स्रोताहरुले मलाई ग्रीन सिग्नल दिएको छ
ःगायक भूवन सुप्तीहाङ राई
पछिल्लो समय साँगीतिक क्षेत्रमा चम्किला ताराका रुपमा गायक भुवन सुप्तीहाङ राई आएका छन् । दसक अघिदेखी साँगीतिक क्षेत्रको वस्तिमा आफुलाई उभ्याउन उनले जीवनमा धेरै सङ्घर्ष गर्नु प¥यो । बुबा जङ्गराज राई र स्व.आमा परिमाया राईको कोख बाट जेठो छोराको रुपमा उदयपुर जिल्लाको बसाहा मा जन्मिएका उनले दजर्नौ गीतहरु गाईसकेका छन् ।उनी गीत गाउनकै लागि एक दशक अघि राजधानी प्रवेस गरेका थिए । २०६० सालमा ‘तिम्रो मायाँ’ नामक पहिलो आधुनिक एल्वम स्रोता माझ ल्याएर गायनमा हामफालेका उनले दोस्रो एल्वम ‘सजेसन’ निकाले पछि एकाएक चर्चाको शिखरमा पुगे । यी एल्वममा सङ्ग्रहित गीतहरुले उनलाई अगाडि बढ्न स्रोताहरुले ग्रीन सिग्नल दिए । स्रोताको मायाँले हौसिएका उनले तेस्रो एल्वमको लागि तयारी गर्दागर्दै करिव ५ वर्ष आफुलाई साँगीतिक क्षेत्रमा भुमिगत राखे । भुमिगत बाट पर्दाफास हुँदा उनले नेपालका चर्चित सँगीतकार आलोकश्री को सोलो सँगीतमा ‘मायाँको फूल’ सार्वजनिक गरेर पुन स्रोताहरु सँग साँगीतिक सम्वन्ध नविकरणमात्रै गरेनन् । उनको ‘मायाँको फूल’ सर्वाधिक चर्चामै रह्यो । पछिल्लो समय स्रोताको मायाँले तानेपछि उनी स्वदेस र विदेसमा कन्सर्ट दिन भ्याई नभ्याई भएका छन् । केहि महिना अघि उनी भारत भूटान र हङकङ्मा mगायतका देशहरुमा कन्सर्ट सकेर स्वदेस फर्केका छन् । प्रस्तुत छ उनै गायक भूवन सुप्तिहाङ राई सँग सिन्धुपोष्टले गरेको कुराकानी
कस्तो रह्यो तपाईको साँगीतिक यात्रा ?
– सोचे भन्दा अति राम्रो । विदेसमा रहेका हाम्रा नेपाली दाजुभाई दिदि बहिनीहरुले नेपाली गीत सँगीतलाई औधी मायाँ गरेको पाइयो यस्ले मलाई थप उत्साहित बनाएको छ ।
तपाईका कुन एल्वमका गीतहरु स्रोता तथा दर्शकहरुले बढी मन पराएको पाउनु भो ?
–‘सजेसन’ र ‘मायाँको फूल’ एल्वमका गीतहरु विदेशमा रहेका हाम्रा नेपाली दाजुभाई तथा दिदि बहिनीहरुले अत्याधिक रुचाइए । कन्सर्टमै यी एल्वमहरु बढी विक्री भए । केहि स्रोताहरुले चाहेर पनि भाग पुगेनन् । र टु इन् वन गरेर पनि विक्री गरियो यो मेरो लागि सुखद क्षण हो ।
चर्चामा रहेका केहि गीतहरु भन्नु पर्दा
‘इलाम बजार घुम्ने रहर आज पुरा भो’,काम गरी नि कसैले अपजस त पाकै छ,काम नगरी कसैले गफ चुटेरै खाकै छ (बुद्धवीर लामाको शब्द) सक्छौ भने प्रिय अव त्यो बाटो रोज , लगायतका गीतहरु ।
विदेश भ्रमणमा कस्ता खालका गीतहरुको माग बढी रह्यो ?
स्वदेस र विदेसमा रहेका दुबै थरी स्रोता तथा दर्शकहरुले फरक नयाँ शैलीको गीत र सँगीतको आवश्यक महसुस गरेको मैले मनन् गर्न भ्याएँ । स्रोताहरुले समय अनुसार अपेक्षा गरेको जस्तै चौथौं गजल एल्वमको तयारीमा छु आफ्नै सँगीतमा । चाँदै सार्वजनिक गर्ने विचारमा छु ।
फरक र नयाँ शैली भन्नाले ?
