Tuesday, June 5, 2012

संविधानसभा पुनर्स्थापना हुन सक्छः प्रचण्ड

'सभासद्को पिटाई खान तयार थिएँ'

२३ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका पुष्पकमल दाहाल प्रचण्डले दलहरुवीचको सहमतिका आधारमा संबिधानसभा पुर्नस्थापना गरि नयाँ संबिधान जारी गर्न सकिने बताउनुभएको छ ।
मंगलबार राजधानीमा सरकार सम्बद्ध दलहरुले नागरिक समाजका प्रतिनिधिसित गरेको अन्तक्रिर्या कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो- ‘अहिले पुनस्र्थापनाको कुरा पनि उठिरहेको छ, सहमतिको लागि जुनसुकै विकल्पमा जान पनि तयार छौं ।’ नेपाली कांग्रेसका सभासद्हरुले संबिधानसभा पुर्नस्थापनाको माग गरिरहेका बेला प्रचण्डले राष्ट्रपतिलाई अघि सारेर पुर्नस्थापना गर्न सकिने बताउनुभयो ।
अहिले पनि सहमति बाहेक अरु विकल्प नभएको प्रचण्डको भनाई छ । राष्ट्रपति लगायत कांग्रेस-एमाले लगायतका दलहरुसित छलफलको तयारी भैरहेको प्रचण्डले जानकारी दिनुभयो ।
आफू र आफ्नो पार्टीले जोखिम उठाएर शान्ति प्रकृया टुंग्याएपनि कांग्रेस-एमाले लगायतका दलहरुको कारण संविधान बन्न नसकेको बताउनुभएको छ । ‘सहमतिको लागि हामीले हाम्रा कतिपय पुराना अडानलाई छोड्यौं, पूर्ण समानुपातिक चुनाव प्रणाली र शासकीय स्वरुप मिश्रति बनाउन तयार भयौं’ प्रचण्डले भन्नुभयो -’संविधान बनाउनैपर्छ भन्ने परिस्थितिमा हामीले एकल जातीय पहिचान छाडेर बहुपहिचानमा आधारित प्रदेश बनाउन लचक भएका थियौं, तर हाम्रो प्रयासबाट मात्र भएन ।’
१४ गते बिहानसम्म संविधान बन्छ भन्नेमा आफू निकै आशावादी रहेको, तर कांग्रेस र एमालेले धोका दिएकोले अन्तिममा संविधान बन्न नसकेको प्रचण्डको भनाई छ । ‘बिहानसम्म कांग्रेसका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला तथा एमालेका झलनाथ खनाल र माधवकुमार नेपालसित भएको छलफलमा बहुपहिचानमा आधारित प्रदेश बनाउनेबारे सहमति भएको थियो’ प्रचण्डले भन्नुभयो -’तर पछि तिनै दल यस आधारमा पनि संघीयतामा जान तयार भएनन् ।’

 

 

No comments:

Post a Comment