संविधानसभा व्युतन सक्दैन् : प्रधानमन्त्री
२२
जेठ, काठमाण्डौं । प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभालाई कुनै
हालतमा पनि व्युताउन नसकिने बताउनुभएको छ । काँग्रेसका पूर्व सभासद्हरु
संविधान सभा व्युताउने कसरतमा लागेका बेला प्रधानमन्त्रीको यस्तो भनाई
सार्वजनिक भएको हो । उहाँले भारतीय पत्रिका हिन्दुसँग कुराकानी गर्दै
संविधान सभा पुर्नस्थापनाको बाटो गलत रहेको बताउनुभयो ।
जनताको म्याण्डेड अनुसार काम गर्न नसक्ने
भएकाले काँग्रेस र एमालले निर्वाचन प्रक्रियालाई आत्मसाथ नगरेको पनि
प्रधानमन्त्रीले आरोप लगाउनुभयो ।
सहमति विना कुनै काम अघि बढ्न नसक्ने
भएकाले सहमतिकालागि कदम अगाडी बढाउन आग्रह गर्दै जनताको म्याण्डेड अनुसार
काम गर्न आग्रह गर्नुभयो ।
No comments:
Post a Comment