फोरम गणतान्त्रिकका कार्यवहाक अध्यक्ष यादव पदमुक्त
१७
असार, काठमाण्डौ । सत्तारुढ मधेशी जनअधिकार फोरम गणतान्त्रिकले कार्यवहाक
अध्यक्षको जिम्मेवारी सम्हालेका राजकिशोर यादवलाई पदमुक्त गरेको छ । यो
संगै फोरम गणतान्त्रिक पनि फुटको संघारमा पुगेको छ । पार्टीको नीति विपरित
विपरित हिडेको र कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएपछि एकपटक पनि
केन्द्रीय समितिको वैठक नवोलाएको भन्दै कार्यवहाक अध्यक्ष राजकिशोर यादवलाई
अध्यक्ष पदवाट हटाइएको नेता राजलाल यादवले जानकारी दिनुभयो । उहाँका
अनुसार अध्यक्ष पदको जिम्मेवारी नन्दन कुमार गुप्तालाई दिइएको छ ।
कारबाहीमा परेका यादब पार्टीका तर्फवाट वर्तमान सरकारमा सञ्चारमन्त्री समेत
छन् ।
सहअध्ययक्ष नन्दनकुमार गुप्तासहितका वहुमत
१२ केन्द्रीय सदस्यहरुले कार्यवहाक अध्यक्ष यादवलाई अध्यक्ष पदवाट हटाइएको
जानकारी निर्वाचन आयोगमा गराएका छन् । सहअध्यक्ष गुप्ताले केन्द्रीय
समितिको वहुमत सदस्यको निर्णयवाट कार्यवहाक अध्यक्ष यादबलाई पार्टीको
अध्यक्षवाट हटाएको जानकारी आयोगलाई गराइसकेको जानकारी दिनुभयो । गुप्ताले
२२ सदस्यीय केन्द्रीय समितिमा आफूसंग १२ केन्द्रीय सदस्य रहेको दाबी गरेका
छन् ।
No comments:
Post a Comment