Monday, June 4, 2012

जिप दुर्घटनामा स्थानेश्वर देवकोटा सहित दुईको निधन

(0 Votes)
प्रताप विष्ट

sthaneshwar devkota
स्व‍ स्थानेश्वर देवकोटा
हेटौडा , जेष्ठ २२ - जिप दुर्घटनामा बैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटा सहित दुई जनाको निधन भएको छ । मृत्यु भएका अर्को व्यक्तिको नाम खुलेको छैन ।
काठमाडौंबाट हेटौडा आउँदै गर्दा भिमफेदी-८ जुरिखेतमा देवकोटा चढेको बा.८.प ४६१८ नम्बरको पिकअप जिप सडकबाट दुई सय मिटर तल पल्टेको छ । घुमाउरो बाटोमो जिप नियन्त्रण हुननसक्दा पल्टेको प्रारम्भिक अनुमान गरिएको छ । जिप चालक राजकुमार तामाङ गम्भीर घाइते भएका छन् । दुर्घटना बिहान साढे ९ मा भएको प्रहरीले जनाएको छ । मृतक दुवैजनाको शव हेटौडा अस्पतालमा राखिएको छ । घाइतेको उपचार भइरहेको छ । घटनास्थल भिमफेदी बजारभन्दा ३ किलोमिटर माथि पर्छ । मृतक देवकोटा विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । उनी केही वर्ष अगाडि गृहमन्त्रालयबाट अनिवार्य अवकाश पाएदेखि बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

 

No comments:

Post a Comment