यस्ता थिए चेली बेचविखनका नाइके बजिरसिंह
- सिन्धुपाल्चोक, असार –प्रलोभनमा पारेर भारतमा ल्याइने हरेक चेलीको अस्मिता सबैभन्दा पहिले उसैले लुट्थ्यो। सुरुमा केही दिन आफैंसँग राखेर अघाउन्जेल खेलवाड गरेपछि मात्र कोठीमा लग्थ्यो। हामीलाई पनि यसै गरी खत्तम पार्यो। भनेको नमाने चिर्पट र रवरको कोर्रा खानु पर्थ्यो। रक्तमुच्छेल पारेर घाइते बनाउँदा पनि छोड्दैनथ्यो। राम्री लागेकी चेलीसँग नाटकी विहे गरेर आठ–दस महिनापछि कोठी लगेर छोडिदिन्थ्यो। कतिपयलाई त बेचिदिउँकी मसँग विहे गर्छेस् भनेर धम्काउँदै आफैंसँग सुत्न बाध्य बनाउँथ्यो। जसो गरेपनि अन्त्यत त्यही कोठीकै बास।'
मानव
बेचविखनका …नाइके' बजिरसिंह तामाङद्धारा बेचिएका ६ चेलीको सामूहिक चित्कार
हो यो। गत साता लगातार चार दिन जिल्ला अदालतमा बयान दिंदा उनीहरु यसैगरी
आततायी अतित सम्झदै थिए। पटक–पटक बेचविखन कार्यमा संलग्न पाइएपछि नैतिक पतन
देखिने फौजदारी अभियोगसहित मानव बेचविखन मुद्दामा डेढ वर्षदेखि पुर्पक्षमा
थुनामा रहेका शिखरपुर–९ का बजिर …दलाल' मात्र नभएर बेश्यालय सञ्चालक समेत
रहेको पीडितहरुले खुलाएका छन् ।
उनीहरुका अनुसार भारतको आग्रा सहरस्थित सहिद नगरमा बजिरको आफ्नै कोठी छ। पक्राउ पर्नु अघिसम्म श्रीमतीसहित उनी कोठी सञ्चालन गर्दै आएका थिए। नेपाली चेली भारत लगेर यौन व्यवसायमा लगाउन आफ्नै सञ्जाल तयार गरेपनि उनी फकाउन गाउँमा भने कमै निस्कन्थे। सहयोगी मार्फत राजधानी पुग्ने चेली लिन भने उनी भारतबाट आइपुग्थे। बेला–बेला उनी पजेरो लिएर गाउँ आउँथे।
नेपाली चेली भारतमा लगेर बेचेको आरोपमा नेपाल प्रहरीले सर्वाधिक खोजी गरिएका व्यक्तिको सूचीमा रहेका ३७ वर्षीय बजिरलाई २०६७ मंसिर १४ गते प्रहरी प्रभाग सोह्रखुट्टेले राजधानीबाट पक्राउ गरेको थियो। पक्राउपछि उनी चेली बेच्ने गिरोहका नाइके भएको खुलासा भएपछि मुद्दा परेको जिल्ला सिन्धुपाल्चोक ल्याएर अनुसन्धान थालिएको थियो। उनी पक्राउ पर्नुअघि जिल्ला प्रहरीमा चार पीडित किशोरीको किटानी जाहेरी परिसकेको थियो। पक्राउपछि थप दुई चेली प्रहरीको सम्पर्कमा आएका थिए।
…दलाल'बाट सञ्चालक
पश्चिमी सिन्धुपाल्चोकका उनी सामान्य किसान परिवारका हुन्। सामान्य लेखपढ गर्न जान्ने उनी सानैदेखि ट्याक्सी चलाएर पेट पाल्थे। नुवाकोट विहे गरेकी उनकी दिदी तारा तामाङ भारतमा कोठी चलाएर बस्थिन। एक दिन ताराले बजिरलाई सम्पर्कमा आइसकेकी एक युवती भारत ल्याउन अह्राइन। उनी ती युवती लिएर पहिलो पटक भारत पुगे। …यस बापत ताराबाट उसले एक लाख भारु पायो,' बेचिएर फर्केपछि भारत बस्दा चिनेका सुत्र लगाएर बजिरको भित्री पाटो खोतल्न प्रयासरत …चौतारा–इ' (प्रहरीले दिएको उपनाम) ले भनिन्, …एकै पटक धेरै पैसा पाएको स्वादमा बजिरले चेली बेच्न थालेको रहेछ।'
सुरु–सुरुमा ताराकोमा युवती लगेर बेच्ने बजिर पछि आफैं कोठी सञ्चालक बने। सुरुताका उनले सिन्धुपाल्चोककै एउटा गाउँबाट एकै पटक ६ जना किशोरी लगेर बेचेको पत्ता लागेको चौतारा–इ बताउँछिन्। यीनै मध्येका रमिला तामाङ (नाम परिवर्तन) सँग उनले तेस्रो बिहे गरे। आकर्षक जिउडाल र सुन्दर अनुहारकी रमिलालाई उनले बिहे नगरे बेच्ने धम्की दिएर आफ्नी बनाएका थिए। यसै गरी धम्काएर बिहे गरेकी दोस्री श्रीमतीलाई उनले आठ महिनापछि कोठीमा बेचेका थिए। पछिल्ला दुईटीको विहे गर्नुअघि नै जेठी श्रीमतीको रहस्यमय मृत्यु भइसकेको थियो। दुई छोराकी आमा उनको …बजिर आफैंले हत्या गरेको' कान्छी श्रीमती रमिलाले आफूहरु त्यहाँ बस्दा सुनाएको चौतारा–इकी बहिनी चौतारा–एफ बताउँछिन्।
