमा गणतन्त्र घोषणा गरियो । त्यसपछि अहिले एकजना पूर्वराजाका हिसाबले कस्तो लाग्दै छ । र औसत नागरिकका हिसाबले कस्तो लागिरा छ दुईवटा परिस्थितिमा रु

रमाइलो त लाग्या छैन । किन भने जुन उद्धेश्यले जनता सममु धेरै वाचा गर्नुभाथ्यो कुनै पनि पूरा भएन । अहिले सम्म पनि पूरा भएको छेन दूर्भाग्यवस् उहाँहरुले जनतासामु धेरै भन्नु भएका कुराहरु हुन सकेन विभिन्न कारणले होस् । त्यो कारणमा नजाउ । अब राष्ट्र र जनतालाई निकास दिने समय आएको छ । त्यतातिर लाग्नु पर्छ ।

के त्यसो भए यहाँ चाही देशका जनताको माया पाएका वीच आफ्नो दायित्व देखाउनुहुन्छ रु वा मौन चुपचाप पूजापाठ गर्दै हिड्नुहुन्छ रु

हाम्रो धेरै जसो देवताहरु ढुगांको हुन्छ । चुपै लागेर बस्छ । कुन समयमा जनताले उठ भन्छ जनताले समय भयो भन्छ केही न केही गर्नुपर्छ । त्यो समयमा ढुगां बोल्छ । हेर्दे जाउँ ।

अलिकति खुलेको जवाफ खोजे मैले रु

हा।।हा‘यो अघि नै भनिसके समय भाको छैन ।

संविधानसभा अवसान भएपछि यहाँको भ्रमणमा सबैजसो दलका मानिसहरु पनि सहभागी भएका छन् । किन ती दलका कार्यकर्ता उपस्थित भए रु

एउटा निकास त खोज्यो नि । जनताले अल्टरनेटिभ पनि राजसंस्था हुनसक्छ भन्ने म्यासेज दिएको हो कि ।

यो सन्देशले यहाँलाई कहिले लाग्छ की राजसंस्था पुर्नजीवित हुन्छ भन्ने रु

मलाई लाग्ने वा नलाग्नेले फरक पार्दैर्न । उहाँहरु गएर आफ्ना दलका नेतालाई भन्न सक्नु पर्‍यो । सडकमा चिच्याएर केही हुँदैन ।

त्यसो भए नेतृत्व दिन तयार हुनुहुन्छ फेरि रु

जनताले भन्यो भने यस् । त्यो मेरो राष्ट्रिय धर्म नि हो । मैले निर्वाह गर्नुपर्छ ।

नेतृत्व दिन अवस्था आएमा के के गर्नुहुन्छ रु

सबैभन्दा पहिला राजनीतिक स्थिति एउटा देशलाई सुहाउने खालको पद्धती ल्याउनु पर्यो । त्यसपछि अहिले कुन क्षेत्र विग्रेको छैन । तपाईले पनि सुन्नु भएको होला विभिन्न दोषारोपण लाग्याछ, यो भएन त्यो भएन आर्थिक सामाजिक धार्मिक यस्ता यस्ता हाम्रा जुन कुराहरुले देशलाई एक बनाएर राखेका स्तम्भ थिए अहिले खल्बलिएको छ ।

त्यो जग बनाउने समय आउन लाग्यो । आउनै पर्छ । नत्र भने हामीले चिनेको हामी सानोमा हुर्केको देश रहन्न । र छैन पनि अहिले । यही त यहाँ अप्ठेरो भइराखेको छ ।

संविधानसभाको स्वतः अवसान पछि पुन संविधान सभा पुर्नस्थपना गरी संविधान लेखिनुपर्छ पनि भन्न थालिएको छ के यो सही हो जस्तो लाग्छ यहाँलाई रु

यो तपाईले राजनीतिक कुरा गर्नुभयो । त्यो चाहिन्छ चाहिन्न मैले कमेन्ट नगर्नु नै वेस हुन्छ ।

राजनीतिक दल र तत्कालीन राजसंस्थाबीच त्यस्तो केही सम्झौता भएको थियो, जति बेला राजसंस्था थियो तर म अहिले भन्दिन अथवा विस्तारै भन्छु यो अवसरलाई प्रयोग गरिदिनु भो भने अभारी हुने थियौं रु

