Saturday, June 2, 2012

पासाङले भने-’स्वदेशमै मेरो उपचार होस्’

4
२० जेठ, काठमाण्डौं । पुर्वजनमुक्ति सेना प्रमुख तथा माओवादी पोलिटव्युरो सदस्य नन्दकिशोर पुन पासाङले स्वदेशमै आफ्नो उपचारहोस भन्ने चाहाना राखेको बताउनुभएको छ । उपचारमा संलग्न डाक्टर, आफ्नै पार्टी माओवादी र सरकारी तर्फबाट थप उपचारका लागि बाहिर जान आग्रह आईरहेका बेला आफूलाई भने स्वदेशमै उपचार गर्ने चाहाना रहेको आज एक प्रेस विज्ञप्ति जारी गरि जानकारी दिनुभएको छ ।
उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिँदै स्वास्थ्य लाभको कामना गर्ने सवैलाई हार्दिक कृतज्ञता प्रकट गर्नुभएको छ । यहिबेला देशभित्र उत्पन्न राजनीतिक अवस्था देख्दासाहै्र चिन्ता लागेको भन्दै उहाँले केही यथास्थितिवादी तथा प्रतिगामी नेताहरुले जनताले चाहेको संविधान लेख्नमा सहमति नगरी देश र जनताका लागि ठूलो धोका दिएका छन् भन्दै गम्भिर चिन्ता व्यक्त गर्नुभएको छ ।
पार्टी भित्र अराजक प्रवृति हाबी भई पार्टी फुटाउन क्रियाशिल भएको भन्दै यसलाई मिलेर हल गर्न उहाँल्े नेतृत्व पंतिलाई आग्रह पनि गुर्नभएको छ ।
सामान्य विरामी भई उपचारमा जानुभएका उहाँको स्वास्थ्य परीक्षण गर्दा दुबै मृगौला खराब भएको र स्वास्थ्यमा गम्भिर समस्या आएको देखिएको मृगौला विशेषज्ञ डा. प्रमोदकुमार क्षेत्रीले जानकारी दिनुभएको छ । पुनलाई सरकारी पहलमा आज थप उपचारका लागि भारतको दिल्ली लैजाने तयारी भएको थियो ।

No comments:

Post a Comment