नेपालमा बजिर पक्राउ परेपछि रमिला बिहे गरेर अर्कैसँग गइसकेकी छिन्। उनीहरुका अनुसार बाध्यताबस उनीसँग विहे गरेकी रमिला यो पेशा र बजिर दुबै मन पराउँदैन थिइन्। रमिलाकै सहयोगमा चौतारा–इ र चौतारा–एफ भागेर घर फर्कन सफल भएका थिए।
को–को छन् बजिर सञ्जालमा
प्रहरीले बजिर गिरोहका आठ जनाको पहिचान गरिसकेको छ। यीमध्ये बजिरसहित तीन जना पक्राउ परिसेका छन्। बजिर गिरोहमा सुकुमान दोङ, काइला भनिने टेकबहादुर विक, उनकी श्रीमती काँइली विक, बच्चु विक/श्रीमती सीता विक, दावा तामाङ/श्रीमती माइली तामाङ आवद्ध छन्। सुकुमान बाँसखर्कका हुन भने अरु नवलपुर गाविसका। टेकबहादुर पोहोर र सुकुमान परार पक्राउ परेका थिए। पाँच जना अझै फरार छन्। टेकबहादुर पक्राउ परेपछि बजिरसिंह चेली बेच्ने गिरोहका नाइके भएको पत्ता लागेको थियो।
बजिर नाइके भएपनि फरार दावाविरुद्ध जिल्ला प्रहरीमा सात चेली बेचेको किटानी जाहेरी छ। अरुसँग मिलेर गाउँ–गाउँ डुल्दै चेली फकाउने दावा बजिरसम्म पुग्ने सुत्राधार पनि हुन्। गाउँमा चेली फकाउने मुख्य भूमिका टेकबहादुर र साइलीले खेल्दै आएका थिए। यो गिरोहले गाउँका धेरै चेली भारत लगेर बेचेको अनुमान गरिएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी बसन्त लामाले फरारहरुको व्यापक खोजी भइरहेको दाबी गरे। उनले बजिर गिरोह अझै ठूलै रहेको निष्कर्षमा पुगेर प्रहरीले अनुसन्धान जारी राखेको बताए।
पछिल्लो पटक दुई वर्षअघि फर्केकी चौतारा–जेले भनिन्, …मैले छोड्दा त्यहाँ सिन्धुपाल्चोकका मात्रै कम्तिमा १५ जना दिदीबहिनी थिए। केहीलाई म पहिल्यैदेखि चिन्छु।' फरक–फरक समयमा उनीहरु सबैलाई २०६४ सालमा भारत पुर्याइएको थियो। कोठी धाउने ग्राहकको सहयोगमा सुरुमा फर्कन सफल चौतारा–बीका अनुसार बजिरसिंहसहितको समूहले २०६४ माघमा उनीसहित एकै पटक सात युवतीलाई भारत लगेका थिए। यसमा उनीहरुले आफ्नै खर्चमा पासपोर्ट बनाइदिएका सिन्धुपाल्चोकका पाँच चेली थिए। उनीहरुमध्ये पाँच जना फर्कन सफल भएका छन्। ओखलढुंगाकी एक युवती आफ्नै जिल्लामा मुद्दा लडिरेही छिन्। अझै सम्पर्कमा नआएकामध्येकी एक युवती अभियुक्त टेकबहादुरकी छोरी हुन्। उनी आफ्नै बाबुद्धारा बेचिएकी हुन्।
पीडितहरुका बजिरले अनुसार सुरुमा आफैंसँग र त्यसपछि आफ्नै कोठीमा यौन धन्दामा लगाउँने र पछि अन्यत्रै ठाउँमा लगेर बेच्ने गर्थे। …आफूसँग रहँदा मात्र होइन, उसको कोठी र अन्यत्र हुँदा पनि ग्राहकसँग यौनसम्पर्क राख्न नमान्दन ऊ कोर्रा बोकेर यातना दिन आइपुग्थ्यो,' यातनाले गर्धनमा बसेको घाउको खत देखाउँदै एक पीडितले भने। उनले तीन लाख भारुसम्म बेचेको उनीहरुको भोगाइ छ। आफू डेढ लाखमा बेचिएको बताउने अर्की पीडित भन्छिन्, सुरु–सुरुमा ग्राहसँग १५ हजार भारुसम्म असुल्ने बजिर पछि सय भारु लिन्थ्यो।'
(साभार : नागरिक दैनिक)
No comments:
Post a Comment