पार्टी फुटेपछि पहिलोपटक बाबुराम–वैद्य भेट
दुई माओवादीका कार्यकर्ताबीच देशका विभिन्न ठाउँमा भीडन्त भइरहेकाबेला एकीकृत माओवादीका उपाध्यक्षसमेत रहेका भट्टराईले वैद्यलाई भेटेका हुन् ।
शनिबार राति वैद्य निवास गोंगबुमा भएको भेटमा पार्टी एकता, राजनीतिक गतिरोधको निकासलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।
राजनीतिक निकासका लागि परामर्स गरिरहेका प्रधानमन्त्रीले शनिबार साँझ नै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरे ।
संविधानसभा विघटनपछि सरकार कामचलाउ भएको भन्दै कांग्रेस एमालेलगायतका विपक्षी दलहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका छन् । तर प्रधानमन्त्रीले भने आफूले छाडे माघ १९ अर्थात् राष्ट्रपतिले शासन हातमा लिने भन्दै राजीनामा अस्वीकार गर्दै आएका छन् ।
No comments:
Post a Comment