सेनाका महासेनानी द्वय सहायकरथीमा बढुवा
२३ जेठ, काठमाण्डौं । सरकारले नेपाली
सेनाका महासेनानी दीपकप्रसाद भारती र देवेन्द्रबहादुर मेधासीलाई सहायकरथीमा
बढुवा गरेको छ । मंगलबार विहान मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको
बैठकले नेपाली सेनाका आठ सहायकरथीको सरुवा समेत गर्ने निर्णय गरेको
सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादबले जानकारी
दिनुभयो । बैठकमा प्राविधिक महासेनानी डा राजेश पन्त तथा सहायकरथीद्वय
पदमविलास कार्की र विजय मोक्तानको पदवाधि थप गर्ने निर्णय गरेकेा छ ।
त्यसैगरी ‘जलसाधन आयोजना तयारी सुविधा’
कार्यक्रमकालागि एसियाली विकास बैंकले उपलब्ध गराउने एक करोड १० लाख
अमेरिकी डलर अनुदान सहायता प्रदान गर्ने विषयमा बैंकसँग नेपाल सरकारका
तर्फबाट वार्ताटोली गठन गर्ने निर्णय गरेको छ । टोलीलाई वार्ताको अख्तियारी
समेत दिईएको छ ।
त्यस्तै गत चैतमा बैतडी जिल्ला श्रीकृष्ण
उच्चमावि पाटन केन्द्रमा परीक्षा दिने क्रममा सामूहिक बलात्कारको पीडा
भोगेकी छात्रालाई उपचार गर्न एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको
मन्त्री यादबले जानकारी दिनुभयो
No comments:
Post a Comment