हा।।हा।।हा‘तपाईको त्यो इच्छा पनि म पूरा गरिदिन्छु । त्यो समयमा धेरैपटक तात्कालीन ७ दल संग लिखित आदानप्रदानको दोहारी चलेको थियो । शब्द शब्द केलाईकन कागजको आदानप्रदान भाथ्यो । कतिपय हाम्रा नेताहरु अहिले पनि जीवितनै हुनुहुन्छ ती कागजमा जस्का हस्तलिपीहरु छन् । बुँदाहरु धेरै थिएनन् । स्पष्ट थियो । जुन सबै नेपालीले बुझिसक्या छ । जे जे माग्नु भाथ्यो मैले गरें । कतिले मलाई दोष लगाएर गुर्नहुन्थेन गर्न नहुने काम गर्यो भनेका छन् । तर देशमा जसरी भएपनि शान्ति आओस् र दलहरुले त्यो दायित्व लिन्छन् भने मलाई अप्ठेरो थिएन । त्यही अनुसारले मैले त्यो सम्झौता बमोजिम गरिदिएको हुँ ।

राजसंस्थाको बर्हिगमन त्यसमा हस्ताक्षर गर्नुभयो रु

छैन त्यो कुरै छैन । कसरी यहाँबाट उठ्यो । त्यो हामीसंग भएको सम्झौतामा कतैपनि छैन ।

के छ त्यसमा रु

उही जुन अघि मैले भनेः संसदको पुर्नस्थापना गर्नुपर्‍यो । दलहरु मध्येबाट प्रधानमन्त्री नियुक्त हुनुपर्‍यो । संवैधानिक राजतन्त्र बहुदलीय ब्यवस्था फेरी ब्यूताउनु पर्‍यो । त्यस्तै त्यस्तै कुराहरु थिए । जुन मलाई अप्ठेरो नी थिएन ।

कति बुँदे सम्झौता थियो रु

त्यस्तै ३ देखि ४ बुँदे जस्तो लाग्छ ।

त्यो अझ पनि होला रु

होला मसंग छ कि को संग छ होला कतै ।

त्यसबेला सहमतिमा राजतन्त्र र बहुदलीय ब्यवस्था रहने भन्ने थियो रु

डेफिनेटल्ली थियो ।

त्यसपछि स्थिति कसरी मोडियो रु

आठ दल भएपछि होकी जस्तो लाग्छ ।

आठ भएपनि जर्वजस्त अगाडी बढ्यो रु

त्यस्तै हुन गयो ।

७ दलबाट हस्ताक्षर गर्ने नेता आज पनि होलान नि रु

छन् धेरै छन् ।

त्यो सम्झौताको विषयमा अरु बुँदा छन् उल्लेख गर्नुपर्ने रु

मसंग कागज भएन, सम्भिmन गाहो भयो । तर कुरा त्यही होउ मोटामाटी । ०४७ सालको संविधानलाई टेकेर सबै काम गरिन्छ भन्ने नै थियो ।

आठ भएपछि अरु के(के भयो रु

धेरै भएका छन् । त्यसपछि पनि ७ मध्येका धेरै भेटेका छन् राजतन्त्र रहन्छ भन्ने आश्वासन दिएका छन् । कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भन्ने थियो । संविधानमै लेख्याथ्यो त्यही वरीपरी कुरा भा को थ्यो ।

त्यसरी राजतन्त्रको जरो उखेलिनुमा कुनै गल्ती वा दोष गरेछु भन्ने लागेन रु

ठ्याम्मै त मलाई कहिल्यै लाग्या छैन त्यस्तो । तर कहिले कहिले लाग्छ अझ अलिकति विकेक पुर्‍याएको भए यतिसम्म हुने थिएन कि । तर परिस्थिति यसरी पल्टियो सम्हाल्न पनि गाह्रो हुँदै गयो । हाम्रो समयमा जनतालाई दुःख दिने अप्ठेरोमा पार्ने कुनै नियत थिएन । त्यसैले पनि नारायणहिटी सजिलैसंग छोड्या हो ।

