Saturday, June 2, 2012

२२ बर्षमा ६८७ मन्त्री, उपलब्धी शुन्य

जेठ २०

काठमाडौं


प्रजातन्त्र पुनःस्थापनायताका २२ बर्षमा अधिकांश समय नेपाली राजनीति सत्ताको वरिपरि नै घुमिरहेको छ । यस अवधिमा बनेका २० वटा सरकार केवल मन्त्री उत्पादन गर्ने कारखाना जस्ता बने । एकचोटी पनि मन्त्री नभएका नेता टर्च बालेर खोज्नुपर्ने बेला भएको छ ।२०४७ देखि २०६९ सालसम्म चार सय २३ क्याविनेट स्तरका मन्त्री भएका छन् । यसैगरी एक सय ९३ राज्यमन्त्री र ७१ सहायकमन्त्री भए । ठूला पार्टीका शीर्ष तहमा रहेका अधिकांश नेता कम्तीमा एकपटक मन्त्री बनिसकेका छन् भने थुप्रै नेता पटकपटक दोहोरिएका छन् । एकैजना नेता आठपटकसम्म मन्त्री भएको रेकर्ड भेटिएको छ ।०४७ यता मन्त्री हुनेमा सबैभन्दा धेरै नेपाली कांग्रेसका छन् । कांग्रेसबाट मात्र दुई सयभन्दा बढी नेता मन्त्री भएको देखिन्छ । त्यस्तै एमालेबाट ८६, राप्रपाबाट ४८, सद्भावनाबाट १७ र माओवादीबाट ५० भन्दा बढी मन्त्री तथा राज्यमन्त्री बनेका छन् ।प्रजातन्त्र पुन:स्थापना भएयता १० प्रधानमन्त्री र १५ उपप्रधानमन्त्री भए । कांग्रेसले मात्र दसवटा सरकारको नेतृत्व गर्‍यो । कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई दुईपटक, गिरिजाप्रसाद कोइराला पाँचपटक र शेरबहादुर देउवा तीनपटक प्रधानमन्त्री बनेका छन् । त्यस्तै एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल र झलनाथ खनाल एक एक पटक प्रधानमन्त्रीको कुर्सीमा बसे । पञ्चायतकालमा पटकपटक प्रधानमन्त्री बनेका राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रजातन्त्र पुन:स्थापनायता पनि दुई दुईपटक सो पदमा रहे ।माओवादीका पुष्पकमल दाहाल संविधानसभाको चुनावपछि प्रधानमन्त्री बने भने डा. बाबुराम भट्टराई हाल कामचलाउ प्रधानमन्त्रीको कुर्सीमा छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि एकपटक मन्त्रिपरिषद्को अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए ।०४७ सालयताका कुनै पनि सरकारले पूरै अवधि काम गर्न सकेनन् । निरन्तर राजनीतिक अस्थिरताका कारण कुनै पनि सरकारले राम्रो काम गर्न नसकेको राजनीतिक विश्लेषक झलक सुवेदी बताउँछन् । �हनीमुन पनि राम्रोसँग मनाउन नपाउँदै सरकारको दिनगन्ती सुरु हुन्छ,� सुवेदीले भने, �त्यसैले सरकारको कामको राम्रो मूल्यांकन गर्ने अवस्थासमेत रहेन ।� उनले २२ वर्षे अवधिमा बनेका सरकारले राम्रो काम गर्‍यो भनेर उदाहरण दिने ठाउँ पनि नभएको बताए ।


समाचार अभिलेखालय

No comments:

Post a Comment