Sunday, July 1, 2012

साउन १ देखि राजधानीमा रात्रीबस सुरु हुने



काठमाडौं    

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले साउन १ गतेदेखि सन्ध्याकालिन बस सञ्चालन गर्ने भएको छ । यसका लागि असारको १६ गते महासंघ, बाग्मती अञ्चलको काठमाण्डौं महानगरपालीकासँग लिखित सम्झौता गर्ने महासंघका बाग्मती अञ्चल संयोजक धर्मराज रिमालले जानकारी दिएको छ ।
रिमालका अनुसार काठमाण्डौंमा हाल सञ्चालित १४ वटा समितिका १४ ओटा माईक्रोमार्फत १४ वटा बस चलाएर रात्रीकालीन बस सञ्चालन गर्न लागेको महासंघले जनाएको छ । महासंघका अनुसार कोटेश्वर(रत्नपार्क रुटमा २ माईक्रो, सिनामंगल(कोटेश्वरमा २ वटा, लगनखेल(रत्नपार्कमा, गंगालाल(रत्नपार्क, कलंकि(रत्नपार्कमा पनि २र२ वटा माईक्रो सञ्चालन गरिने छ । साथै चक्रपथ दायाँ बायाँ ४ वटा माईक्रो सञ्चालन मार्फत महासंघले बेलुकी ८ बजेदेखि ११ बजेसम्म ३ घण्टाका लागि रात्री बस सेवा सञ्चालन गर्न लागेको हो ।

No comments:

Post a Comment