के सजिलैसंग छोडेको अवस्था थियो रु

कहिले(कहिले जितिराख्नु हुन्न कहिले कहिले हार्नुपर्छ त्यो हारेमा तपाईको जीत हुन्छ । त्यस्तो भा छैन । तपाईहरुले विचार गुर्नुस् ।

दलका नेता बाहिरबाट संचालित छन् भन्ने लाग्छ रु

लाग्छ होइन भइनै राख्या छ । मलाई कतिले आएर सुनाएका छन् त्यही कुरा मैले भन्द्या हो । कतिपय कुरा सुनेको देखेको अनुभव गरेको कुरा गर्या हो । विभिन्न तरिकाबाट मुकुट लगाएर कुनै(कुनै तत्वहरु नेपालको हितमा काम गरिरहेका छैनन् जस्तो लाग्या छ । विचार गर्नुपर्ने समय आउँदै छ जस्तो लाग्छ ।

चलखेल उसो भए निकै बढेको छ रु

सबैभन्दा पहिले त मूल नीति नै छैन । देशमा कुनै मूलनीति छ रु देश कहाँ कस्तो परिस्थितीमा छ त्यता फर्केर हेर्ने समय आइसकेको छ । परराष्ट्र, शिक्षा, आर्थिक, समाज सबैतिरबाट मानिस निराश भइसकेको छ । रोपाईको समयमा किसानहरु मल र विऊका लागि झगडा गर्नुपरिरहेको छ । त्यो दृष्ट्रिकोण भएन भिजन भएन । विचार गर्नुपर्‍यो ।

राजतन्त्र निकाल्दा जनतम चाहिन्थ्यो भन्ने विचार हो यहाँको रु

जनमतको कुरा गर्दा पक्ष विपक्षको कुरा आउँछ । एउटा यस्तो संस्था होस् जो न्यूट्रल रहेको होस् । राजसंस्थालाई त्यहाँसम्म पुर्‍याउँदा पक्ष विपक्षको सवाल उठ्छ । त्यहाँसम्म पुर्‍याउनु हुन्न । निकाल्दा जनमत गरेको थियो र रु आउँदा गर्नुपर्छ ।

मंसिर ७ मा सरकारले चुनाव घोषणा गरेको तपाईले कुनै नयाँ दल खोल्नुहुन्छ रु

म बाचुन्जेल हुन्न म मरेपछि अरुले के गर्छ मलाई थाहा छैन ।

त्यसो भए के हुन्छ देशमा रु

हा।।हा‘ यस्तै भए यस्तै भइराख्छ देशमा ।

यहाँ यस्तै हेरिबस्नुहुन्छ रु

अब हेरेर बस्नु पर्यो ।

समयसीमा हुन्छ कि रु

हुन्छ । हुन्छ होला ।

होलामा लग्दिनु भो रु

हा।।हा‘

अघि भन्नु भयो नि रिक्त भएको समयमा भ्याकुम त कसैले खोल्छ नै त्यो कसले कहिले किन कसरी खोल्छ भन्ने हो । पूर्वराजा ज्ञानेन्द्र शाह एकपटक फेरि यो देशलाई एउटा आफ्नो नेतृत्वदायी भूमिका अथवा सक्रिय भूमिका दिन तयार हुनुहुन्छ भनेर बुझें मैले गलत त भएन होला नि रु

गलतै भो ।

कसरी रु

तर सक्रिय रुपमा होइन तपाईले सक्रिय भन्ने शब्द पनि प्रयोग गर्नुभयो । नेतृत्व दिन चाहन्छु । तर सक्रिय रुपमा होइन ।

के अभिभावकको रुपमा रु

द्याट इज बेटर द्याट इज मच बेटर ।

यो देशलाई संक्रमणका वीच पूर्वराजा ज्ञानेन्द्र शाह वर्तमान राजा भएर अभिावकको भूमिका निर्वाह गर्न इच्छुक हुनुहुन्छ । यो सही हो रु

यस् ।

पूजापाठको सक्रियता पनि यसका लागि हो सत्य हो रु राजतन्त्र उखेलिनुमा यहाँलाई ग्लानी पश्चताप रहेछ अव राजसंस्था फर्कियो भने पहिलाको जस्तो भूमिका रहने छैन । अभिभावक भएर अगाडी बढ्ने इच्छा रहेछ रु

ठीक हो ।

No comments:

Post a Comment