Saturday, June 2, 2012

अध्यक्ष पद छाड्न प्रचण्ड तयार

02 June, 2012
काठमाडौं


Share |
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि अध्यक्ष पद छोड्न तयार रहेको बताउनुभएको छ । संस्थापन पक्षको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र क्रान्तिका लागि बाधक नबन्ने भन्दै वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणसित अध्यक्ष पद छोड्न तयार रहेको बताउनुभएको हो ।�मैले छोडेर एकता हुन्छ भने मैले छोड्छु भनेर किरणजीसँग प्रस्ताव गरेको छु�, केन्द्रीय समिति बैठकमा वैद्य सित गरेको प्रस्ताव सुनाउँदै प्रचण्डले भन्नुभयो, �पार्टी एकताका लागि म बाधक बन्दिनँ । छलफल गरेर निर्णय गर्न सकिन्छ ।�आफूलाई अध्यक्ष पद आजीवन नचाहिने भन्दै  पार्टी एकता र क्रान्तिको लागि सल्लाहकार वा केन्द्रीय सदस्यमात्रै भएर मात्रै बस्न तयार रहेको प्रचण्डले बताउनुभएको छ । तर आफ्नो प्रस्ताव प्रति वैद्य पक्षले रुचि नदेखाएको प्रचण्डको गुनासो छ ।�मैले प्रस्ताव गरेपछि किरणजीले साथीहरुसँग राख्छु तर साथीहरुले मान्ने सम्भावना देख्दिनँ भन्नुभयो ।� बैठकमा वैद्यको भनाई उधृत गर्दै प्रचण्डले भन्नुभयो, �हामी धेरै अघि बढिसकेका छौँ, विषय वस्तु धेरै टाढा पुगिसकेको छ, सम्भावना छैन ।� उपाध्यक्ष मोहन बैद्य किरणसँग निरन्तर छलफल भईरहेको भन्दै विहान पनि छलफल भएको बैठकमा जानकारी गराउनुभएको छ । तर जसरी हुन्छ पार्टी एक बनाउन हर प्रयास गर्ने प्रचण्डको भनाई छ ।  माओवादीको मोहन बैद्य पक्षले शुक्रबार नै नयाँ पार्टी गठन प्रक्रिया शुरु भएको घोषणा गरेको छ । ललितपुरको कुपण्डोलमा पत्रकार सम्मेलन गरी उपाध्यक्ष मोहन वैद्य किरणले नयाँ पार्टी गठन प्रक्रिया शुरु भएको जानकारी दिनुभएको हो । वैद्य पक्षले नयाँ पार्टी गठनबारे औपचारिक निर्णय गर्न असार १ गते राष्ट्रिय भेला बोलाएको छ ।

No comments:

Post a Comment