Monday, June 4, 2012

बृहत मोर्चाद्वारा प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग

क्त गर्न माग

 

काठमाडौ, जेष्ठ २२ - बृहत मधेशी मोर्चाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई तत्काल पदमुक्त गरी राष्ट्रिय सहमतिको बाटो खोल्नका लागि राष्ट्रपति रामवरण यादवलाई आग्रह गरेको छ । मोर्चाका नेताहरु सोमबार शितल निवास पुगरे राष्ट्रपतिलाई त्यस्तो आग्रह गरेको हो ।
निर्वाचनको घोषणा असंवैधानिक भएको भन्दै मोर्चाले बिरोध गर्दै आएको छ । मोर्चाका नेता उपेन्द्र यादवले प्रधानमन्त्री भट्टराईलाई पदमुक्त गरी राष्ट्रिय सहमतिका लागि बाटो खोल्न राष्ट्रपति समक्ष आग्रह गरेको ईकान्तिपुरलाई बताए । उनले सर्वपक्षीय गोलमेच सम्मेलन गरी मुलुकलाई निकासका लागि पहल लिन पनि राष्ट्रपतिलाई आग्रह गरिएको जनाए ।
प्रत्युत्तरमा राष्ट्रपति यादवले संविधानसम्मत ढंगले आफूले कदम चाल्ने बताएका थिए । उनले सबै पक्षसंग छलफल र परामर्शपछि संविधानसम्मत ढंगले अघि बढ्ने बताएको यादवले जानकारी दिए ।
संविधानको संरक्षक रहेका राष्ट्रपतिलाई गाँठो पुकाउने अधिकार रहेकाले उनलाई अग्रसरतका लागि आग्रह गरिएको यादवले बताए । प्रधानमन्त्री पदमुक्त नभएसम्म सहमतिको वातावरण नबन्ने उनको भनाई थियो । मोर्चाले राष्ट्रपतिलाई लिखित रुपमा राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो ।
 

No comments:

Post a Comment