–त्यो त एल्वम सार्वजनिक भएपछि नै स्रोताहरुले थाहा पाउनेछन् । मेरो आफ्नो एल्वममा आफ्नै सँगीत भने पहिलो हो । यस्पाली शब्द पनि फरक खालको छानेको छु । गीतहरु रेकर्ड करिव सकिनै लाग्यो । यस अघि धेरै गायक गायिकाहरुको एल्वममा सँगीत गरेको छु । र अहिले नव गायीका सँगीता राई, सुव्वा सन्तोष र राजु लिङ्डेन को सोलो एल्वमको लागि सँगीतदिन व्यस्त छु ।
तपाई आफ्नै एल्वमलाई फरक र नयाँ शैलिको भनेर कसरी दावी गर्न सक्नुहुन्छ ?
–यो मैले गरेको दावी होइन । स्रोता र दर्शकहरुले गरेको दावी हो । एल्वम निकाल्नु अघि मैले रकर्ड गर्न लागेका गीतहरु विभिन्न कार्यक्रम गरेर राजधानी र राजधानी बाहिरका धेरै जिल्लाहरुमा कन्सर्ट दिने क्रममा गाएर आफुलाई स्रोता माझ परिक्षा दिएँ र सुझावहरु संकलन गरें । आज स्रोताहरुले नै यो एल्वमको लागि ग्रीन सिग्नल दिएकोले म एल्वम तयारीको लागि हौसिएँ ।
स्रोता माझ पुगेर गाइएको गजलका केहि शेर वताउन मिल्छ ?
मिल्छ किन नमिल्नु रेकर्ड भैसकेको छ भदौ वा असोज भित्र सार्वजनिक गर्दैछु ।
गजलकार जितेन्द्र श्रेष्ठ रसिकको शब्दमा रहेको यो गजलले झरीलाई विम्व बनाएर समयलाई चित्रण गरेको छ । यो गजलले प्रकृति र जीवन सँग तादम्य राख्नेछ ।
तिमीलाई निथु्रकै रुझायो झरीले
अनि प्यास दिलको बुझायो झरीले ।....
सँगीत पनि गर्नु हुन्छ, तपाई गायक कि सँगीतकार ?
गायक र सँगीतमा नङ र मासुको सम्वन्ध हुन्छ । म त्यहि औलाका नङ र मासु हुँ ।
तपाईले गाएर कमाउनु भएको रकम कसरी खर्च गर्ने गर्नु भएको छ ?
मैले गायन बाट कमाएको रकमको केहि प्रतिशत अनाथ बालबालिका, असहाय जेष्ठ नागरिक र केहि मुटु रोगीहरुको लागि सहयोग गर्ने गरेको छु । जुन बार्षिक रुपमा गर्दै आएको छु ।
अन्तमा गायन क्षेत्रमा प्रवेश गर्ने नयाँ पिंधिलाई के सन्देस दिनुहुन्छ ?
पछिल्लो समयका गायनहरु फितलो बन्दै गैरहेको अवस्था छ । सँगीत क्षेत्रमा आउन एकदमै मेहेनत गर्न आवश्यक छ । मेहेनत र साधना विना यो क्षेत्रमा टिक्न गाह्रो छ । हतारमा एल्वमकै लागि मात्रै गीत नगाउन् । हामीले गाइएका गीतहरु त्यस्तो होस जुन सुनेर थकित बटुवाहरु सुस्ताएर मग्न होउन् । रुखका चरीहरुले समेत पखेटा फिँजाएर आनान्द महसुस गरुन । निन्द्रामा रहेका निन्द्रालु हरु व्युझिउन् गीत र गजलले अब मानिसहरुलाई आसाबादि बनाउन जरुर छ । सृष्टी,प्रेम, जीवन,प्रकृती, यी सबै मानिसकै लागि हुन् । गीत बाटै गायक,गायीकाहरुले मानव सद्भाव र सम्बन्ध बलियो पार्ने भूमिका खेल्न आवश्यक छ । किनकी समग्रमा अहिले सारा नेपालीहरु विचलित छन् ।
No comments:
Post a Comment